नेट गेम्स

प्ररेणा र अमनलाई यु–१८ जुनियर सर्किट २ टेनिसको उपाधि

खेलाडी न्युज(पोखरा)-अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिला तर्फको उपाधि प्रेरणा कोईरालाले जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाईनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६(४)–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन् । खेल निर्धारित दुई घण्टा भन्दा ढिलो शुरु भएको थियो । पोखरा म्याराथनले एकातिर खेलाडी आउन ढिलाई भएको । अर्कोतिर अभिभावकको तनावले खेलाडीलाई मानसिक तनाव सृजना हुन पुग्यो । प्रतियोगिताका संयोजक सुर्य भुजेलका अनुसार अभिभावकले दिएको… पुरा पढौ

पोखरा ओपन टेनिसको उपाधि खड्कालाई

खेलाडी न्युज(पोखरा)-पोखरा खुल्ला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । खड्काले पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाईनलमा अनिल शाहीलाई ०–६, ६–०, ६–४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । ख्डकाले सेमिफाईनलमा नविन मगरलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा अनिलले भने सौगात खड्कालाई पराजित गरेका थिए । पोखरामा मासिक रुपमा विभिन्न प्रायोजनमा टेनिस प्रतियोगिता हुदैं आएको छ । प्रतियोगितालाई टेनिसका अग्रज खेलाडी समीर शेचरनले प्रायोजन गरेका थिए । प्रतियोगितामा विभिन्न ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको थिए । कास्की… पुरा पढौ

अमेरिकन बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटना निधन

पोखरा(खेलाडी न्युज) -अमेरिकन व्यावसायिक बास्केटबल खेलाडी कोबे ब्रयान्ट र उनकी १३ वर्षिय छोरी हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ४१ वर्षिय ब्रायन्टसहित उनकी छोरी जियन्नासहित आईतबार क्यालिफोर्नियामा उनीहरुसहित ९जनाको मृत्यु भएको एसपिएनले जनाएको छ । ब्रायन्ट अमेरिकन बास्केटलको व्यावसायिक क्लब लेकर्सबाट खेल्दै आएका छन् । दुर्घटनामा पर्नु भन्दा एक दिन अघि ब्रायन्टको बारेमा लिबोर्न जेम्सले सम्झिएका छन् । उनीहरुकै टोली ७६ वर्षपछि फिलाडेल्फियासँग १०८/९१ स्कोरले पराजित भएको थियो । उनीहरु चढेको विमान फिलाडेल्फियासँग खेलेर फर्किने क्रममा दुर्घटनामा परेको थियो ।… पुरा पढौ

पोखरामा थ्री बाई थ्री बास्केटबल

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा भोलि मंगलबारदेखि थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुरु हुदैं छ । नेपाल बास्केटबल लिग(एनबिएल) प्रालिको आयोजनामा पोखरामा पहिलो पटक थ्री बाई थ्री बास्केटबल हुने छ । विजेता तथा उपविजेता टोलीले धनगढीमा आयोजना हुने फाईनल प्रतिस्पर्धामा सहभागिता जनाउने छन् । नेपाल बास्केटबल लिगले पूर्वमा आयोजना गरिसकेको छ । पश्चिम अन्तर्गत पोखरामा आज मंगलबारदेखि शुरु हुने छ । दोस्रो लेग बुटवलमा आगामी माघ ४ गते आयोजना हुने एनबिएल प्रालिका अध्यक्ष नमितबहादुर थापाले जानकारी दिए । उनका अनुसार पोखरामा पुरुषको… पुरा पढौ

ओझेलमा सेपाक ताक्रो

पोखरा(खेलाडी न्यज)-नयमित प्रशिक्षण छैन् । प्रशिक्षण गर्ने खेलाडी छैनन् । प्रशिक्षण गराउने स्थल पनि छैन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति(गण्डकी प्रदेश खेलकुद परिषद)ले खेलको विकास र विस्तारमा चासो दिएका छैनन् । चासो नदिदाँ १८ वर्षअघि भित्रिएको सिंगापुरे खेल सेपाक ताक्रो पछिल्लो समय पोखरामा सुस्ताउँदै गएको छ । ‘खेलको विकास गर्न चासो परिषद र खेलकद समिति कसैको छैन् ।’ सेपाक ताक्रोको प्रशिक्षक मोहन गुरुङले भने–‘चासो नदिदाँ प्रचारप्रसार नै भएन् । प्रचारप्रसार नहुदाँ खेलाडी खेल्नै आउँदैनन्… पुरा पढौ

