कर्पोरेट

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौडको लागि अनलाईन दर्ता

पोखरा-विश्व पर्यटन दिवसको अवसरमा आगामी असोज ४ गते शनिवार दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको खेलाडी दर्ता प्रक्रिया शुरु भएको छ । अनलाईन माध्यमबाट खेलाडीले आफुलाई प्रतियोगितामा सूचीकृत गर्न सक्ने छन् । विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्टान तर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ… पुरा पढौ

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज-पालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ ।विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस एम्सबाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुनेछ । असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर… पुरा पढौ

गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा-अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता गरिएको छ । उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा… पुरा पढौ

हिमश्री फुड्स भलिबलको मुख्य प्रायोजक

पोखरा-नवआदर्श सामुदायिक विकास समाजकोआयोजनामा हुने पुरुष भलिबल प्रतियोगिताको लािग हिमश्री फुड्सले मुख्य प्रायोजना गरेको छ । महोत्सवको मुख्य इभेन्ट खुला पुरुष भलिबल प्रतियोगिताको टाइटल स्पोन्सर सम्बन्धमा नवआदर्श र हिमश्री फुड्सबीच सम्झौता भएको हो । सम्झौतापत्रमा आयोजक तर्फबाट अध्यक्ष दिनेश भण्डारी र हिमश्री तर्फबाट महाप्रबन्धक शिव गिरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । हिमश्री फुड्सकै मुख्य प्रायोजनमा पोखरामा २४ वर्षदेखि आहारारा पोखरा गोल्डकप चलिरहेको छ । रारा चाउचाउ हिमश्रीको मुख्य उत्पादन हो ।नवआदर्शले आगामी भदौ ८ देखि १० गतेसम्म २९ औं वार्षिकोत्सव… पुरा पढौ

एभरेष्ट म्याराथनलाई एम्स सदस्यता

काठमाडौं-तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस एम्सको सदस्यता प्राप्त गरेको छ ।एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको छ । यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता लिएका थिए । एभरेष्ट म्याराथनले एम्सको सदस्यता लिएकोमा एम्स दुत टीएस ठकुरीले खुशी व्यक्त गरे । ‘नेपालमा एम्सको सदस्य संख्या वृद्धि हुनु नेपालमा रनिङ संस्कृति बढ्दै गएको संकेत हो ।’ एम्स दुत… पुरा पढौ

पोखरा महानगर २२ औं संस्करण स्पोर्टस अवार्डको प्रवद्र्धक

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने २२ औं संस्करणको स्पोर्टस अवार्डलाई पोखरा महानगरपालिकाले प्रवद्र्धकको भूमिका खेल्ने छ । पोखरा महानगरपालिका र नेपाल खेलकुद पत्रकार मञ्च बीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । स्र्पोटस अवार्ड आगामी भदौ २९ गते पोखरामा आयोजना हुने जनाउँदै त्यसको लागि महानगरपालिकाले प्रवद्र्धक भूमिका खेल्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मञ्चका अध्यक्ष निराजन अधिकारी र पोखरा महानगरप्रमुख धनराज आचार्य बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । स्पोर्टस अवार्ड काठमाडौंपछि पहिलो पटक मञ्चले पोखरामा आयोजना गर्ने… पुरा पढौ

फाउण्डेशनद्वारा विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

पोखराः लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे स्थित जनप्रिय आधारभुत विद्यालयमा आज ९शुक्रबार० एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेका हुन् ।फाउण्डेशनका संस्थापक गुरुङले ६५ जना विद्याथीैहरुलाई शैक्षिक सामाग्री र विद्यालयलाई डष्टविन र एक थान भलिबल सहयोग गरेका हुन् ।शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक कार्यमा जोडिने उद्धेश्यसहित विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको बताए… पुरा पढौ

जुलाई मन्थ्ली मेडल गल्फ लिलाजंगलाई

पोखरा-जुलाईको गल्फ मन्थ्ली मेडलको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । पार ६९ को पोखरा मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा उनी च्याम्पियन बने । स्ट्रोक प्ले फुल ह्याण्डी क्यापमा भएको प्रतिस्पर्धामा उपविजेता क्याप्टेन हरि राई भए । त्यस्तै ग्रस तर्फको उपाधि भने क्याप्टेन गणेशकुमार गुरुङले जितेका छन् । उनीहरुलाई प्रमुख अतिथि क्रिष्टिना बानियाले पुरस्कार प्रदान गरेकी हुन् । पुरा पढौ

एकसातापछि क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता

पोखराः पोखराको नदीपुरमा यही असार २४ देखि क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिता हुदैं छ । त्यसको आवश्यक तयारी समेत गरिएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता एकसाता पछि हुने भन्दै फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित असार २४ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं, संस्थापक गुरुङले… पुरा पढौ

लिलाजंगलाई जूनको मन्थ्ली मेडल

पोखरा-जून महिनाको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । शनिबार पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ३६ स्कोरसहित उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३्४ ह्याण्डकीक्यापमा खेलाईएको प्रतिस्पर्धामा क्याप्टेन बद्री राईले रनरअपको पुरस्कार प्राप्त गरे । उनले २८ स्कोर गरे । काउण्ट ब्याकमा उनले रनरअफको पुरस्कार थापे । विश्व गुरुङले पनि २८ स्कोर गरेका थिए । तर उनले तेस्रो पुरस्कार थापे ।ग्रस तर्फको पुरस्कार भने क्याप्टेन गणेशकुमार गुरुङले प्राप्त गरे । उनले २४ स्कोर गरेका… पुरा पढौ