नेट गेम्स

लेकर्ससँग लिब्रोन जेम्सको दुईवर्षे सम्झौता

एजेन्सी-अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिब्रोन जेम्सलाई लसएन्जलस लेकर्सले थप दुई वर्षको लागि सम्झौता गरेको छ । ३६ वर्षिय जेम्सलाई थप दुई सिजनको लागि ८५ मिलियन अमेरिकन डलरमा सम्झौता गरिएको उनका एजेन्ट रिच पाउलले ईएसपिएनसँग बताएका छन् । उनले दुईवर्षे सम्झौता टुग्याउँदा ३८ वर्षको लाग्ने छन् । उनले सम्झौता अवधिन २०२२-२३ सम्म लेकर्सबाट खेल्ने छन् । सिजनको पहिलो वर्ष २०२१-२०२२ मा ४१ दशमलव १८५ मिलियन डलर पाउने छन् । दोस्रो वर्षमा उनले ४४ दशमलब ४७४ मिलियन डलर पाउने छन् । सिजन… पुरा पढौ

टेबल टेनिसका सहायक प्रशिक्षक शाक्यको निधन

पोखरा-टेवल टेनिसका सहायक प्रशिक्षक सुख शाक्यको निधन भएको छ । राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक शाक्य केही समय अघि मात्रै अवकाश भएका थिए । उनको निधनले खेलकुद क्षेत्र मर्माहत भएको छ । गण्डकी प्रदेशले टेबल टेनिसको एकमात्र प्रशिक्षक गुमाएको छ । बाग्लुङ नगरपालिका ३ गुठी निवासी ५९ वर्षको उमेरमा पोखरा उपचारको क्रममा निधन भएको हो । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार विहान निधन भएको राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाक्य निमोनियाबाट पीडित… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडौं-प्रथमलाई १ लाख ११ हजार १ सय ११ पुरस्कार राशी रहेको ब्याडमिन्टन प्रतियोगिता सिन्धुपाल्चोकको चौतारामा आयोजना हुने भएको छ । ब्याडमिन्टनको ईतिहासमा नै सर्वाधिक पुरस्कार राशी रहेको ‘तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप – २१ ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधमा प्रतिपर्धा गराईने आयोजक तोप – २१, चौताराले ले जनाएको छ । पहिलो चरणमा जिल्लाका… पुरा पढौ

मेदभेदेभलाई एटिपी उपाधि

एजेन्सी-डानियल मेदेभेदेभले निट्टो एटिपी टेनिस च्याम्पियन बन्दै सिजनको अन्त्य गरेका छन् । उनले लण्डनमा आयोजित आईतबार राती भएको फाईनलमा डोमिनिक थिमलाई तीन सेट खेल्दै पराजित गर्दै च्याम्पियन बनेका हुन् । पहिलो सेट गुमाउँदै दबावमा रहेको मेदभेदेभले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै उपाधि उचाल्न सफल भए । कमब्याक जित निकाल्दै उत्कृष्ट लयमा देखिएका उनले सेमिफाईनलमा शीर्ष बरियताका नोभाक जोकोभिचलाई पराजित गरेका थिए । थिमले भने राफाल नाडाललाई पराजित गरे उपाधि निकट आएका हुन् । पहिलो सेट ४-६ को अवस्थामा… पुरा पढौ

मेदभेदेभसँग जोकोभिच पराजित

एजेन्सी-डानियल मेदभेदेभले निट्टो एटिपी टेनिसको सेमिफाईनलमा प्रवेश गर्दा शीर्ष बरियताका सर्भियाका नोभाक जोकोभिच बाहिरिएका छन् । लण्डनमा आयोजित एटिपीको बुधबारको खेलमा जोकोभिच मेदभेदेभसँग पराजित हुदैं बाहिरिएको छन् । केही दिन अघि मात्रै राफाल नाडाल समेत पराजित हुदैं बाहिरिएका थिए । मेदभेदेभले जोकोभिचलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गरेका थिए । गत वर्ष उनी जोकोभिचसँगै पराजित भएका थिए । पहिलो सेट ३-० को अवस्थामा रहेका मेदभेदेभले जोकोभिचको तीन सर्भिस प्वान्ट ब्रेक गर्दै ३-३ को अवस्थामा पुर्याएका थिए । जोकोभिचलाई सिधा… पुरा पढौ

