राखेप

ए डिभिजनको लक्ष्यमा सहारा क्लब

पोखरा-मोफसलकै अग्रणी क्लब सहाराले सी डिभिजन लिग खेल्दै ए डिभिजनको यात्रा तय गर्ने अभियानमा छ । मोफसलकै क्लबलाई ए डिभिजन सिधै नदिने भन्दै क्लबले ए डिभिजनको लागि सी डिभिजनबाट अघि बढ्ने सहारा क्लबले जनाएको छ । ‘ए डिभिजन खेल्न सी डिभिजनबाटै अघि बढ्छौं ।’ सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । क्लबले एक दशक अघि नै बी डिभिजन खेल्ने क्रममा सहारा क्लबलाई रोक लगाएको थियो । बी डिभिजनमा उत्कृष्ट नजिता आत्मसात गर्दै ए डिभिजनमा उक्लिने सम्भावना… पुरा पढौ

भलिबल खेलाडीलाई गण्डकी प्रदेश खेलकुद मन्त्रालयद्वारा सम्मान

पोखरा-एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले दोसल्ला ओढाई नगदसहित सम्मान गरेको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेपाली महिला भलिबल टोलीका कप्तानसहित गण्डकी प्रदेशका चार खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । महिला भलिबलकी कप्तान अरुण शाही कप्तान(म्याग्दी), उषा भण्डारी(तनहुँं), सोफिया पुन(बाग्लुङ) र शान्तिकुमारी थारु(नवलपुर)लाई सम्मान गरिएको हो । खेलाडीहरुलाई नगदसहित सम्मान गरिदाँ नेपाल भलिबल संघका कार्यबहाक जिम्मेवारी सम्हाल्दै बंगलादेश… पुरा पढौ

सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर

काठमाडौं-युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन् ।नेपाल ओलम्पिक कमिटी (एनओसी) को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताएका हुन । मन्त्रि गहतराजले अहिलेको खेलकुदको विषय कुनै व्यक्तिसँगको नभई देशको समग्रह खेल क्षेत्रको विसकासँग जोडिएकाले यस विषयलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नु पर्ने धारणा राखे । उनले… पुरा पढौ

गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन अवलोकन शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले मिति सार्वजनिक गरिसकेको छैन् । २०७७ फागुन २० देखि २७ मा आयोजना गर्ने तय भएपनि कोभिड–१९ ले पर धकेलिएको हो । कोभिडकै कारण पर धकेलिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको परिषदले मिति घोषणा गरिसकेको छैन् । मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ । गण्डकी खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको संयोजकत्वमा गठित अनुगमन तथा पूर्वाधार समितिले पोखराका विभिन्न ठाँउमा भएका पूर्वाधारको बस्तुस्थितिको अध्ययन… पुरा पढौ

सदस्य–सचिव घिसिङ र बोर्ड सदस्यलाई बागमती खेलकुदको बधाइ

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङ र राखेपका नवनियुक्त बोर्ड सदस्यलाई बागमती प्रदेश खेलकुद विकास परिषद्ले आइतबार एक कार्यक्रमबीच बधाइ दिएको छ । घिसिङसहित बोर्ड सदस्यहरु पेमा डोल्मा लामा, जनकप्रसाद गर्तौला, दीपेन्द्र विष्ट, मोहम्मद फाजिल, श्रीमान थापा मगर, विना श्रेष्ठ र प्रकाशकुमार कुसारीलाई कार्यक्रमका प्रमुख अतिथि राखेप उपाध्यक्ष शिव कोइराला, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतका पदाधिकारीले कार्यकाल पूर्ण सफलताकाका लागि शुभकामना दिदै बधाइ दिए । पुरा पढौ

सदस्य–सचिव र बंगलादेश प्रतिनिधिबीच भेट

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन काठमाडौं आएका बंगलादेश एथलेटिक्स टोलीका प्रतिनिधिसंग आइतबार भेट गरेका छन् । सदस्य–सचिव घिसिङले बंगलादेश क्रिरा शिख्खा प्रोतिष्ठानका ट्रेनिङ डाइरेक्टर कर्णेल मोहम्मद मिजानुर रहमान र बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सकी लेक्चरर फर्हाना बेन्टी बरीलगायत तीन सदस्यीय टोलीसंग त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् । भेटका अवसरमा सदस्य–सचिव घिसिङले च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकोमा धन्यवाद दिदै स्वागत गरे । बंगलादेश टोलीले सदस्य–सचिव बंगलादेश एथलेटिक्सका बारेमा संक्षिप्त जानकारी गराउदै सदस्य–सचिव घिसिङलाई बंगलादेश भ्रमणका… पुरा पढौ

एचआईभी-एड्स विरुद्ध खेलकुद अन्तरक्रिया

काठमाडौं- नेपाल लागू पदार्थ तथा एड्स विरुद्ध खेलकुद महासंघको आयोजनामा एचआईभी÷एड्स विरुद्ध खेलकुद अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । ३४ औं विश्व एड्स दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एड्स विरुद्ध सबैमा सचेतना र सतर्कताको भावना जातृत हुन आवश्यक रहेको बताए । खेलकुद मन्त्रालयका सचिव डा। दोमादर रेग्मीले एड्स विरुद्ध सचेतनाको सन्देश प्रवाह गर्न खेलकुद पनि महत्वपूर्ण क्षेत्र बन्न सक्ने धारणा व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ… पुरा पढौ

नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन सदस्य–सचिव

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी राख्दिन । हरदम त्यसैमा प्रयासरत रहने छु । रग्वीलाई पनि शुन्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भए । त्यही अनुभवलाई प्रयोग गर्दै… पुरा पढौ

सदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षण

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् । सुरुमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको प्रशासनिक भवनको निरीक्षण गरेका सदस्य–सचिव घिसिङ त्यसपछि अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेका पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो गएका थिए । पूर्वाधारको निरीक्षण गर्नुअघि सदस्य–सचिव घिसिङ तालिम तथा प्रशिक्षण विभागले सातदोबाटौमै आयोजना गरेको विभिन्न २२ खेलका मुख्य प्रशिक्षकहरुसंगको छलफल कार्यक्रममा सहभागी भए ।त्यसपछि सदस्य–सचिव घिसिङले परिसर हातामा रहेका सुटिङ रेन्ज, फिट्नेस सेन्टर, पौडी पोखरी, बक्सिङको प्रशिक्षण स्थल र कराते हलको निरीक्षण… पुरा पढौ

सदस्य–सचिव र क्रिकेट खेलाडीको भेट

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष÷महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् । भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्ष बारे जानकारी गराएका थिए । सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए । पुरा पढौ