कर्पोरेट

छ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी बाहिरियो

पोखरा-आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ मस्र्याङ्दी क्लबको थप यात्रा टुंगिएको छ। पोखराको मैदानमा गर्विलो इतिहास बनाएको मनाङ मस्र्याङ्दी आमन्त्रित टोली बिवाईएससी मिनेसोटा अमेरिकासँग १–० गोलमा पराजित हुदैं पहिलो खेलबाटै बाहिरिने इतिहास बनायो । पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोलीले सेमिफाईनल सुरक्षित गर्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ । हेक्टर ओर्टेगाको पासलाई सदुपयोग गर्दै… पुरा पढौ

सफल पोखरा म्याराथन आगामी फागुन पहिलो साता

पोखरा-सिटी म्याराथनको अवधारणाबाट शुरु भएको पोखरा म्याराथनको १७ औं संस्करण आगामी फागुन ६ गते शनिबार हुने छ । १७ औं संस्करणमा आईपुग्दा आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चले आधिकारिक समयको लागि ‘चिप’को व्यवस्था गर्ने निर्णय गरेको छ । धावकको जुक्तामा चिपको प्रयोग गरिने मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘यो पटक हामी धावकको टाईमिङ लिन ‘चिप’को प्रयोग गर्छौ’ उनले भने–‘चिप धावकको जुक्तामा लगाईने छ ।’ सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको म्याराथनलाई अन्तराष्ट्रिय… पुरा पढौ

आर्मी अभागी, संकटा गोल्डकपको सेमिफाईनलमा

पोखरा-पोखराको मैदानमा पहिलो उपाधिको खोजीमा रहेको विभागीय त्रिभुवन आर्मी क्लब फेरी एकपटक अभागी बन्यो । पोखरामा दोस्रो पटक उपाधिको खोजीमा रहेको संकटाले आर्मीको उपाधि उचाल्ने सपनालाई प्रिक्वार्टरफाईनलबाटै निराश बनायो । नयाँ खेलाडी सम्मिलित संकटाले ‘स्किल फुल’ गेम देखाएपछि चार पटक पोखराको मैदानमा फाईनल खेलेको आर्मी सोमबार ३–१ गोलमा पराजित हुदैं बाहिरियो । आर्मीले आहा रारा गोल्डकपको उपाधि खडेरी तोड्न यो वर्ष पनि असमर्थ रह्यो । संकटाले १९ औं संस्करणको आहा रारा गोल्डकप उचालेको थियो । यद्यपी यो सहभागिता भने छैटौं… पुरा पढौ

तेस्रो संस्करणको टाईगर कप क्लब च्याम्पियनसिप भलिबल माघ माघ ८ देखि

पोखरा-टाईगर ग्रुपले आयोजना गर्दै आएको तेस्रो संस्करणको टाईगर कप राष्ट्रिय भलिबल प्रतियोगिता आगामी माघ ८ गतेदेखि पोखरा रंगशालामा शुरु हुदैै छ । तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ ८ देखि १४ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने छ । प्रतियोगिता राउण्ड रोविनमा खेलाईने छ । प्रतियोगितामा महिला र पुरुष दुबै तर्फ पाँच÷पाँच टिमले प्रतिष्पर्धा गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।प्रतियोगितामा महिला तर्फ केरला स्टेट, इलेक्ट्रोनिक बोर्ड… पुरा पढौ

मछिन्द्रमाथि चर्च ब्वाईजको सानदार जित

पोखरा-आशिष चौधरी र आशिष चापागाँईको ‘व्युटिफुल कम्बिनेशन’ बनेपछि चर्च ब्वाईज युनाईटेड आहा रारा पोखरा गोल्डकपको डेब्यु सहभागितामै सेमिफाईनल प्रवेश गरेको छ । आईतबार पोखरा रंगशाला फुटबल मैदानमा चर्च ब्वाईजले मछिन्द्रको चुनौतिलाई ३–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्दा साविक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटलब क्लब पहिलो यात्राबाट बिदा लिएको छ । पहिलो हाफमै दुई गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफ भने केही सुधारिएको प्रदर्शन गर्यो । यद्यपी गोलको अवसर सृजना गरेपनि फिनिसिङमा चुक्दा मछिन्द्रले पोखराको बसाई… पुरा पढौ

