कर्पोरेट

सिक्किमे टोलीसँग संकटा पराजित

पोखरा-सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडले संकटा क्लबमाथि ३–१ गोलले पराजित गर्दै २४ औं संस्करणको आहा रारा गोल्डकपको क्र्वाटर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थामा सिक्किमे टोलीले दोस्रो हाफमा दुई गोल थप्दै जित आत्मसात गर्यो । पहिलो हाफमा बराबरी गोल फर्काउँदै दोस्रो हाफमा थप दुई गोल गरेपछि संकटालाई बराबरीमा फर्किने सम्भावना कमै थियो । १७ औं मिनेटमा संकटाले गोल गर्दै अग्रता लियो । मनिष पौडेलले गोल गर्दै दिलाएको अग्रता पहिलो हाफसम्म टिकेन् । खेलको ३४ औं मिनेटमा… पुरा पढौ

एनआरटी सेडन डेथको शिकार

पोखरा-एनआरटीलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाईज युनाईटेड २४ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थालाई बराबरी गरेको चर्च ब्वाईजको भाग्य सडन डेथमा उदायो । एनआरटी भने सडन डेथमा पराजित हुन पुग्यो । एनआरटीले खेलको २५ औं मिनेटमा अग्रता लियो । तर दोस्रो हाफमा पेनाल्टीको सामना गरेपछि एनआरटीले निर्धारित समय चर्च ब्वाईजसँग १—१ को बराबरीमा टुग्यायो । रिचार्ड विल्सनले २५ औं मिनेटमा गोल गर्दै लिएको अग्रतालाई चर्च ब्वाईजले पेनाल्टी मार्फत बराबरी… पुरा पढौ

मछिन्द्र क्वार्टरफाईनल प्रवेश

पोखरा-विभागीय क्लब सशस्त्र प्रहरी बललाई २-० गोलले पराजित गर्दै मछिन्द्र फुटबल क्लब २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार दिउँसो पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा मछिन्द्रले दुवै गोल दोस्रो हाफमा सम्भव बनायो । पहिलो हाफ दुवै टोलीको प्रदर्शन लोभलाग्दो रहेन् । उत्कृष्ट अवसर दुवै टोलीबाट सृजना भने भएन् । पहिलो मिनेटमा आयुष घालानलाई फउल गरेपछि प्राप्त फ्रिकिको अवसर मछिन्द्रले पायो । ओमोलाजा नुरेन करीमको प्रहार सशस्त्रका गोलकिपरले बचाउ गरे । ३५ औं मिनेटमा अर्को फ्रिकिकलाई… पुरा पढौ

कर्नर गोलमा पुलिसको जित, आयोजक निराश

पोखरा-वर्षदिनको प्रतिक्षापछि पोखरामा फुटबलको रौनक शुरु भएको छ । सहारा क्लबको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवातसँगै फुटबलको रौनकता शुरु भएको हो । फुटबलको रौनक शुरु हुदाँ आयोजक सहारा क्लब भने उदघाटन खेलमा निराश बन्यो । नेपाल पुलिस क्लबले पोखराको मैदानमा आफनो गर्विलो शाख जोगाउने क्रममा आयोजक सहारा क्लबलाई १-0 गोलले निराश बनाईदियो । खेलको पहिलो हाफमा कर्नर बलबाट भएको गोलले पुलिसको झोलीमा खुशीयाली थपिदाँ आयोजकको ९0 मिनेटको प्रयास विफल मात्रै भएन् निराशमा परिणत भयो । पहिलो… पुरा पढौ

फुटबलर सनिशलाई सर्वोत्कृष्ठ वर्ष खेलाडी सम्मान

पोखरा-फुटबलर सनिश श्रेष्ठलाई सम्मान गरिएको छ । २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उदघाटन समारोहका फुटबलर श्रेष्ठलाई सहारा सर्वोत्कृष्ठ खेलाडीबाट सम्मानित गरिएको हो । सहारा क्लबले वर्षेनी आयोजना गर्ने आहा रारा गोल्डकपमा सर्वोत्कृष्ठ वर्ष खेलाडी सम्मान गर्दै आएको छ । श्रेष्ठलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, सहारा क्लब पोखराका अध्यक्ष केशव बराल लगायतले सम्मान गरेका थिए । सर्वोत्कृष्ठ वर्ष खेलाडी सम्मानलाई क्लबका मानार्थ सदस्य खेमबहादुर… पुरा पढौ

पहल र अम्फा टाइगर कप भलिबलका सर्वोत्कृष्ट खेलाडी

पोखरा-पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका… पुरा पढौ

पुलिसलाई उपाधि

पोखरा-गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो । पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो । दोस्रो सेटमा १२–१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५–२१ को जित निकालेको थियो… पुरा पढौ

आयोजक टाईगर ग्रुपलाई उपाधि सशस्त्र उपविजेता

पोखरा-आयोजक टाईगर ग्रुुप अफ पोखरा नेपालले घरेलु कोर्टमा पहिलो उपाधि आत्मसात गरेको छ । महिला तर्फ साविक विजेता सशस्त्र प्रहरी बललाई पराजित गर्दै आयोजक टोलीले पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा नाम लेखायो । लिगचरणमा व्यहोरेको हारको बदला समेत आयोजक टाईगर ग्रुपले फाईनलमा लियो । आईतबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा आयोजक टाईगर ग्रुपले ३–२ को सेटमा नजिता निकाल्यो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्दै खेलमा… पुरा पढौ

खेलाडी तथा अफिसियलले कार्ड पाए जरिवाना

पोखरा-दर्शकले भाग्यमानी पुरस्कार पाउँदा खेलाडी तथा अफिसियलले भने जरिवाना तिर्नुपर्ने छ । प्रत्येक खेलमा पहेलो कार्ड पाउने खेलाडी तथा अफिसियलले जरिवाना बुझाउनुपर्ने नियम सहारा क्लबले शुरु गरेको छ । आईतबार २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम पत्रकार सम्मेलन गर्दै क्लबले प्रत्येक खेलमा खेलाडी तथा अफिसियलले पहेलो कार्ड पाए जरिवाना तिनुपर्ने नयाँ प्रावधान राखिएको छ । पहेलो कार्ड पाउनेले १ हजार रुपैयाँ बुझाउनुपर्ने छ भने दुई पहेलो कार्ड(रातो)ले दुई हजार जरिवाना शुल्क बुझाउनुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । तीन विभागीय… पुरा पढौ

आर्मी पराजित, गण्डकी फाईनलमा

पोखरा-नेपाल आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगिताको फाईनल प्रवेश गर्दा महिला तर्फ पनि आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबलाई पराजित गर्दै फाइनल सुरक्षित गरेको छ । आर्मीसँगको कडा प्रतिस्पर्धामा गण्डकी प्रदेशको प्रदर्शन शनिबार निकै उत्कृष्ट रह्यो । हिमाल सुनारीको ब्लक र सन्जुविक्रम शाहको स्पाईकमा गण्डकीले आर्मीलाई दबाव बनाउँदै ३-१ को सेटले पन्छाउँदै उपाधि प्रतिस्पर्धा पक्का गर्यो । उपाधिको लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ भने महिला तर्फ आयोजक… पुरा पढौ