कर्पोरेट

एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनसँगै २४ जेठमा नेपाल हेरिटेज रन हुने

पोखरा-रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्नेगरी नेपाल हेरिटेज रन हुने भएको छ ।विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस ९एम्स०को बोर्ड बैठक नेपालमा आयोजना हुनलागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो । विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु जोड्नेगरी २५ किमी दुरीको दौडको रुट तयार गरिएको छ । नेपालमा पहिलो पटक हुनलागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजक रेस नेपालले लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु… पुरा पढौ

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन

पोखरा-अन्नपूर्ण आधारशिविरबाट शुरु हुने दौड माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा आएर टुंगिने छ । यो पूर्वको एभेरेष्ट म्याराथनजस्तै हो । साहसिक दौडको रुपमा रहेको यो म्याराथन दौडिन स्वदेशी तथा विदेशी धावकहरुको उपस्थिति हुदैं आएको छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्गोजको टोलीले अन्नपूर्ण प्रथम हिमाल ९८०९१ मिटर० को सफल आरोहण गरेको थियो ।… पुरा पढौ

अरुणा र विश्वास वर्ष खेलाडी

पोखरा-नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । उनीहरु दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो÷मुआथाईकी सुस्मिता थापा मगर र… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई होटल टास्क इनटरनेशनलको सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन पोखराको अमरसिंहचोक नजिकै रहेको होटल टास्क इन्टरनेशनलले सहयोग गर्ने भएको छ । भोली वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न होटल टास्कले मञ्चको होटल पार्टनरको रुपमा सहयोग गर्ने जनाएको छ । होटल टास्कका सञ्चालक मिन गुरुङ र मञ्चका अध्यक्ष एमबि आस्था मगर, महासचिव परशुराम शर्मा, कोषाध्यक्ष विमल तिवारी, सदस्यद्वय प्रविन मगर र गिता रानालगाएतको टिमबिच समझदारी पत्र आदानप्रदान गरिएको छ ।… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको ५० हजार सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई सफल बनाउन सहयोग आउने क्रम जारी छ । यही वैशाख २६ गते शुक्रबार पोखराको इभेन्ट सेन्टरमा हुने अवार्डलाई सफल पार्न पछिल्लो क्रममा तमु धिं युकेले सहयोग गरेको छ । तमु धिं युके नेपाल प्रतिनिधि मेजर लछिमी प्रसाद गुरुङले अवार्डका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक दीननाथ बराल, मञ्चका अध्यक्ष एमबि आस्था मगर, मञ्चका सदस्य कृष्णप्रसाद दवाडीलगाएतको टिमलाई मंगलबार सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै प्रतिनिधि गुरुङले अन्य… पुरा पढौ

हिमश्री फुड्सद्वारा मञ्चलाई सहयोग

पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई हिमश्री फुडले सहयोग गरेको छ । हिमश्री फुडका कार्यकारी निर्देशक प्रकाश केसी र मञ्चका अध्यक्ष एमबि आस्था मगरबिच ५० हजार सहयोग गर्ने समझदारी भएको हो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले समेत सहयोग गर्ने भएको छ । समितिका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष मगर बिच अवार्डलाई सफल बनाउन सहयोग गर्ने समझदारी भएको हो । त्यसैगरि भूपू बक्सिङ संघ पोखराले पनि नगद ५ हजार सहयोग गरेको… पुरा पढौ

लायन्स कप भलिबलः इरानी टोलीलाई उपाधि

पोखरा-नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा ग¥यो । इरानले तेस्रो सेट… पुरा पढौ

अप्रिल मन्थ्ली मेडल गल्फ एएसपी लिलाजंगलाई

पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा सञ्चालित अप्रिलको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । उनको लगातार यो तेस्रो उपाधि हो । मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा उनले ६८ को कार्ड बनाए । इन्स्पेटक्टर जीवराम गुरुङले भने ६९ को कार्ड बनाउँदै उपविजेतामा चित्त बुझाए । तेस्रो स्थानमा भने क्याप्टेन लालबहादुर गुरुङ आए । उनले ७२ को कार्ड बनाएका थिए । ग्रस तर्फृको उपाधि भने ७३ स्कोरको कार्ड बनाएका प्रज्वल गुरुङले पाए । लामो दुरी हिर्काउँदै क्याप्टेन बद्री… पुरा पढौ

लायन्स कप भलिबलः पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो

पोखरा-विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारेपनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टीम भने बाहिरिएको छ । समूह ए बाट अर्को विभागी टीम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको अन्तिम… पुरा पढौ

उत्कृष्ट खेलकुद संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघलाई

पोखरा-‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै म्याग्दी जिल्ला भलिबल संघलाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । म्याग्दी जिल्ला भलिवल संघ विसं। २०६१ सालमा गठन भएको हो । हाल संघका अध्यक्ष तेजेन्द्र बाँनिया रहेका छन् । भलिबलका लागि उर्भर भूमि म्याग्दीमा जिल्लाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडिसँगै… पुरा पढौ