शसस्त्रले शाख जोगाउँदा धरान बाहिरियो

पोखरा-धरान फुटबल क्लबलाई २–० गोल अन्तरमा पराजित गर्दै शसस्त्र प्रहरी बल(एपीएफ क्लब) पोखराको मैदानमा डिफेण्डिङ च्याम्पियनको शाख जोगाएको छ । कमजोर मानिएको धरानले शसस्त्रलाई कडा चुनौति पेश गर्यो । पहिलो हाफमा व्यहोरेको गोल नै धरानको यात्रा शनिबार टुंगिदाँ शसस्त्रलाई जितको लागि पर्याप्त बन्यो । दोस्रो हाफमा पाएका केही अवसरलाई धरानले उपयोग गर्न नसक्दा आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल यात्रा तय गर्न सकेन् । पहिलो गोलको खोजीमा रहेको शसस्त्रले झण्डै ३७ मिनेट कुर्नु पर्यो । विकु तामाङको फ्लिक बल गोलमा परिणत… पुरा पढौ

उत्कृष्ट पुनरागमन गरेको चर्च ब्वाईजको रोमाञ्चक जित

पोखरा-उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नेपाल पुलिस क्लब भने पहिलो खेलबाटै बिदाई लिएको छ । पोखराको आहा रारा गोल्डकपमा गर्विलो इतिहास बोकेको नेपाल पुलिस क्लब चर्च ब्वाईजसँग २–१ गोलले पराजित हुदैं बाहिरिन पुग्यो । पोखरामा आफनो शाख जोगाउने पुलिसको प्रयास अतिरिक्त समयमा विफल भयो । पहिलो हाफमै गोल गर्दै उत्कृष्ट शुरुवात गरेको पुलिस भने दोस्रो हाफमा लय समाउन नसकेपछि चर्च ब्वाईजले पुनरागमन गर्यो । खेलको ७८ औं मिनेटमा आईपुग्दा चर्च… पुरा पढौ

कोर्स रेकर्ड सहित शुक्रलाई सुर्य नेपाल इस्टर्न ओपनको उपाधि

धरान-सुर्य नेपाल गल्फ टुर २०२२(२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले १७ अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन्। उनले बलभद्र राईले सन २०२० मा बनाएको ९ अन्डर २ सय १ को रेकर्ड तोडे। नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेले। पार७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७ अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७अन्डर १ सय ९३… पुरा पढौ

१२वर्षपछि सहारामाथि धरानको ऐतिहासिक जित

पोखरा-पाएको अवसरलाई सदुपयोग गर्नुनै फुटबलको सुन्दर पक्ष हो । खेलको चौथो मिनेटमा धरान फुटबल क्लबले पाएको फ्रिकिक अवसर नै गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता गर्यो । १२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुदाँ पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको श्रृखंलाको समेत अन्त्य गरेको छ । पोखराको मैदानमा सहारा र धरान बीच तेस्रो पटक उदघाटन भिडन्त थियो । बिहीबार पोखरा रंगशालामा धरानले चौथो मिनेटमा गरेको गोल निर्णायक बन्यो । २०६८ सालमा धरान र सहारा क्लब… पुरा पढौ

आज सहारा र धरान भिड्दै

पोखरा-आयोजक सहारा क्लबले धरान फुटबल क्लबसँग उदघाटन खेल्दै २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको विधिवत शुरुवात हुदैं छ । दिउँसो २ बजे पोखरा रंगशालामा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उदघाटन गरेसँगै ‘बल किक’ हुने छ । धरानले पोखराको मैदानमा नयाँ इतिहास कोर्ने लक्ष्यमा हुने छ । सहाराले धरानमाथि तेस्रो पटक जित हासिल गर्दै ह्याट्रिक गर्ने अवसरको खोजीमा रहने छ । यी दुई बीचको उदघाटन भिडन्त तेस्रो पटक हो । दुई पटक सहाराले बाजी मार्दा धरान उदघाटन खेलबाटै विदाई हुदैं… पुरा पढौ