कर्पोरेट

नवौं पोखरा स्पोर्ट्स अवार्डको आय व्यय सार्वजनिक

पोखरा-नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले एक कार्यक्रम बीच आय व्यय सार्वजनिक गरेको हो । अर्वाड कार्यक्रमको लागि १७ लाख ३ हजार ९६९ रुपैयाँ आम्दानी भएकोमा १६ लाख ४६ हजार ६ सय ६९ रुपैयाँ खर्च गरेर ५७ हजार ३ सय रुपैयाँ बचत भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले जानकारी दिए । कोषाध्यक्ष तिवारीले पेश गरेको आय व्यय विवरण सुझाब सहित पारित गरिएको छ । मञ्चको सातौं साधारण सभाको अवसरमा… पुरा पढौ

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज-धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए । स्कोर म्याराथनका आयोजक स्कोर स्पोर्ट्स म्यानेजमेन्टका संस्थापक एवं सिईओ प्याट्रेसिया टेन र धारा नेपालगन्ज म्याराथनका संस्थापक एवं अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्… पुरा पढौ

प्रेसिडेन्ट कपको लागि एलजी हेटौडा प्रस्थान

पोखरा-हेटौडामा आयोजना हुने प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको लागि सहभागिता जनाउन पोखराका एलजी एशोसियसन नेपाल क्लबका खेलाडीलाई मंगलबार बिदाई गरिएको छ । २२ खेलाडी तथा तीन अफिसियलसहितको टोली आज हेटौडा पुग्ने छ । प्रेसिडेन्ट कपमा एलजीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने छ । कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङ, महासचिव पदम गुरुङ लगायतले खादा लगाई विदाई गरे । एलजी एशोसियसन नेपालका अध्यक्ष डम्बरजंग गुरुङले यात्राका शुभकामना एवं जितको कामनासहित… पुरा पढौ

पोखरा रंगशालामा शुक्रबार नेपथ्यको संगितीक कार्यक्रम

कास्की-नेपथ्य व्याण्डले झण्डै एकदशकपछि पोखरा रंगशाला फुटबल मैदानमा फेरी एकपटक सांगितीक कार्यक्रम गर्ने जमर्को गरेको छ । यही कार्तिक २१ गते शुक्रबारको दिन दुई घण्टा सांगितीक माहोल जमाउने छ । नेपथ्यलाई पोखरा रंगशाला फुटबल मैदानमा सांगितीक कार्यक्रमको लागि पोखरा एभेन्जर्सले पहल गरेको हो । क्रिकेटको लागि नेपथ्य भन्ने नारा तय गरिएको छ । सांगितीक कार्यक्रमको टिकटको केही हिस्सा जिल्ला खेलकुद विकास समिति कास्कीलाई प्रदान गरिने सम्झौता भएको छ । प्राप्त रकम पोखरा रंगशालाको भौतिक पूर्वाधार मर्मत सम्भारमा खर्च गरिने छ… पुरा पढौ

पोखरा एन्ड्युरो साईक्लिङ रेस

पोखरा-पोखरा एन्ड्युरोका साईक्लिङ रेसको तेस्रो संस्करण यही कार्तिक २७ देखि पोखरा १३ आर्बाविजयमा हुदैं छ । साईक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दुरीमा विभिन्न ९ देशका साईक्लिष्टले प्रतिस्पर्धा गर्ने छन् । एन्ड्युरो साईक्लिङको साहसिक प्रतिस्पर्धा हो । सानो गोरेटो बाटोबाट डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ । विभिन्न ६ वटा इभेण्टमा प्रतिस्पर्धा गराईने डाउनहिल डष्क प्रालिले जनाएको छ । प्रालिका प्रवन्धन निर्देशक एवं रेस निर्देशक सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित, अष्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान र श्रीलंकाका… पुरा पढौ

