कर्पोरेट

प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले… पुरा पढौ

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए । प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको… पुरा पढौ

चौथो टाईगर कप भलिबलबाट साढे १८ लाख बचत

पोखरा-टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको चौथो टाईगर कप अन्तराष्ट्रिय भलिबल प्रतियोगिताबाट १८ लाख ३७ हजार रुपैयाँ जोगाएको छ । गत माघको पहिलो साता आयोजना गरिएको प्रतियोगितामा सम्पूर्ण खर्च कटाउँदै १८ लाख ३७ हजार रुपैयाँ बचत गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थाले मुख्य प्रायोजक सुश्री मिडिया प्रालिबाट १५लाख, मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेश सरकारबाट १० लाख, पोखरा महानगरपालिकाबाट ९ लाख ८५ हजार, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख ९२ हजार,प्रदेश खेलकुद परिषदबाट ५ लाख ७५ हजार, प्रवेश शुल्कबाट… पुरा पढौ

सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई उपाधि

सुर्खेत-प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् । त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३… पुरा पढौ

अर्जुन र सुष्मिता वर्ष खेलाडी

पोखरा-आठौं पोखरा स्पोर्टस अवार्डको पुरुष तर्फ क्रिकेटका अर्जुन कुमाल र महिला तर्फ आईटिएफ तेक्वान्दोकी सुष्मिता थापा मगर वर्ष खेलाडीबाट सम्मानित भएका छन् । उनीहरुले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर प्राप्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार भएको सार्वजनिक समारोहमा क्रिकेटका अर्जुन र आईटिएफ तेक्वान्दोकी सुष्मितालाई वर्ष खेलाडीबाट सम्मान गरिएको हो । वर्ष खेलाडी घोषित उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अवार्ड हस्तान्तरण गरेका थिए । यसैगरी उत्कृष्ठ प्रशिक्षक भलिबलका रमेश केसी,उदीयमान खेलाडीको पुरस्कार व्याडमिन्टनकी दिलासा राना घोषित भईन्… पुरा पढौ

शुक्रबार आठौँ पोखरा स्पोर्ट्स अवार्ड

पोखरा-भोलि शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले वर्ष खेलाडी पुरस्कार प्रदान गर्ने छ । आवश्यक तयारी पुरा भएको छ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन… पुरा पढौ

भक्तराजलाई गल्फ मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा शनिबार भएको अप्रिलको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । उनले शनिबार पार ६९ को हिमालयन गल्फ कोर्षमा ६८ स्कोर गर्दै उपाधि जिते । एएसपी लिलाजंग गुरुङ उपविजेता बने । उनले ७० स्कोर गरेका थिए । त्यसैगरी मेजर विजय मोक्तान भने ७१ स्कोरसहित तेस्रो स्थानमा आए । ग्रस तर्फको उपाधि क्याप्टेन गण्ोशकुमार गुरुङले जिते । उनले ८० स्कोर गरेका थिए । उनीहरुलाई ब्रिटिस क्याम्प पोखराका मेजर डेविड कार्टर र गण्डकी प्रदेश गल्फ संघका… पुरा पढौ

पोखरा २३ नयाँबस्तीमा भेट्रान्स भलिबल प्रतियोगिता शुरु

पोखरा-भूपु भलिबल खेलाडी पूर्नमिलन तथा शुभकामना भलिबल प्रतियोगिता शुरु भएको छ । पोखरा २३ नयाँ बस्तीमा ३५ वर्ष माथिका भेट्रान्स भलिबल खेलाडीहरुको प्रतियोगितामा भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले यस्तो प्रतियोगिताले निरन्तरता पाउनु पर्ने बताए । उनले पोखरा २३ मा फुटबल मैदान पनि नभएकाले छिटै बनाउन थाल्ने बताए । पोखरा २३ मा धेरै मात्रामा सार्वजनीक जग्गाभएका कारण खोजी गरेर फुटबल मैदान पनि बनाउने कामको थालनी गर्ने बताए । त्यसै गरी फेवा सिल्टेसन प्रालिका… पुरा पढौ

अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले त्रिभुवन पौडेलको स्मृतिमा स्थापना हुने अक्षयकोषको लागि सहयोग हस्तान्तरण गरेको छ । बुधबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनको अवसर पारेर १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो चेक मञ्चका अध्यक्ष दीननाथ बरालले महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मालाई हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा भएको कार्यक्रममा चेक हस्तान्तरण गर्न उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर र सदस्य एमबी आस्था… पुरा पढौ

गोरखाको लक्ष्मीबजारमा टर्फ मैदान निर्माण

पोखरा-गोरखामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण गरिएको छ । द ओसन क्लबले विभिन्न सहयोगी मनहरुबाट संकलित आर्थिक सहयोगबाट एस्ट्रोटर्फ(कृत्रिम घाँसे मैदान) बनाएको हो । कृत्रिम घाँसे मैदान निर्माणसँगै गोरखामा फुटबलका ग्रासरुट कार्यक्रम शुरु गरिएको छ । क्लबले गोरखाको गोरखा नगरपालिका वडा नं ९ स्थित लक्ष्मीबजारमा कृत्रिम घाँसे मैदान निर्माण गरेको हो । ३८ लाख रुपैयाँ नगद तथा १० लाख रुपैयाँ जिन्सी सहयोगमा क्लबले फुटबल मैदान निर्माण गरेको क्लबका अध्यक्ष अमित खत्रीले बताए । ‘क्लबले बनाएको मैदान नेपालकै पहिलो हो भन्ने… पुरा पढौ