कर्पोरेट

विभागीय डर्बीमा पुलिसमाथि सशस्त्रको जित

पोखरा-पहिलो दिन सशस्त्र प्रहरी बलसँग पराजित हुदैं घाईते बनेको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पाहुना टोलीमाथि सोझो सेटको जित निकाल्दै पुरुष भलिबलमा आफनो साखलाई कायमै राखेको छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालित प्रतियोगिताको दोस्रो दिन सोमबार पाहुना टोली एसटिआई श्रीलंकाको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग तालिकामा तीन अंक जोडेको छ । पहिलो सेट प्रतिस्पर्धात्मक बन्ने देखिएपनि श्रीलंकाली टोलीको प्रदर्शन लोभलाग्दो देखिएन् । नयाँ कोर्टमा विभागीय क्लबसँग उत्रिएको… पुरा पढौ

गण्डकी,आर्मी र सशस्त्र प्रहरीको जित

पोखरा-टाईगर कपको पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । स्पाईक,ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आईतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । रवि केसी, हरि पाण्डे र नितिनको कम्बिनेसन देखिएको खेलमा गण्डकीले पहिलो सेट आफनो पक्षमा पार्न प्रतिस्पर्धा नै गर्नुपर्यो । पहिलो सेट २५–२३ को सेटमा गण्डकीले आफनो पक्षमा पार्दै पुलिसमाथि दबाव सृजना गर्यो । दोस्रो सेटमा पुलिस अझै कमजोर… पुरा पढौ

आर्मी र सशस्त्र प्रहरीको जित

पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ । टाईगर ग्रुप पोखराको आयोजनामा आईतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्रले उत्कृष्ट कमब्याक गर्दै ३–१ को सेटमा जित आत्मसात गर्यो । पहिलो सेट गुमाएको सशस्त्रले पछिल्लो तीनै सेट आफनो पक्षमा पार्दै विभागीय डर्बीमा आर्मीमाथि जित निकाल्यो । पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने आफनो लय कायम… पुरा पढौ

पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल प्रहरी बीच उदघाटन खेल

पोखरा-पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग उदघाटन खेल्दै पोखरामा आईतबारदेखि तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप शुरु हुदैं छ । गण्डकी प्रदेश पहिलो संस्करणको विजेता टोली समेत हो । टाईगर ग्रुप पोखराको आयोजना तथा नेपाल भलिबल संघको सहयोगमा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्यिनसिपमा स्वदेशीसँगै विदेशी क्लबले पनि उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए ।… पुरा पढौ

टाईगर कप भलिबल खेल्ने श्रीलङकन टोली नेपालमा

पोखरा- पोखरामा आयोजना हुने तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न श्रीलङकन टोली नेपाल आईपुगेको छ । पोखरामा यहि माघ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालका ४ टिम सहित श्रीलङकन टिमले पनि सहभागिता जनाउन लागेको छ । श्रीलङकन टोली आजै बेलुका पोखरा पुग्ने छ । पुरा पढौ

आर्मीका सुविन र कास्कीकी दिलशा जुनियर च्याम्पियन

काठमाडौं- आर्मीका सुविन श्रेष्ठ र कास्कीकी दिलशा राना इनास अपी स्पोर्टस् जुनियर ब्याडमिन्ट च्याम्पियनसिमा उपाधी हात पार्दै च्याम्पियन बन्न सफल भएका छन् । यु–१५ छात्र तर्फ सुविनले धादिङ्गका अश्विन मगरलाई २१–१५, २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन । यस्तै छात्रा तर्फ दिलशाले आर्मीकी रिहाना शेरचनलाई २१–१०, २१–१९ ले पराजित गर्दै उपाधी उचालेकी हुन् । छात्र तर्फ सूर्यदर्शनका अमन डङ्गोल र आर्मीका सुदेश राजकोटी संयुक्त तेश्रो भए । छात्रा तर्फ नेक्सस ईन्टरनेशनल स्कुलकी स्वर्लिन श्रेष्ठ र ईमाडोल ब्याडमिन्टनकी… पुरा पढौ

पाहुना टोलीलाई हराँउदै संकटालाई उपाधि

पोखरा-अतिरिक्त समयमा भुटनिज युथ स्पोर्टस क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै संकटाले पोखराको मैदानमा आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्यो । दोस्रो पटक उपाधि उचाल्दा संकटाले दोस्रो पटक नै विदेशी टोलीको चुनौतिलाई पन्छायो । कप्तान सुनिल बलको निर्णायक गोलमा संकटाले उपाधि आफनो नाममा दोस्रो पटक लेखायो । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको दोस्रो हाफमा सुनिल बलले गोल गर्दै कप्तानी जिम्मेवारी पुरा गरे । उनको कप्तानीमा संकटाले पोखरामा मैदानमा उपाधि उचाल्दै इतिहास बनायो ।… पुरा पढौ

संकटा र भुटनिजलाई उपाधिको पर्खाई

पोखरा-आहा रारा पोखरा गोल्डकपको उपाधि छिनोफानो शनिबार हुदैं छ । दुवै फाइनलिष्ट संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका उपाधि उचाल्दै इतिहास कोर्ने सपना साँचोका छन् । लक्ष्य लिएका छन् । योजनाको रणनीति बुन्न व्यस्त छन् ।संकटा दोस्रो पटक उपाधि उचाल्ने योजना रहने छ । संकटाको योजनालाई विफल बनाउँदै सात समुन्द्र पारी आहाको उपाधि लैजान लक्ष्य र सपना भुटनिजको छ । उपाधिको लागि दुवैले त्यहीस्तरको प्रतिस्पर्धा गर्नुपर्ने खाँचो छ । भुटनिजको डिफेण्डर लाईन निकै बलियो छ । संकटाको… पुरा पढौ

भुटनिज युथ स्पोर्टस आहाको फाईनलमा

पोखरा-भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका पोखरा आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाईनलमा चर्च ब्वाईज युनाईटेडको चुनौतिलाई १–० गोलले पन्छाउँदै पाहुना टोली भुटनिज फाईनल प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समय(४५ प्लस ३ मिनेट)मा भुटनिज युथ स्पोर्टसले गोल गरेको थियो । प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड(रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश खेलाडीमा सीमित… पुरा पढौ

संकटा दोस्रो पटक उपाधि नजिक

पोखरा-विभागीय क्लब सशस्त्र प्रहरीको चुनौतिलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा २२ औं आहा रारा पोखरा गोल्डकपको फाईनल प्रवेश गरेको छ । पोखराको मैदानमा दोस्रो उपाधिको खोजीमा रहेको संकटाले साविक विजेता सशस्त्रलाई लज्जास्पद हार चखायो ।पोखराको मैदानमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा संकटासँग सशस्त्र शुरुदेखि नै लर्बराएको थियो । त्रिभुवन आर्मी क्लबलाई क्र्वाटरफाईनलमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको संकटाले अर्को विभागीय क्लबलाई सहज पन्छाउन दुई अफ्रिकन खेलाडी नायक बने । अफ्रिकन खेलाडीहरु बीचको आपसी तालमेलमा संकटाले एकपछि अर्को गोल… पुरा पढौ