नेट गेम्स

तनहुँमा बन्यो दुईवटा बास्केटबल कोर्ट

पोखरा-राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त आर्थिक सहयोगबाट तनहुँको दमौलस्थित निर्मल माविमा दुईवटा बास्केटबल कोर्ट निर्माण गरिएको छ । विद्यालयको प्रागंणभित्र बनाईएको दुई वटा कोर्ट निर्माणले बास्केटबल खेलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास छ । परिषदले उपलब्ध गराएको ४० लाख रुपैयाँबाट कोर्ट निर्माण गरिएको हो । कोर्ट अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाईएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्राविधिक ई. प्रनिस ताम्राकारले बताए । उनका अनुसार एकै ठाँउमा दुई वटा कोर्ट गण्डकी प्रदेशका अन्य जिल्लामा भने छैन् । निर्माणपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद… पुरा पढौ

सीतालाई उपचार सहयोग

काठमाडौ- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई १ लाख २५ हजार रुपैयाँ आर्थिक उपलब्ध गराइएको हो । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सीता उपचाररत अस्पाताल ट्रमा सेन्टरमा गइ सो रकम बराबरको चेक हस्तान्तरण गरे ।सीताको प्रशिक्षणका दौरान घुडामा चोट लागेको थियो । डा. सरोज राईको नेतृत्वमा उनको शल्यक्रिया पनि भइसकेको छ । सीतालाई आइतबार डिस्चार्ज पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी… पुरा पढौ

मियामी हिटमाथि लेकर्सको जित, सिरिज ४–२

एजेन्सीएनबीए बास्केटबल सिरिज अन्तर्गत सोमबार विहान लस एन्जलस लेकर्सले मियामी हिटसँगको छैटौं खेल जित्दै सिरिज ४–२ ले अग्रता बनाएका छन् । दोस्रो क्र्वाटरमा २० स्कोरको फरक परेपछि लेकर्सले हिटलाई १०६–९३ स्कोरले पराजित गर्दै सिरिज आफनो बलियो पकड बनाएको छ । लेकर्सले लिब्रोन जेम्स प्रेरित खेलमा पहिलो क्र्वाटरमा २८–२० स्कोरले अग्रता लिएको थियो । दोस्रो क्र्वाटर ३६–१६ को स्थितिमा टुंगिएको थियो । तेस्रो क्र्वाटरमा लेकर्सले २३–२२ को झिनो अन्तरले अग्रता बनाईराख्यो । तर चौथो क्र्वाटरमा हिटले १९–३५ ले कमव्याक गर्न खोजेपछि… पुरा पढौ

नाडाललाई फ्रेन्च ओपन, रोजर फेडेररको किर्तिमानीसँग बराबर

एजेन्सी-स्पेनिस राफाल नाडालले १३ औं पटक फ्रेन्च ओपन जित्दै फ्रेन्च ओपनमा आफनो आधिपत्य जमाएका छन् । आईतबार उनले १३ औं फ्रेन्च ओपन उचाल्न तेस्रो सेटमा भने कडा संघर्ष व्यहोर्नु पर्यो । फ्रान्सको रोनाल्ड गारोसस्थितको कोर्ट उनको सबैभन्दा प्रिय कोर्ट हो । जहाँ उनले फ्रेन्च ओपन (ग्राण्ड स्लाम) सर्वाधिक जित्ने खेलाडीको किर्तिमान कायम गरेका छन् । पहिलो सेट ६)० गुमाएका विश्व बरियताका शीर्ष खेलाडी सर्वियाली नोभाक जोकोभिचले फ्रेन्च ओपनमा दोस्रो बरियताका स्पेनिस खेलाडी राफाल नाडालसँग आईतबार सोझो सेटमा पराजित हुदैं उपविजेतामा… पुरा पढौ

लेकर्समाथि हिटको दोस्रो जित, सिरिज ३-२

एजेन्सी-एनबीए अन्तर्गत लस एन्जलस लेकर्ससँगको पाँचौ खेलमा जित निकाल्दै मियामी हिटले सिरिज ३-२ मा झारेको छ । लेकर्सलाई गएराती भएको प्रतिस्पर्धामा हिटले ३ स्कोरको झिनो अन्तरले पराजित गरेको हो । अन्तिम क्र्वाटरमा तीन अंकले पछि परेपनि हिटले अघिल्ला तीन क्र्वाटरमा निकालेको ६ अंकको अग्रताले जितको हकदार बनाएको हो । पाँचौ खेलको श्रृंखलामा हिटले १११-१०८ को स्कोरमा पराजित गरेको थियो । पहिलो क्वार्टरमा हिटले २५-२४ ले अग्रता लिदाँ दोस्रो क्वार्टरमा पनि ३५-३२ ले अगाडि नै रह्यो । तेस्रो क्वार्टरमा भने २८-२६… पुरा पढौ

