कर्पोरेट

६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

पोखरा-पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ… पुरा पढौ

फागुन १ देखि सातौ विरेन स्मृति १७ औं ‘बिटी कप’

पोखरा-पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं… पुरा पढौ

आर्मी आहा रारा पोखरा गोल्डकप च्याम्पियन

पोखरा-थ्रीस्टार क्लबलाई ३-० गोलले पराजित गर्दै त्रिभुवन आर्मीक्लबले पोखराको मैदानमा पहिलो उपाधि जित्दै उपविजेताको ट्यागलाई अन्त्य गरेको छ । सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि उचाल्दै आर्मीले पाँच वर्ष अघि थ्रीस्टारसँग फाईनलमा व्यहोरेको हारको बदला समेत लिएको छ । आर्मी यस अघि चार पटक उपविजेता बनेर रित्तै फर्किएको थियो । आर्मीले उपाधि उचाल्न झण्डै डेढदशककाो समय लगायो । अन्य दुई विभागीय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरी बलले आहा राराको उपाधिमा नाम लेखाईसकेका थिए… पुरा पढौ

म्याराथनमा सहभागि धावकको संख्या तोकियो

पोखरा-यही माघ २८ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने जनाउँदै नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी फागुन ५गते हुने १८ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा १६० जना धावकलाई मात्रै दौडाउने निर्णय गरेको छ । पुरुष तफको प्रतिस्पर्धामा १६० जना मात्रै दौडाउने गरी कोटा निर्धारण गरिएको मञ्चले उल्लेख गरेको छ । मञ्चले म्याराथनसँगै महिला हाफ म्याराथनसहित अन्य विभिन्न विधामा समेत धावकको संख्या तय गरेको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा… पुरा पढौ

उपविजेताको ट्याग हटाउने आर्मीको लक्ष्य,इतिहास दोहोर्याउने थ्रीस्टारको योजना

पोखरा-थ्रीस्टार पाँच पटकको विजेता । त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली । पोखराको मैदानमा शनिबार आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ । फरक यत्ति छ कि उपाधि उचालेर पोखराको मैदानमा दुईदशक देखिको खडेरी तोड्ने लक्ष्यमा आर्मी छ । उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ । दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ ।… पुरा पढौ

पुनहिल कप भलिबलः महिलातर्फ कावासेती र माछापुच्छे्र फाइनलमा

पोखरा-पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् । महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो ।… पुरा पढौ

आर्मी आहा राराको फाईनलमा

पोखरा-उपाधिको दावेदार प्रस्तुत गरेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले उपाधिको लागि थ्रीस्टारसँग शनिबार खेल्ने छ । बिहीबारको आफनो सेमिफाईनल प्रतिस्पर्धी चर्च ब्वाईज युनाईटेडलाई २-१ गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । थ्रीस्टारले आहा रारा पोखरा गोल्डकपको उपाधि जितिसकेको छ भने आर्मीले उपाधि २३ औं संस्करणसम्म आईपुग्दा पाएको छैन् । चर्च ब्वाइज युनाइटेडको चुनौति पन्छाउन आर्मीले अतिरिक्त समय लिएको थियो । पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रासबहादुर मगरले बसन्त जिम्बाको क्रसमा… पुरा पढौ

तीन उमेर समूहमा प्रतिस्पर्धा

पोखरा-पोखराको पुरानो टुँडिखेलमा नेपालकै उत्कृष्ट भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करणको हिमालयन ब्रुअरी तथा १३ औं बगर भाइखलक फुटबल प्रतियोगिता हुदैं छ । पर्सी शनिबारदेखि टुँडिखेल खेल मैदानमा तीन विधाको भेट्रान फुटबल प्रतियोगिता शुरु हुने आयोजकले जनाएका छन् । एट ए साइड फुटबल प्रतियोगिताको तीन विधाम ३६ टिमको सहभागिता रहेको छ । संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि… पुरा पढौ

चर्च व्वाईज अन्तिम चारमा

पोखरा-समीर तामाङको निर्णायक गोलमा चर्च ब्वाईजले २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल यात्रा तय गर्दा नेपाल पुलिस क्लबको यात्रा भने क्र्वाटरफाईनलमै सीमित भएको छ । सहारा क्लबको आयोजनामा मंगलबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई पराजित गर्न चर्च ब्वाईजले दोस्रो हाफमा निर्णायक गोल गर्यो । ७२ औं मिनेटमा समीर तामाङले गोल गर्दै दिलाएको अग्रता जितको नजिता पक्का बन्यो । नेपाल पुलिस क्लबका खेलाडीहरु बीच आपसी समन्वयमा देखिएको कमजोरी फाईदा उठाउँदै उनले पेनाल्टी बक्सबाट पोष्टको दिशा दिएका थिए । ५६ औ… पुरा पढौ

जावलाखेल सेमिफाईनलमा

पोखरा-निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै खेलमा फर्किएको मनाङ मस्र्याङ्दी अन्तत सडन डेथमा पराजित हुदैं २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट बाहिरिएको छ । छ पटकको विजेता मनाङले गोल्डकपको यात्रालाई लम्ब्याउने प्रयास सोमबार पेनाल्टी सुटआउटमा पुगेर टुंगिएको छ । पेनाल्टी सुटआउटमा जावलाखेलसँग ७–६ गोलले पराजित हुदैं बाहिरिन पुग्यो । सोमबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा जावलाखेलले जितको खुशी मनाउन केही क्षण मात्रै बाँकी थियो । तर अन्तिम मिनेटमा मनाङले गरेपछि निराश बन्न पुगेको थियो । हिसुब थपलियाले ५५ औं मिनेटमा… पुरा पढौ