कर्पोरेट

सेमिफाईनल समीकरण पुरा

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको शुक्रबार सेमिफाईनल समीकरण पुरा भएको छ । शुक्रबार पोखराको अमरसिंह माविको खेल मैदानमा भएको पहिलो क्वार्टरफाईनलमा एक्स पोखरालाई १–० गोलले पराजित गर्दै हेटौडा भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । खेलको २८ औं मिनेटमा अनुप लामाको गोल निर्णयक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।दोस्रो क्र्वाटर फाईनल खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले चितवन भेट्रान्सलाई ३–१ गोलले हराउँदै सेमिफाईनल सुरक्षित गर्यो । खेलमा… पुरा पढौ

आयोजकका दुबै टोली पराजित

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबाट आयोजकका दुवै टोलीले सुखद नजिता आत्मसात गर्न सकेनन् । दुवै टोली बाहिरिदाँ अन्तिम आठमा प्रवेश गर्ने सपना अधुरै रह्यो । ४५ वर्षमाथिको उमेर समूहको पहिलो पटक आयोजित एटए साईड फुटबलमा आयोजकका दुबै टोली पराजित हुन पुगे । बलियो टोली मानिएको ए.बि.सी निलो पेनाल्टी सुटआउटमा पराजित हुदैं बाहिरिन पुग्यो । उदघाटन खेलमा आयोजक ए.बि.सी निलो र एक्स वारियरको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय गोलरहित टुंगिएको… पुरा पढौ

सहारा एकेडेमीलाई केसी परिवारद्वारा सहयोग हस्तान्त्रण

पोखरा-स्व. सुर्यबहादुर केसी परिवारले सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । केसी परिवारको एकेडेमीलाई सहयोग यो दोस्रो पटक हो । गत वर्ष पनि केसी परिवारले एकेडेमीलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरणसँगै सहारा एकेडेमीको नाम ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी राखिएको थियो । बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाईसहयोग गरेको हो । केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ… पुरा पढौ

बुल्समेन क्लबद्वारा खेलाडीलाई नगदसहित सम्मान

पोखरा-बुल्समेन क्लब रामघाट पोखराले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनमा पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । मंगलबार विशेष कार्यक्रम गर्दै क्लबले पोखरामै आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनमा स्वर्ण पदक विजेता विवेक हमाल(५५ केजी तौल समूह) र १७० सेमी मुनिको मेन्स फिजिक्समा स्वर्ण पदक जितेका प्रदीप रेग्मीलाई नगदसहित सम्मान गरेको हो । स्वर्ण पदक विजेता दुवैलाई क्लबले नगद ५ हजारसहित सम्मानपत्रबाट सम्मान गरेको हो । क्लबले राष्ट्रिय खेलकुद प्रतियोगितामा फुलकन्ट्याक्ट कराँतेमा रजत पदक विजेता रुपक नेपाली, शारीरिक सुगठनमै… पुरा पढौ

प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल

पोखरा-फुटबलमा लामो समयदेखि सक्रिय रहँदैआएको अमरसिंह ब्वाईज क्लबले पहिलो पटक एट ए साईड फुटबल प्रतियोगिता आयोजनाको जमर्को गरेको छ । अमरसिंह ब्वाईज क्लबले प्रथम एबिसी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्ने अन्तिम तयारीमा जुटेको छ । पोखराको अमरसिंहचोकस्थित अमरसिंहमाविको खेल मैदानलाई आवश्यक मर्मत सम्भार गरी आवश्यक तयारीलाई अन्तिम रुप दिईसकेको छ । प्रतियोगिता यही कार्तिक १७ गते बिहीबारदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी… पुरा पढौ

ओलम्पियन संगिनालाई दुवईमा सम्मान

काठमाडौं-ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई दुवईमा सम्मान गरिएको छ । दुवईस्थित नुवाकोट सेवा समाज यृुएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ । नुवाकोटे चेली संगिनालाई आईतबार कोशेली होटल बर, दुवईमा समाजले सम्मान गरेको बैद्यले जनाएकी छिन् । पुरा पढौ

दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता हुने

काठमाडौं-नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रीक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियो।गता यहि कार्तिक १९ गतेबाट हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेनिस र १० किलोमिटर रोड रेस हुने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गते सम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रा तर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रेश बिज्ञप्तीमा जनाईएको छ । वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको… पुरा पढौ

नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता

नेपालगन्ज-नेपालगन्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को सदस्यता प्राप्त गरेको छ । विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने सम्भवतः नेपालगन्ज म्याराथन पहिलो हो । गत महिना मात्र एम्सबाट नेपालगन्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगन्ज म्याराथनअन्तर्गत ४२.१९५किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेश आयोजक सदस्य… पुरा पढौ

फुटबलर देवकोटालाई बगर भाइखलको लाख सहयोग

पोखरा-फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो । फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए । ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि… पुरा पढौ

महानगरद्वारा नवौंमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकको रुपमा फेन्सिङका विजय अधिकारीले कास्य पदक जितेका छन् । उनले कास्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ । व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन रुवरुप नगद १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बिहीबार विहान खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गर्दै थोरै रकम भएपनि महानगरपालिकाले खेलाडीलाई उत्साहित र प्रोत्साहित गर्ने प्रयास गरेको बताए । घोषणा अनुसार व्यक्तिगत विधामा रजत पदक… पुरा पढौ