पोल्याण्डकी १९ वर्षिय स्वायटेकलाई फ्रेन्चओपनको उपाधि

एजेन्सी-५४ औं स्थानमा रहेकी १९ वर्षिया पोल्याण्डकी ईगा स्वायटेकले चौथो बरियताकी अमेरिकन सोफिया केनिनलाई सोझो सेटमा पराजित गर्दै करियरको पहिलो ग्राण्डस्लामको रुपमा फ्रेन्च ओपन जितेकी छन् । फ्रान्सको फिलिपे चाटरियर कोर्टमा शनिबार भएको फाईनलमा स्वायटेकले केनिनमाथि ६-४, ६-१ को सेटले पराजित गर्दै फ्रेन्च ओपनको उपाधि उचालिन् । पहिलो सेट ४-४ को स्थितिमा रहदाँ केनिनले आफनो सर्भिस प्वाइन्ट गुमाउँदा सेट स्वायटेकको पक्षमा गएको थियो । ५-४ ले अग्रता लिएपछि स्वायटेकले आफनो सर्भिसमा प्वाईन्ट जोड्दै पहिलो सेट लिन लामै समय खर्चिनु परेन्… पुरा पढौ

नाडाल फ्रेन्च ओपनको फाईनलमा

एजेन्सी-स्पेनिस राफाल नाडाल फ्रेन्चओपन टेनिसको फाईनल प्रवेश गरेका छन् । फिलिपे चाटरियर कोर्टमा शुक्रबार भएको सेमिफाईनलमा नाडालले १२ औं बरियताका अर्जेन्टिनाको डियागो सचवार्थमेनलाई सोझो सेटमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् । अर्को सेमिफाईनल खेल नोभाक जोकोभिच र ग्रिसका स्टेफानोस सिसिपाससँग खेल्ने छन् । शुक्रबार भएको प्रतिस्पर्धामा नाडालले डियागोलाई ६-३, ६-३ र र अन्तिम सेट टाइ्रबेकमा ७-६(०) पन्छाएका थिए । पहिलो र दोस्रो सेट सहज लिएपछि नाडालले तेस्रो सेट लिन भने निकै मेहनत गर्नुपर्यो । क्र्वाटरफाईनलमा डियागोले डोमेनिक थीमलाई पाँचै… पुरा पढौ

पोल्याण्डकी ईगा र अमेरिकन केनिन पहिलो ग्राण्डस्लामको होडमा

एजेन्सी-फ्रेन्च ओपन टेनिस महिला तर्फको ग्राण्डस्लाम नयाँ खेलाडीको हातमा पुग्ने छ । फ्रान्सको फिलिपे चाटरियर टेनिस कोर्टमा बिहीबार दोस्रो सेमिफाईनलमा अमेरिकन सोफिया केनिनले चेक रिपब्लिकाकी पेट्रा केभिटोभालाई पराजित गर्दै फाईनल सुरक्षित गरेकी हुन् । चौथो बरियताकी २१ वर्षिय अमेरिकन खेलाडी कीनले ६-४ र ७-५ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । कीनले फाईनलमा उपाधिको लागि पोल्याण्डका ईगा स्वायटेकसँग प्रतिस्पर्धा गर्ने छिन् । ५४ औं स्थानमा रहेकी स्वायटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ ६-१ सोझै सेटमा पन्छाएकी थिईन् । कीन… पुरा पढौ

पोल्याण्डकी १९ वर्षिया ईगा पहिलो ग्राण्डस्लाम नजिक

एजेन्सी-फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला तर्फ पोल्याण्डकी १९ वर्षिय ईगा स्वायटेक फाईनल प्रवेश गरेकी छिन् । करियरको पहिलो ग्राण्डस्लाम नजिक पुगेकी ५४ औं स्थानकी स्वायटेकले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई सोझो सेटमै पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । फिलिपे चाटरियर कोर्टमा बिहीबार भएको प्रतिस्पर्धामा स्वायटेकले पोडोरोस्कालाई ६(२, ६(१ को सेटले पन्छाउँदै ग्राण्डस्लाम नजिक पुगेकी हुन् । पुरा पढौ

टेनिसको भवन प्रयोगविहीन, गलत ठाँउमा बनाईयो –संघ

पोखरा-पोखरा रंगशालाभित्र बनाईएको टेनिसको भवन गलत ठाँउमा भएको कास्की जिल्ला टेनिस संघले जिकिर गरेको छ । भवन बनाउन कास्की जिल्ला टेनिस संघसँग समन्वय समेत नभएको आरोप लगाउँदै आएका छन् । गतल ठाँउमा भएकै कारण खेलाडीलाई पायक नपर्ने संघले जनाएको छ । ‘टेनिसको पूर्वाधार बनाउँदा संघसँग समन्वय नै नगरी बनाइयो’ कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष लोकबहादुर गुरुङले भने–‘समन्वय गरेको भए बनाईएको भवन अहिले प्रयोगविहीन अलपत्र पर्ने थिएन् ।’ परिषदले आवश्यकता भन्दा पनि हचुवाको भरमा बनाएको आरोप लाग्दै आएको छ । नयाँ… पुरा पढौ