मेदभेदेभलाई पेरिस माष्टर्सको उपाधि

पेरिस(एजेन्सी)-शीर्ष बरियताका स्पेनिस राफाल नाडाललाई पराजित गर्दै फाईनलसम्मको यात्रा तय गरेका अलेक्साण्डर जेरेभ उपाधि विहीन बनेका छन् । गएराती पेरिसमा भएको रोलेक्स पेरिस माष्टर्स टेनिसको फाईनलमा जेरेभ रसियन डानिल मेदभेदेभसँग पराजित हुदैं उपाधि विहीन बन्न पुगे । पहिलो सेट जेरेभले आफनो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट भने मेदभेदेभसँग सोझै सेटमा पराजिन भए । जेरेभले पहिलो सेट ७-५ ले लिदैं उपाधि उचाल्ने सम्भावना देखाएका थिए । तर दोस्रो सेट अप्रत्यासित रुपमा मेदभेदेभलाई सुम्पिनु परेपछि सेट निर्णायक बन्न पुग्यो… पुरा पढौ

पेरिस माष्टर्सबाट बाहिरिए नाडाल

पेरिस(एजेन्सी)-दुईदिन अघि मात्रै १ हजार खेल जितेर कोशेढुंगा पुरा गरेका शीर्ष बरियता स्पेनिस खेलाडी राफाल नाडाल रोलेक्स पेरिस मास्टर्सबाट शनिबार बाहिरिएका छन् । फ्रान्सकै पेरिसमा गत महिना आयोजित फ्रेन्च ओपन जित्दै रोजर फेडेररको २० ग्राण्डस्लाम उपाधि जित्ने किर्तिमानीसँग बराबरी गरेको नाडाला पेरिस माष्टर्स ओपन टेनिसमा भने पराजित हुदैं उपाधि विहीन भएका छन् । सेमिफाईनल प्रतिस्पर्धामा जर्मनीका एलेक्साण्डेर जेरेभसँग पहिलो सेट ६(४ को सेटमा पराजित हुन पुगे । दोस्रो सेटमा पनि पछि परेको नाडाल ७-५ कै अवस्थामा गुमाउँदै पेरिस माष्टर्स उपाधि… पुरा पढौ

नाडालले जिते टेनिस करियरमा १००० खेल

एजेन्सी-स्पेनिस टेनिस स्टार राफाल नाडालले आफनो टेनिस करियरमा १००० हजार खेल जित्ने खेलाडको सूचीमा दरिएका छन् । उनले बुधबार राती पेरिस माष्टर्स टेनिसमा जित निकाल्दै एक हजार खेल जित्दैं कोशेढुंगा पुरा गरेका हुन् । एक हजार खेल जित्ने उनी चौथो खेलाडी हुन् । पेरिस माष्र्टसमा उनर्ल फेलिसियानो लोपेजलाई ४-६, ७-६(५), ६-४ को सेटले पराजित गर्दै शुरुवाती गर्दा नाडालले करियरको नयाँ उचाईमा पुगेका हुन् । उनी भन्दा अघि जिम्मी कोर्नर्स(१२७४), रोजर फेडेरर(१२४२) र इभान ल्याण्डल(१०६८) रहेका छन् । ३४ वर्षिय नाडालले… पुरा पढौ

अस्ताना ओपनको उपाधि मिलमनलाई

एजेन्सी-काजाकास्तानमा आयोजित अस्ताना ओपन टेनिसका उपाधि अष्ट्रेलियाका जोन मिलमनले जितेका छन् । आईतबार काजाकास्तानस्थित सेन्टर टेनिस कोर्टमा भएको फाईनलमा मिलमनले फ्रान्सका एड्रियन मन्नारिनोलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । मिलमनले पहिलो सेट जित्न संघर्ष गरे । अन्तत उनले ७-५ मा पहिलो सेट लिदैं उपाधिको हकदार बन्न एक सेट पछि रहे । दोस्रो सेटमा भने मिलमनले मन्नारिनोलाई ६-१ को सोझै सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । पुरा पढौ

एस्ले क्राट्जरलाई चारवर्षे प्रतिबन्ध

लण्डन(एजेन्सी)-डोपिङ टेष्टमा पोजेटिभ आएपछि अमेरिकन टेनिस खेलाडी एस्ले क्राट्जरलाई अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ)लेचार वर्षे प्रतिबन्ध लगाइएको छ । अमेरिकास्थित क्लालिफोर्नियाकी २१ वर्षिया क्राट्जर यु २१ युएस ओपन बेर्थ महिला राष्ट्रिय टेनिसको च्यामिम्पयन समेत हुन् । उनीमाथि गरिएको डोपिङ टेष्ट पोजेटिभ आएपछि चारवर्षको प्रतिबन्ध लगाइएको हो । अन्तराष्ट्रिय टेनिस महासंघले बिहीबार मात्रै प्रतिबन्ध लगाइएको घोषणा गरेको थियोे । क्यालिफोर्नियास्थित न्युपोर्ट विचमा डब्लुटिएको कार्यक्रम जनवरीमा हुने भनिए पनि क्राट्जरलाई मार्चमै प्रतिबन्ध लगाइएको थियो । उनीमाथि २०२४ मार्चसम्म प्रतिबन्धको समयावधि रहेको छ । क्राट्जरले… पुरा पढौ