नेट गेम्स

सुस्तायो सेपाक ताक्रो

खेलाडी न्युज(पोखरा)-१८ वर्षअघि भित्रिएको सिंगापुरे खेल सेपाक ताक्रो पछिल्लो समय पोखरामा सुस्ताउँदै गएको छ । घरको आँगनमा खेल्न मिल्ने यो खेलको चर्चा विस्तारै हराउँदै गएको छ ।नियमित प्रशिक्षण छैन् । प्रशिक्षण गर्ने खेलाडी छैनन् । प्रशिक्षण गराउने स्थल पनि छैन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति(गण्डकी प्रदेश खेलकुद परिषद)ले खेलको विकास र विस्तारमा चासो दिएका छैनन् । परिषद र खेलकुद समितिले चासो नदिदाँ अन्तराष्ट्रिय पदक जित्ने सम्भावित खेल सेपाक ताक्रो यतिबेला ओझेलमा छ । युवा… पुरा पढौ

नामसान बने ‘च्याम्पियन अफ दि च्याम्पियन्स’

खेलाडी न्युज(पोखरा)-पोखरा रंगशालामा आयोजित प्रथम राष्ट्रिय पारा टेबल टेनिसमा च्याम्पियन अफ च्याम्पियन्स विराटनगरका नामसान राई बनेका छन् । उनले पोखराका रुक गुरुङलाई ११–७, ११–९, ७–११ र ११–६ को सेटमा पराजित गर्दै च्याम्पियन्स बने । च्याम्पियन्स तर्फको प्रतिस्पर्धा भने खुला थियो । काठमाडौंका अजय विक, विराटनगरका अभिषेक झा भने तेस्रो स्थानमा रहे ।शारीरिक अपांग टेवल टेनिस संघ नेपालको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको व्यवस्थापनमा आयोजित प्रतियोगिताको आईतबार भएको फाईनल अन्तर्गत ह्वील चियर महिला इभेण्टको ट्रफी भने काठमाडौंकी लाली तामाङले… पुरा पढौ

प्ररेणा र अमनलाई यु–१८ जुनियर सर्किट २ टेनिसको उपाधि

खेलाडी न्युज(पोखरा)-अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिला तर्फको उपाधि प्रेरणा कोईरालाले जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाईनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६(४)–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन् । खेल निर्धारित दुई घण्टा भन्दा ढिलो शुरु भएको थियो । पोखरा म्याराथनले एकातिर खेलाडी आउन ढिलाई भएको । अर्कोतिर अभिभावकको तनावले खेलाडीलाई मानसिक तनाव सृजना हुन पुग्यो । प्रतियोगिताका संयोजक सुर्य भुजेलका अनुसार अभिभावकले दिएको… पुरा पढौ

पोखरा ओपन टेनिसको उपाधि खड्कालाई

खेलाडी न्युज(पोखरा)-पोखरा खुल्ला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । खड्काले पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाईनलमा अनिल शाहीलाई ०–६, ६–०, ६–४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । ख्डकाले सेमिफाईनलमा नविन मगरलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा अनिलले भने सौगात खड्कालाई पराजित गरेका थिए । पोखरामा मासिक रुपमा विभिन्न प्रायोजनमा टेनिस प्रतियोगिता हुदैं आएको छ । प्रतियोगितालाई टेनिसका अग्रज खेलाडी समीर शेचरनले प्रायोजन गरेका थिए । प्रतियोगितामा विभिन्न ३५ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको थिए । कास्की… पुरा पढौ

अमेरिकन बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटना निधन

पोखरा(खेलाडी न्युज) -अमेरिकन व्यावसायिक बास्केटबल खेलाडी कोबे ब्रयान्ट र उनकी १३ वर्षिय छोरी हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ४१ वर्षिय ब्रायन्टसहित उनकी छोरी जियन्नासहित आईतबार क्यालिफोर्नियामा उनीहरुसहित ९जनाको मृत्यु भएको एसपिएनले जनाएको छ । ब्रायन्ट अमेरिकन बास्केटलको व्यावसायिक क्लब लेकर्सबाट खेल्दै आएका छन् । दुर्घटनामा पर्नु भन्दा एक दिन अघि ब्रायन्टको बारेमा लिबोर्न जेम्सले सम्झिएका छन् । उनीहरुकै टोली ७६ वर्षपछि फिलाडेल्फियासँग १०८/९१ स्कोरले पराजित भएको थियो । उनीहरु चढेको विमान फिलाडेल्फियासँग खेलेर फर्किने क्रममा दुर्घटनामा परेको थियो ।… पुरा पढौ

