कर्पोरेट

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

पोखरा-काठमाडौंका रोमन महर्जन पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ च्याम्पियन बन्नुभएको छ । । ओभरअल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले आफनो ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार जित्न सफल हुनुभएको थियो । कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उहाँले क्रमश ५०, २५ र १० हजार… पुरा पढौ

आगामी बुधबार माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ

पोखरा-यही सेप्टेम्बर १० मा पोखराको हिमालयन गल्फ कोर्षमा माछापुच्छ्रे आमन्त्रित गल्फ प्रतियोगिता हुदैं छ । पोखरा मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षको आयोजना तथा एनआरएनए स्पोर्टस एण्ड टीएण्ड एस कर्पोरेसनको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न गल्फ क्लब तथा एनआरएन गरी ५० गल्फरले प्रतिस्पर्धा गर्ने छन् । पार ७० को कोर्षमा गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए । स्टेबल ३्र्४ ह्याण्डीक्यापमा हुने प्रतिस्पर्धामा विजेता गल्फरले ट्रफी प्राप्त गर्ने छन् । पोखरा, धरान र काठमाडौंका गल्फरको सहभागिता रहने छ । पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पाठकलाई

पोखरा-सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ… पुरा पढौ

बक्सिङमा १६ नम्बर बाहिनी च्याम्पियन

कास्की-झण्डै एकसाता चलेको प्रधान सेनापति ट्रफी अन्तर्गत बक्सिङ प्रतिस्धर्पामा १६ नम्बर बाहिनी च्याम्पियन बनेको छ । १६ नम्बर बाहिनीले प्रतियोगितामा चार स्वर्ण, एक रजत र तीन कास्य जित्दै टिम च्याम्पियन बन्यो । नेपाली सेनाले आयोजना गरेको प्रधान सेनापति ट्रफी २०८२ अन्तर्गत बक्सिङ पोखरामा आयोजना गरिएको थियो । पोखराको बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतिस्पर्धामा दुई स्वर्ण चार रजत र तीन कास्य पदकसहित उपत्यका पृतना हेडक्र्वाटर दोस्रो भयो । दुई स्वर्ण, तीन रजत र चार कास्य पदक जितेको पूर्वी पृतना तेस्रो बन्दै… पुरा पढौ

होल ईन वानलाई घोडा पुरस्कार

पोखरा-होल ईन वान गल्फमा दुलर्भ मानिन्छ । त्यसैले त होल ईन वान गर्ने गल्फरले पाउने पुरस्कार पनि दुर्लभै राखिन्छ ।यही भदौ २८ र २९ गते मुस्ताङको लोमान्थाङस्थित लोवाथाङमा चौथो सँस्करण गल्फ प्रतियोगिता हुदैै छ । टप अफ दि वल्र्ड क्लासिक नाम दिइएको गल्फ प्रतिस्पर्धामा नेपाली र विदेशी गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धामा होल ईन वान हिर्काउने गल्फरले पुरस्कार स्वरुप पाउने छन् घोडा । जुन अनौठो पुरस्कार हो । फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को… पुरा पढौ

अगष्टको गल्फ मन्थ्ली मेडल भक्तराजलाई

पोखरा-पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मन्थ्ली मेडलका अगष्टको पुरस्कार एएसपी भक्तराज गुरुङले जितेका छन् । पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा उनले ३८ स्कोरसहित उपाधि जित्न सफल भए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा डानियल बानियाँ उपविजेता बने । उनले ३५ स्कोर गरे । तेस्रो स्थानमा भने दिप्सन लामा भए । उनले ३२ स्कोर गरेका थिए । ग्रस तर्फको पुरस्कार भने इन्स्पेक्टर जीवराम गुरुङले जित्न सफल भए । विजेता गल्फरलाई लेफ्टिनेन्ट कर्णेल बसन्तराज गुरुङ तथा गण्डकी प्रदेश… पुरा पढौ

नेपालगन्ज १० नाइट रनका विजेतालाई थाइल्याण्डको बाङ्सेन रनमा अवसर

नेपालगन्ज-नेपालगन्ज १० नाइट रनको तयारी तीब चरणमा पुगेको छ । नेपालगन्ज १० नाइट रन विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् । नेपालगन्ज १० नाइट रनको मातृ इभेन्ट धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी र बाङ्सेन सिरिजका संस्थापक एवं प्रबन्ध निर्देशक रुट… पुरा पढौ

जिएम समाज र ढुंगेदेउराली लामाचौर भलिबलको फाइनलमा

पोखरा-जिएम समाज र ढुंगेदेउराली क्लब लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जि.एम. समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जि.एम. समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजविरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भएको हो । घरेलु दर्शकले आयोजकलाई हुटिङ गरे पनि जि.एम. समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पारेकोे हो… पुरा पढौ

टप्स र शान्त मावि फाइनलमा

पोखरा-लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्त मावि फाइनलमा प्रवेश गरेका छन् ।आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२० मा जितेको टप्सले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुगेको हो । यस्तै, दोस्रो सेमिफाइनलमा शान्त माविले पोखरा युनाइटेडको चुनौती २–१ सेटमा पन्छाउँदै टप्ससँग उपाधि भिडन्त पक्का गरेको हो । पहिलो सेट २४–२६ मा गुमाएको शान्तले बाँकी सेटमा उत्कृष्ट पुनरागमन गरेको हो । उसले दोस्रो… पुरा पढौ

हिमश्री फुड्स लामाचौर कप भलिबलको मुख्य प्रायोजक

पोखरा-खेलकुद प्रतियोगिता आयोजनाको झण्डै तीन दशकपछि लामाचौरमा व्यापारीक घराना हिमश्री फुड्सले भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन गरेको छ । फुटबल प्रतियोगिताको पर्याय बनेको सहारा क्लबद्वारा आयोजित आहा रारा गोल्डकपलाई प्रायोजन गर्दै आएको हिमश्री फुड्सले भलिबल प्रतियोगितालाई पहिलो पटक मुख्य प्रायोजन गरेको हो । लामाचौरको नवआर्दश सामुदायिक विकास समाजले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा वर्षेनी भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितालाई हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । २९ औं वार्षित्कोत्सवको अवसरमा पुरुष भलिबल प्रतियोगितालाई… पुरा पढौ