कर्पोरेट

एकसातापछि पोखरामा फुटबलको रौनकता

पोखरा-फुटबलको रौनक छाउन केवल एकसाता मात्रै बाँकी छ । देशकै आधुनिक रंगशालामा मोसफलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण माघ २२ गतेदेखि शुरु हुदैै छ । तयारीकै चरणमा रहँदा सहारा क्लबले गतवर्षको घाटापूर्ति गर्ने योजनासहित अघि बढेको छ । त्यसो त जिल्ला खेलकुद विकास समिति कास्कीले मैदानको शुल्क समेत तोकेको छ । यसले पनि क्लबलाई आर्थिक भार पर्ने छ । समितिले अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धालाई दैनिक ५५ हजार शुल्क तय गरेको छ । क्लबले वर्षेनी आयोजना गर्दै आएको… पुरा पढौ

सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन

पोखरा- २४ औं आहा रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । सहारा युकेका महासचिव क्या।पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो । प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङले सहाराको अभियानमा विगतका वर्षमा झैं… पुरा पढौ

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

पोखरा-एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै आफनो लय कायम राख्यो । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा… पुरा पढौ

सशस्त्रको पुनरागमन जित

पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट पुनरागमन जित निकाल्दै पोखरामा आयोजित पाँचौ संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ । शनिबार विहान पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा आमन्त्रित टोली ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई उत्कृष्ट पुनरागम जित निकाल्यो । दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै सशस्त्रले ३–२ सेटको जित सुनिश्चित गर्यो । पहिलो सेटमा १२–७ अंकमा अग्रता लिएको सशस्त्रले लय गुमाएपछि २५- २१ सेटमा सुम्पिन पुग्यो । आमन्त्रित टोली… पुरा पढौ

शनिबार तीनै खेल महिलाहरुको मात्रै

पोखरा-एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिला तर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड बीच हुने छ । पोेखरा रंगशाला भलिबल कोर्टमा शनिबार १० बजेबाट सुरु हुनेछ । पहिलो दिन तीन खेल सञ्चालन हुने छ । तीनवटै खेल महिला तर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे… पुरा पढौ

टाइगर कपको ट्रफि अनावरण

पोखरा -एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका… पुरा पढौ

सञ्जुविक्रमको कमब्याक

पोखरा-एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्ने गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी भलिबल संघले ३ विदेशीसहित १२ खेलाडीको घोषणा गरेको हो । टोलीमा विदेशी खेलाडीको रुपमा ट्युनिसियाका फाहिम मिलाडी, कंगोका यानिक सेशा र भारतका रोमन कुमार छन् । यसअघि केन्याका निकोशल मातुयी ल्याउने तय भएपनि अन्तिम समयमा उनको ठाउँमा भारतका रोमनलाई ल्याइएको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि हो । यसपटक… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीमा नयाँ कार्यसमिति

पोखरा- खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशनबाट मानबहादुर घर्ती को अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। बिहीबार भएको अधिवेशनमा घर्तीले ३६ मत पाउदै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी सुरज श्रेष्ठले २७ मत प्राप्त गरे। लामो समयसम्म सर्वसम्मत गर्ने प्रयास भएको थियो। तर प्रयास असफल भएपछि निर्वाचन गरिएको थियो। उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्मत चयन भए। महिला उपाध्यक्षमा उमा आले ३६ मतसहित बिजयी भइन्। त्यस्तै महासचिवमा परशुराम शर्मा ३८ मत सहित बिजयी भए। उनका प्रतिद्वन्द्वी लक्ष्मी पल्पसा २५ मत पाइन्। कोषाध्यक्षमा बिमल… पुरा पढौ

भलिबल खेलाउन शुल्क तिरेर सम्झौता

पोखरा-माघ १२ गतेदेखि पाँचौ संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको पूर्वसन्ध्यामा भलिबल कोर्टको मर्मत सम्भार अन्तिम चरणमा छ । भलिबल कोर्ट मर्मत सम्भारमा जुटेको टाईगर ग्रुपले कोर्ट प्रयोग वापत जिल्ला खेलकुद विकास समिति कास्कीलाई शुल्क स्वरुप १ लाख रुपैयाँ बुझाएको छ । समितिले व्यवसायिक प्रयोजनाको लागि कोर्टको शुल्क दैनिक ४० हजार तोकेको छ । तोकिएको शुल्क बुझाएपछि मात्रै टाईगर ग्रुपले सम्झौतासँगै कोर्टलाई अन्तिमरुप दिने संघारमा जुटेको हो । ‘कोर्टको दैनिक शुल्क ४० हजार… पुरा पढौ

गण्डकी प्रदेशमा तीन विदेशी खेलाडी

पोखरा-माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिब संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो । अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि… पुरा पढौ