कर्पोरेट

लामा र राई शीर्षस्थानमा टाई

पोखरा-सन्जय लामा र शुक्रबहादुर राईले समान १ अण्डर ६८ को कार्ड बनाउँदै सुर्य नेपाल वेष्टर्न ओपन गल्फको शीर्षस्थानमा छन् । मंगलबारदेखि पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फको पार ६९ को कोर्षमा लामा र राईले समान १ अण्डर खेल्दै शीर्षस्थानमा रहेका छन् । धरानका गल्फर बलभद्र राई भने लेभल पार ६९ को कार्ड बनाउँदै तेस्रो स्थानमा छन् । केही दिन अघि मात्रै सेन्टर ओपन विजेता भुवन नगरकोटीले भने पोखरामा कमजोर शुरुवात गरे । उनले पहिलो दिन १ ओभर ७० को कार्ड बनाउँदै चौथोस्थानमा… पुरा पढौ

पोखरामा ‘मेयर साईकल दौड’

पोखरा-पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसरमा बैशाख १ गते ‘मेयर साइकल दौड प्रतियोगिता’ आयोजना गर्ने भएको छ । साईकल दौडमा स्थानीय तहका प्रमुखहरुले प्रतिस्पर्धा गर्ने छ । कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । ‘स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन्’ मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भने–‘एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने विश्वास… पुरा पढौ

मन्त्री श्रेष्ठद्वारा हिटिङ पौडी पोखरीको उद्घाटन

काठमाडौ-सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुलले निर्माण गरेको एसजी इन्डोर हिटिङ पौडी पोखरीको शनिबार उद्घाटन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच पौडी पोखरीको उद्घाटन गरे । पच्चीस मिटर लम्बाइ रहेको पौडी पोखरी ५ लेनको छ । नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदअन्तर्गत महिला टिम इभेन्टकी स्वर्ण विजेता मध्यकी एक नयना शाक्य प्रशिक्षकका रुपमा रहेकी छन् । उक्त खेलकुदमा नयना सम्मिलित रुना प्रधान, स्टुती सिंह र रुबिना प्रधानको टोलीले स्वर्ण जितेको थियो । नेपालमै भएको १३… पुरा पढौ

निजि क्षेत्रकाे लगानीमा धमाधम हिटिङ पौडी पोखरी निर्माण हुँदै

काठमाडाैं, चैत १९ । सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुलले हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याउने भएको छ । स्वस्तिश्रीका अध्यक्ष रामकृष्ण चित्रकारले अन्तर्राष्ट्रिय स्तरको हिटिङ पौडी पोखरीको शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले औपचारिक उद्घाटन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, स्केटिङ, कराते, जिम हलका संरचना पनि रहेको स्वस्तिश्रीका प्राचार्य डा. हिमलाल घिमिरेले जानकारी दिए ।अध्यक्ष चित्रकारले विद्यालयमा रहेका खेलकुदका संरचनालाई सरोकारवालालाई आवश्यक परेको खण्डमा सहकार्य गर्न तयार रहेको… पुरा पढौ

ईपिएललाई भारतीय स्पोर्ट्स वेयरको साथ

काठमाडौं- भारतीय स्पोर्ट्स वेयर कम्पनी सेभेनले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० क्रिकेटलाई प्रायोजन गर्ने भएको छ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको कम्पनी सेभेन सह९प्रायोजकको रुपमा ईपीएलसँग जोडिएको हो । ईपीएलले सोमबार सेभेनसँग सम्झौता गरेको छ । ईपीएलका एमडी आमिर अख्तर र रिती ग्रुपका एमडी अरुण पाण्डेले सम्झौता पत्र आदान प्रदान गरे । । सम्झौतासँगै सेभेन ईपीएलमा फ्रेन्चाईज टिमको किटिङ, क्लथिङ र मर्चेनडाइज पार्टनरको रुपमा रहनेछ । यस्तै सेभेनले आयोजकलाई ८० लाख भारु बराबरको खेल सामग्री उपलब्ध गराउनेछ ।… पुरा पढौ

बाह्रखरी कर्पोरेट गल्फ उपाधि कार्की र घिमिरेलाई

पोखरा-बाह्रखरी कर्पोरेट गल्फको उपाधि अर्जुन कार्काीले जितेका छन् । शनिबार पोखराको हिमालयन गल्फ कोर्षमा आयोजित कर्पोरेट गल्फमा कार्कीले एक ओभर ३५ को स्कोरसहित उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्यापको आधारमा खेलाइएको खेलमा रविन्द्र सैनी तीन ओभर ३३ सहित उपविजेतामा बने । उनी काउन्ट व्याकमा ३३ स्कोरसहित उपविजेताको हकदार बनेका हुन् । पार ७० को हिमालयन गल्फ कोर्षमा बेष्ट ग्रस विजेताको पुरस्कार भने काठमाडौंका गल्फर सुरेन्द्र फुयाँलले पाए । उनले २८ स्कोर गरेका थिए । ६० वर्षमाथिको उमेर समूहको… पुरा पढौ

कर्पोरेट गल्फमा १५ पोखरेली गल्फर सहभागि हुने

पोखरा-बाह्रखरी कर्पोरेट एमेच्योर गल्फमा पोखराबाट दुई महिलासहित १५ जना गल्फरले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पार ७० को हिमालयन गल्फ कोर्ष छिनेडाडाँमा उपाधिको लागि नेपालका कर्पोरेट ७५ भन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने छन् । कर्पोरेट गल्फमा पोखराका १५ जना गल्फरमा सबैभन्दा कम ह्याण्डीक्याप गल्फर इन्स्पेक्टर जीवाराम गुरुङसहित सहभागि हुने छन् । उनी ७ ह्याण्डीक्याप एमेच्योर गल्फर हुन् । शनिबार १८ होलको पार ७० को कोर्षमा पोखरा, काठमाडौं, धरान, चितवन लगायतका गल्फरहरुले प्रतिस्पर्धा गर्ने हिमालयन गल्फ कोर्ष पोखराका व्यवस्थापक एवं… पुरा पढौ

टिभीलाई मिडिया कप

हेटौंडा-हेटौंडामा सञ्चालन भएको रेडियो मकवानपुर कप (मिडियास्तरीय)फुटसल प्रतियोगिताको उपाधि टिम टिभीले जितेको छ । बुधबार भएको फाइनलमा रेडियो सन्देशलाई टाइब्रेकरमा हराउँदै टिमले उपाधि जितेको हो । निर्धारित समय २–२ को बराबरी भएपछि टाइब्रेकरमार्फत् निर्णय लिइएको हो । टाइब्रेकरमा टिम टिभी ३–२ गोलअन्तरले विजयी भएको हो । खेलमा टिम टिभीका तर्फबाट मनिष खड्काले र रेडियो सन्देशको तर्फबाट विपुल भण्डारीले दुई÷दुई गोल गरेका हुन् । विजेता टिभीले ट्रफीसहित नगद १५ हजार रुपियाँ प्रँप्त गर्यो । उपविजेताले ७ हजार रुपिया प्राप्त गरे ।… पुरा पढौ