राखेप

‘५ प्रतिशत रकम नहुदाँ पौडी पोखरीको टेण्डर रोकियो’

पोखरा-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बजेट नभएकै कारण पोखरामा हिटिङ स्वीमिङ पुल (पौडी पोखरी)बनाउन नसकिएको स्पष्ट पारेका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा पौडी पोखरी निर्माण गर्नुपर्ने खाँचो छ । कोरोना संक्रमणसँगै शुरु भएको लकडाउनले पौडी पोखरीको टेण्डर प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । टेण्डर प्रक्रिया अवरुद्ध हुदाँ पौडी पोखरीको निर्माण अघि बढ्न सकेको छैन् । हिटिङ बनाउनुपर्ने प्रतिक्रिया आएपछि पौडी पोखरीको डिजाईन समेत परिवर्तन गरिएको सदस्य सचिव सिलवालले सुनाए । ‘हिटिङ बनाउनुपर्छ भन्ने आशय आयो… पुरा पढौ

अन्तराष्ट्रिय कभर्डहल बनाउने प्रतिबद्धता

चितवन-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले चितवनमा अन्तराष्ट्रिय ब्याडमिन्टन कभर्डहल बनाउन परिषदले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको प्रमुख अतिथीको रुपमा उपस्थित खेलसमुदायलाई सम्वोधन गर्दै सदस्य सचिव सिलवालले चितवनमा अन्तराष्ट्रिय स्तरको कभर्डहल निर्माण गर्नका लागि जग्गा उपलब्ध गराएमा राष्ट्रिय खेलकुद परिषदले निर्माणका लागि सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । पुरा पढौ

भलिबलका प्रतिभा र ईम सम्मानित

काठमाडौं- नेपाली भलिबलका नक्षत्र प्रतिभा माली र ईमबहादुर रानालाई मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट सम्मानित गरिएको छ । नेपाल भलिबल संघले नक्सालस्थित क्राउन प्लाजामा आईतबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरुलाई सम्मान गरेका हुन् । प्रतिभा मालीलाई सम्मानित गरिदैै । नेपाली महिला भलिबल टिमकी सदस्य एवं मुख्य खेलाडी प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता र गत बर्ष नेपालमा आयोजनामा भएको १३ औं दक्षिण एशियाली खेलकुदमा रजत पदक… पुरा पढौ

नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब भिड्दै

काठमान्डाैं, माघ ७ । प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहाेरेका छन् । यस्तै, आज प्रदेश १ र त्रिभुवन आर्मी क्लब मुलपानी क्रिकेट मैदानमा खेल्ने छन् । अहिलेसम्म दुई खेल खेलेको आर्मी दुवैमा जित निकाल्दै समूह… पुरा पढौ

सागका सबै समिति विघटन

काठमाडौं-नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद((साग)का लागि गठित विभिन्न समितिहरु मंगलबार विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । १३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि… पुरा पढौ

क्रियासिल नरहने संघहरुको अस्तित्व नरहने-उपाध्यक्ष कोइराला

काठमाडौं-नेपाल राष्ट्रिय मुवाँथाई संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक ९ट्रायकसुट० प्रदान गरेको छ । खेलाडीहरुलाई उक्त पोशाक प्रमुख अतिथी राखेप उपाध्यक्ष शिव कोइरालाले वितरण गरे । पोशाकसँगै संघले विभिन्न खेलाडीहरुलाई समेत सम्मान गरेको थियो । सम्मानित खेलाडीहरुमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दील ठोकर, अभिषेक राई, संदीप तामाङ्ग, सन्तोष खत्री, शर्मिला मोक्तान, संजय राई, गुनसाङ तामाङ्ग रहेका छन् ।राखेप उपाध्यक्ष कोईरालाले खेलाडीहरुलाई सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान… पुरा पढौ

नव नियुक्त खेलकुदमन्त्रीले सम्हाले मन्त्रालय, विश्वकर्माको बिदाई

काठमाडौं-नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले मन्त्रालयको पदभार सम्हालेका छन् । गत साता मात्रै नवनियुक्त भएका लामाले आईतबार मन्त्रालयको पदभार सम्हालेका हुन् । उनलाई मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वागत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकर्मालाई हटाएर लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् । जगतबहादुर विश्वकर्मालाई परिषदले बिदाई यसैबीच पदमुक्त भएका निर्वतमान युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई परिषदले बिदाई गरेको छ । तीन वर्र्षे मन्त्री पदमा रहेको विश्वकर्मालाई आईतबार नै राष्ट्रिय खेलकुद परिषदका सदस्य… पुरा पढौ

खेलकुद विकासको लागि ग्रासरुटका कार्यक्रम–सदस्यसचिव

पोखरा-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा अब खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा विकास हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको लागि प्रदेश छनोट प्रतियोगिताको शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन गर्दै सदस्य सचिव सिलवालले पोखरा क्रिकेटको केन्द्र बन्दे गएको उल्लेख गरे । ‘पोखरा खेलाडी उत्पादनको कारखाना बन्नुपर्छ’ उनले भने–‘सम्भावना बोकेको क्षेत्र क्रिकेट हो । अन्तराष्ट्रियस्तरको मैदान छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’ नेपाली क्रिकेटले दुई दिन अघि मात्रै क्रिकेट प्रशिक्षक प्राप्त गरेको बताउँदै उनले अब नेपाली… पुरा पढौ

खेलकुदमा लगानी बढाउनुपर्छ, राजनीति हुनु हुदैन-सिलवाल

पोखरा-पोखरामा जिल्ला संघहरुसँग नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारे सुझाव संकलन गरिरहँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले समयाभावकले यो वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने अवस्था नभएको स्पष्ट पारेका छन् । बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिवले फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्ला, प्रदेश छनोट र राष्ट्रिय प्रतियोगिताको तयारी गर्न समय अभाव हुने दोेहोर्याए । उनले अर्को वर्ष मात्रै राष्ट्रिय प्रतियोगिता गर्न सकिने जिकिर गरे । सदस्य सचिव सिलवालले खेलकुदले परिणाम… पुरा पढौ

खेलकुदको गतिविधिसँगै नवौं राष्ट्रिय खेलकुदको चर्चा

पोखरा-कोरोनाले सबैक्षेत्र सन्त्रासमै छ । खेलकुद विस्तारै चलायमान हुदैं गएको छ । खेलकुद गतिविधि बढ्दै गएको छ । कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिदले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय सुझाव पेश गर्न आग्रह गरेको छ । खेलकुद गतिविधि बढ्दै गएपछि प्रदेशका सबै जिल्लासँग प्रतियोगिताको बारेमा आवश्यक सुझाव माग्नुपर्ने राय छ । परिषदले पोखरामै रहेका विभिन्न खेलसँग मात्रै सुझाव मागेको छ । ‘जिल्लाहरुमा खेलकुदको अवस्था कस्तो छ । प्रशिक्षण गर्ने बातावरण छ कि छैन्… पुरा पढौ