पोखरामा थ्री बाई थ्री बास्केटबल

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा भोलि मंगलबारदेखि थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुरु हुदैं छ । नेपाल बास्केटबल लिग(एनबिएल) प्रालिको आयोजनामा पोखरामा पहिलो पटक थ्री बाई थ्री बास्केटबल हुने छ । विजेता तथा उपविजेता टोलीले धनगढीमा आयोजना हुने फाईनल प्रतिस्पर्धामा सहभागिता जनाउने छन् । नेपाल बास्केटबल लिगले पूर्वमा आयोजना गरिसकेको छ । पश्चिम अन्तर्गत पोखरामा आज मंगलबारदेखि शुरु हुने छ । दोस्रो लेग बुटवलमा आगामी माघ ४ गते आयोजना हुने एनबिएल प्रालिका अध्यक्ष नमितबहादुर थापाले जानकारी दिए । उनका अनुसार पोखरामा पुरुषको… पुरा पढौ

ओझेलमा सेपाक ताक्रो

पोखरा(खेलाडी न्यज)-नयमित प्रशिक्षण छैन् । प्रशिक्षण गर्ने खेलाडी छैनन् । प्रशिक्षण गराउने स्थल पनि छैन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति(गण्डकी प्रदेश खेलकुद परिषद)ले खेलको विकास र विस्तारमा चासो दिएका छैनन् । चासो नदिदाँ १८ वर्षअघि भित्रिएको सिंगापुरे खेल सेपाक ताक्रो पछिल्लो समय पोखरामा सुस्ताउँदै गएको छ । ‘खेलको विकास गर्न चासो परिषद र खेलकद समिति कसैको छैन् ।’ सेपाक ताक्रोको प्रशिक्षक मोहन गुरुङले भने–‘चासो नदिदाँ प्रचारप्रसार नै भएन् । प्रचारप्रसार नहुदाँ खेलाडी खेल्नै आउँदैनन्… पुरा पढौ

माउन्ट अन्नपूर्ण र कास्की मोडर्नाइज्डलाई जेपी क्रस बास्केटबल उपाधि

पोखरा(खेलाडी न्युज)-कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्णले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बाल कल्याणलाई ५९–४६ स्कोरले हराउँदै उपाधि रक्षा गर्यो । छात्रातर्फको फाइनलमा माउन्ट अन्नपूर्णले टप्स बोर्डिङलाई ३१–२४ स्कोरमा पराजित गरेको थियो । उपाधिसँगै विजेता कास्की मोडर्नाइज्ड र माउन्ट अन्नपूर्णले समान १२÷१२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो । उपविजेता टप्स बोर्डिङ र बालकल्याणले समान ८÷८ हजार, ट्रफी… पुरा पढौ

मेयर कप बास्केटबल प्रतियोगिता भदौ दोस्रो साता

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बास्केटबल संघको अयोजनामा पोखरामा मेयर कप बास्केटल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आयोजना हुने मेयर कप बास्केटबल प्रतियोगितामा विभिन्न चार इभेण्टमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगिता यही भदौं १३ गतेदेखि बास्केटबल कोर्टमा आयोजना हुने छ । विद्यालयस्तरीय जे.पी क्रस बास्केटल प्रतियोगिता आयोजना गर्दै आएको बास्केटबल संघले पहिलो पटक मेयर कप नाम दिदैं चारै इभेण्ट सञ्चालन गर्ने छ । पोखरा महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिता अन्तर्गत मावि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै… पुरा पढौ

छात्र÷छात्रालाई बास्केटबल प्रशिक्षण

पोखरा(खेलाडी न्युज)-भर्खरै मात्रै विद्यालयको शैक्षिक सत्र शुरु भएको छ । शैक्षिकसत्रसँगै कास्की जिल्ला बास्केटबल संघले बास्केटबल एकेडेमी शुरु गरेको छ । एकेडेमी सञ्चालन गर्दै संघले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दिपक कोइरालाले प्रशिक्षणको उद्घाटन गरे । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरु प्रशिक्षण लिने छन् । प्रशिक्षकहरु प्रदिप रसाइली… पुरा पढौ