राखेप

एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई भब्य स्वागत

काठमाडौं- मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली काँग्रेसका नेतो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामा… पुरा पढौ

अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन अन्तिम साता

पोखरा-आगामी फागुन अन्तिम साता बाग्मती प्रदेशले पहिलो पटक अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अन्तरप्रदेश खेलकुद प्रतियोगितामा १४ वटा खेललाई समावेश गरिएको छ । आगामी फागनु २४ गतेदेखि ३० गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको कोटा समेत तय गरिएको छ ।सातै प्रदेशका सदस्य सचिवको बागमती प्रदेश राजधानी हेटौडामा प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णयलाई मूर्त रुप दिइएको हो । बागमती प्रदेशले पहिलो संस्करणको आयोजनाको जिम्मेवारी लिएको हो । पहिलो संस्करणमा आईटिएफ तेक्वान्दो, उसु, जुडो, फुटबल,भलिबल, क्रिकेट,… पुरा पढौ

सूचीकृत नभएका रेफ्री, प्रशिक्षकलाई खेल सञ्चालन र प्रशिक्षणमा रोक

पोखरा-जिल्ला खेलकुद विकास समिति कास्की प्रशिक्षकविहीन हुदै गएको छ । राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षकहरु अवकाश प्राप्त हुदैं गएपछि प्रशिक्षणमा समस्या भएको छ । कास्कीमा अब केवल तीनजना मात्रै प्रशिक्षक बाँकी छन् । तीनमध्ये भारोत्तोलन प्रशिक्षक बखतमान श्रेष्ठ पनि आगामी फागुनमा अवकाश हुदैं छन् । सहायक प्रशिक्षकद्वय सुरेन्द्र गुरुङ(सितेरियो कराँते) र जीवन घिमिर (शारीरिक सुगठन) मात्रै छन् । तेक्वान्दोका प्रशिक्षक सुनबहादुर लामा अहिले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खेलकुदको उर्वर शहर कास्की खेलकुद प्रशिक्षक विहीन बन्दै गएको छ… पुरा पढौ

प्रादेशिक क्रिकेट संघ गण्डकीको अध्यक्षमा सिग्देल

पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघको दोस्रो अधिवेशनबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार भएको अधिवेशनले कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।समितिको उपाध्यक्षमा प्रकाश पौडेल(नवलपुर), सचिवमा सुमनराज कार्की(तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा(स्याङ्जा) रहेका छन् । यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी,विद्यादेवी भट्टराई,भोजराज बराल र सन्तोष शर्मा रहेका छन् । कार्यसमितिको कार्यकाल चारवर्षको हुने छ । अध्यक्ष सिग्देलले सपथ ग्रहणपछि कुराकानी… पुरा पढौ

दिलासा र रेहाना फाईनलमा

काठमाडौं-ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ मा दिलासा राना र रिहाना शेरचनको जोडी फाईनलमा प्रवेश गरेका छन् । राना र शेरचनको जोडीले यु १५ मा बंगलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । अहिले सम्मको नतिजामा अन्य खेलाडीहरु सेमिफाईनलबाट अगाडी बढ्न सकेनन् । यु १५ तर्फनै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलंकाका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसंग… पुरा पढौ

नेपालको दोहारो सफलता

काठमाडौं- नेपाली खेलाडीहरुले ब्याडमिन्टन एशिया (दक्षिण एशिया)क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तरगत मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेको छ । नेपाल सहित श्रीलङका, पाकिस्तान, मालदिभ्स, भुटान र बंगलादेश सम्मिलित च्याम्पियनसिपको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यु–१५ तर्फ र यु–१७ दुवै तर्फ जित आत्मसाथ गरेको छ । यु–१५ र यु–१७ दुवै तर्फ नेपालले वेष्ट अफ फाईभको प्रतिस्पर्धामा मालदिभ्स माथि ५–० को जित निकालेको हो । लिगको आधारमा खेलाईएको प्रतियोगितामा १५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन… पुरा पढौ

खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई परिषदमा सूचीकृत गर्न परिपत्र गरेको छ । सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा(जोखिम बहन) गर्ने निर्णय गरेको छ । त्यसको लागि प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले आगमाी बुधबार हुने छलफलबाट कार्यविधि तयार गर्नेे बताए । ‘पहिला हामीले जिल्लाका रेफ्री, प्रशिक्षक, संघका पदाधिकारी तथा कर्मचारीहरुलाई सम्बन्धित संघ मार्फत सूचीकृत गर्न आग्रह गरेका छौं’ सदस्य सचिव शर्माले भने–‘सूचीकृतको भएकाहरुको यकिन तथ्यांक… पुरा पढौ

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

पोखरा-प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा(२०७४सालमा) बनेको गण्डकी प्रदेश सरकारको पहिलो वार्षिक बजेटमै अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरिएको थियो । अन्य खेलकुदका योजना समेत थिए । तर ती कुनैपनि योजनाले पूर्णता पाउन मात्रै होईन शुरुवात नै हुन सकेको छैन्… पुरा पढौ

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं-खेलाडीहरुका लागि आपतविपतमा सहयोग गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले उपचाररत विभिन्न ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरे । उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई २ लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् ।… पुरा पढौ

कार्यविधि बनाउन कार्यदल गठन

पोखरा-प्रदेश खेलकुद परिषदले गण्डकी खेलकुद पदकको लागि कार्यविधि तयार पार्न आवश्यक कार्यदल बनाएको छ । परिषदका सदस्य सचिव श्रीधर शर्माकै अध्यक्षतामा कार्यदल बनाई आगामी भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा तयार पार्ने जिम्मेवारी तोकेको छ । सदस्य सचिव शर्माले भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा तयार गरेपछि पूर्णता दिन फेरी एकपटक छलफल गरिने टुग्याउने स्पष्ट पारे । ‘गण्डकी खेलकुद पदकको लागि मेरै संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन भएको छ ’ सदस्य सचिव शर्माले भने–‘त्यो कार्यदलले भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा बनाउने छ । बनाईएको मस्यौदामा फेरी… पुरा पढौ