पोखरामा एनपिएलको ट्रफी

कास्की, -नेपाल प्रिमियर लिग(एनपिएल) नजिकदैं जाँदा त्यसको ट्रफी पोखरा ल्याईएको छ । भ्रमणको क्रममा मंगलबार पोखरामा सार्वजनिक गरिएको छ । सातै प्रदेशमा ट्रफीको टुर कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरा आईपुगेको हो । मंगलबार झरीकै समयमा पोखरामा सार्वजनिक गरियो । पोखरापछि बाग्लुङ र स्याङजामा समेत टुर गरिने कार्यक्रम छ । ट्रफी लिएर पोखरा एभेन्जर्सले टुर गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्ला घुमाउने छ । एनपिएल नजिकिदैं जाँदा एभेन्जर्सले ट्रफीको टुर गराउँदै क्रिकेटको प्रवद्र्धन समेत गरेको छ । । ट्रफी टुरपछि आयोजित… पुरा पढौ

लामालाई गल्फको अक्टोबर मन्थ्ली मेडल

पोखरा-अक्टोबर मन्थ्ली मेडल गल्फको उपाधि दिप्सन लामाले जितेका छ । हिमालयन गल्फ कोर्ष पोखरा १४ मझेरीपाटनमा भएको प्रतिस्पर्धामा लामाले स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा ७० स्कोर गर्दै उपाधि जितेका हुन् । पार ७० को कोर्षमा लामाले लेभलपार खेल्दै उपाधि आफनो बनाएका हुन् । प्रतिस्पर्धामा एक स्ट्रोकले पछि पर्दै एएसपी भत्तराज गुरुङ भने उपविजेता छन । उनले ७१ स्कोर गर्दै उपविजेतामा चित्त बुझाए । क्याप्टेन हरि राई भने तेस्रो बने । उनले ७८ स्कोर गरे । विजेता गल्फरलाई क्रिष्टिना बानियाले पुरस्कार प्रदान… पुरा पढौ

प्यारापिटका कुहिएका प्लाई डेकसिट फेरिदै

पोखरा-गर्विलो खेल संरचना बनेको छ वर्षपछि पोखरा रंगशालास्थित फुटबल मैदान वरिपरीको प्यारापिट मर्मत सम्भार शुरु गरिएको छ । प्यारापिटमा प्रयोग भएको प्लाईको डेकसिट पोखराको घामपानीले बिग्रिएपछि सम्बन्धीत कम्पनीले नै स्टिल राख्न शुरु गरेको हो । दुई महिनाअघिदेखि प्यारापिटका सबै प्लाई हटाई स्टिल राखिने छ । ग्याल्भनाईज्ड गरिएकोे एन्टी स्लिप स्टिल हो । जुन चिप्लिदैन् ।फुटबल मैदान बनेको छ वर्ष पुग्यो । नेपालमै सर्वाधिक दर्शक क्षमताको पोखरा रंगशालास्थित फुटबलको प्यारापिटमा प्रयोग गरिएको प्लाई कुहिएर कामै नलाग्ने भएका छन् । कुहिएका प्लाई… पुरा पढौ

देव गुरुङको सहारामा निरन्तर सहयोग

पोखरा-सहारा क्लब हङकङका सल्लाहकार एवं समाजसेवी देव गुरुङले सहारा क्लब पोखरा र एकेडेमीमा निरन्तर सहयोग गर्दै आएका छन् । लोकदोहोरी गायकका सर्जक तथा कानून व्यवसायीसमेत रहेका गुरुङले सहयोग गरेका हुन् । बुधबार पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी पुगेर उनले पत्नी मीना गुरुङ, छोराबुहारी प्रिन्स र यमुना तथा छोरी पायल गुरुङको तर्फबाट एकेडेमीमा बालकहरुका लागि ३० थान जर्सी सहयोग गरे । यस्तै, बालकहरुलाई खाजाका लागि नगद १५ हजारसहित करिब ५० हजार बराबरको सहयोग गरे । उक्त सहयोग… पुरा पढौ

पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

पोखरा-दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह राउतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गौतम श्रेष्ठ… पुरा पढौ