माउन्ट अन्नपूर्ण र कास्की मोडर्नाइज्डलाई जेपी क्रस बास्केटबल उपाधि

पोखरा(खेलाडी न्युज)-कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्णले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बाल कल्याणलाई ५९–४६ स्कोरले हराउँदै उपाधि रक्षा गर्यो । छात्रातर्फको फाइनलमा माउन्ट अन्नपूर्णले टप्स बोर्डिङलाई ३१–२४ स्कोरमा पराजित गरेको थियो । उपाधिसँगै विजेता कास्की मोडर्नाइज्ड र माउन्ट अन्नपूर्णले समान १२÷१२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो । उपविजेता टप्स बोर्डिङ र बालकल्याणले समान ८÷८ हजार, ट्रफी… पुरा पढौ

मेयर कप बास्केटबल प्रतियोगिता भदौ दोस्रो साता

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बास्केटबल संघको अयोजनामा पोखरामा मेयर कप बास्केटल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आयोजना हुने मेयर कप बास्केटबल प्रतियोगितामा विभिन्न चार इभेण्टमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगिता यही भदौं १३ गतेदेखि बास्केटबल कोर्टमा आयोजना हुने छ । विद्यालयस्तरीय जे.पी क्रस बास्केटल प्रतियोगिता आयोजना गर्दै आएको बास्केटबल संघले पहिलो पटक मेयर कप नाम दिदैं चारै इभेण्ट सञ्चालन गर्ने छ । पोखरा महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिता अन्तर्गत मावि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै… पुरा पढौ

छात्र÷छात्रालाई बास्केटबल प्रशिक्षण

पोखरा(खेलाडी न्युज)-भर्खरै मात्रै विद्यालयको शैक्षिक सत्र शुरु भएको छ । शैक्षिकसत्रसँगै कास्की जिल्ला बास्केटबल संघले बास्केटबल एकेडेमी शुरु गरेको छ । एकेडेमी सञ्चालन गर्दै संघले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दिपक कोइरालाले प्रशिक्षणको उद्घाटन गरे । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरु प्रशिक्षण लिने छन् । प्रशिक्षकहरु प्रदिप रसाइली… पुरा पढौ

गण्डकी प्रदेश -उसु, बक्सिङ, क्रिकेट, सेपाकताक्रो र टेवलटेनिसका खेलाडी छनोट

पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशबाट विभिन्न खेलहरु छनोट गरिएको छ । सम्भवत चैतको अन्तिम सातादेखि नेपालगन्जमा आयोजना हुने प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट बक्सिङ, क्रिकेट, सेपाक ताक्रो, उसु लगायतका खेलहरुको छनोट गरिएको छ । बक्सिङ-गण्डकी प्रदेश बक्सिङमा लाईन फ्लाई वेट(४९ केजी)मा कास्कीका कृष्णजंग कार्कीले स्वर्ण जितेका छन् । फ्लाई वेट(५२ केजींमा नवलपुरका अमिर गुरुङले स्वर्ण पदक जिते । बागलुङका सुशिल क्षेत्रीले रजत र कास्कीका विष्णु गौतमले कास्य पदक जितेका छन् । बेष्टम वेट(५६ केजी) तौल समूहको प्रतिस्पर्धामा कासकीका… पुरा पढौ

छ महिनाभित्र लनटेनिसको पुर्वाधार बनाईने

पोखरा(खेलाडी न्युज)-खेलकुद जगत एशियाडको तयारीमा रहदाँ पोखरामा भने सागको तयारीको लागि पुर्वाधार निर्माण कार्यले गति लिएको छ । फुटबल मैदानको टेण्डर अन्तिम चरणमा रहदाँ पोखरा रंगशालाभित्रको लन टेनिसको पुर्वाधार निर्माण कार्य शुरु गरिएको छ । सागलाई लक्षित गर्दै पोखरामा लन टेनिसका आवश्यक पुर्वाधार निर्माणको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले काठमाडौंको आर एण्ड सी विल्डर्स कम्पनीलाई सुम्पिसकेको छ । परिषदले २ करोड ३३ लाखको लागतमा हार्ड कोर्ट, क्ले कोर्ट, प्यारापिट, चेन्जिङ रुम दुईवटा, सावर, शौचालय, फिडव्याक रुम तथा स्टोर कोठा निर्माण गर्ने… पुरा पढौ