खेल संस्था

पोखराद्वारा गण्डकी दुईसय ३४ रनले पराजित

पोखरा-मुस्कान थापाको दोहोरो शतकीयपारीमा पोखरा क्रिकेट क्लबले गण्डकी क्रिकेट क्लबलाई दुईसय ३४ रनले पराजित गरेको छ ।कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा थापा प्रेरित पोखरा क्रिकेट क्लबले तीनसय ८ रनको विशाल लक्ष्य दिएको थियो । टस हारेर व्याटिङ रोजेको पोखराले ओपनर थापाको उत्कृष्ट व्याटिङ हेर्ने अवसर मिल्यो । थापाले १ सय २४ बलमा दुई सय २९ रन बनाए । उनको इनिङमा २४ चौका १४ छक्का स्कोर कार्डमा लेखियो । अर्का ओपनर… पुरा पढौ

कास्की ११ र नेपाल प्रहरी गण्डकी बीच उदघाटन खेल

पोखरा-साविक विजेता कास्की ११ ले विभागीय टोली नेपाल प्रहरी गण्डकीसँग उदघाटन खेल्दै २६ औं संस्करणको आदर्श कप फटुबल प्रतियोगिताको शुरुवात गर्ने छ । आदर्श क्लब भण्डारढीकको आयोजनामा यही माघ ९ गतेदेखि शुरु हुने २६ औं संस्करणको आदर्श कप फटुबल प्रतियोगिताको अन्तिम तयारीमा रहँदा क्लबले खेल तालिका समेत सार्वजनिक गर्यो । खेल तालिका अनुसार आयोजक आदर्श क्लबले वालिङस्थित होराईन क्लबसँग खेल्ने छ । प्रतियोगितामा गन्नी एफसी पर्वत, तनहुँ जिल्ला फुटबल संघ, म्यादी जिल्ला खेलकुद विकास समिति म्याग्दी र सशस्त्र प्रहरी बल… पुरा पढौ

गण्डकी प्रदेश च्याम्पियन

पोखरा -नेपाल क्योकुशिन(कान कराते संघ कास्कीको आयोजनामा माघे संक्रान्तिको अवसरमा ढुङ्गेसाँघु टुटुङ्गा पोखरामा सम्पन्न पचिस्सौं माछापुच्छ्रे राष्ट्रिय फुल कन्ट्याक्ट कराते तथा सातौं क्योकुशिन(कान कराते प्रतियोगितामा तौल समुहमा पुरुषतर्फ गण्डकी प्रदेशका मोशस कुमाल र महिला तर्फ बाग्मती प्रदेशकी बिनिता घर्तिमगर च्याम्पियन बनेका छन् । पुरुष खुल्ला तौल समुहको फाईनल खेलमा मोशेस कुमालले मधेश प्रदेशका सबिन वाईबालाई पराजित गर्दै च्याम्पियन बने । गण्डकीका अनिश बि।क र मधेश प्रदेशका एलेक्स थापा मगर तृतीय भए । महिला खुल्ला तर्फ बाग्मतीकि बिनिता घर्तिमगरले मधेश प्रदेशकी… पुरा पढौ

मनोहर कप भलिबलः सेमिफाइनल समिकरण पूरा

पोखरा-पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा भईरहेको प्रतियोगितामा नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको… पुरा पढौ

शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि जिल्ला छनोटको लागि शुक्रबारदेखि क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता शुरु हुने छ । प्रतियोगिताको आवश्यक तयारी पुरा भईसकेको छ । प्रतियोगितामा कास्कीका १० क्लबले प्रतिस्पर्धा गर्ने छन् । पोखरा रंगशाला क्रिकेट मैदान र लेखनाथस्थित इडेन हेवन क्रिकेट मैदानमा सञ्चालन हुने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल राईजिङ क्रिकेट क्लबले नवप्रवेशी एभरेष्ट… पुरा पढौ

मनोहर कप भलिबलः नवज्योति र पकुवा विजयी

पोखरा-पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् । बुधबार भएको पहिलो खेलमा नवज्योतिले मादी–७ माथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२० र दोस्रो सेट ३३–३१ ले जित निकालेको नवज्योतिले तेस्रो र चौथो सेट मादीलाई सुम्पियो । मादीले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले पुनरागमन ग¥यो । पाँचौ सेटमा १५–१२ ले जित निकाल्दै नवज्योति अर्काे चरणमा प्रवेश गर्न सफल भयो… पुरा पढौ

बैशाख १८ गते दशौैं पोखरा स्पोर्टस अवार्ड

पोखरा-आगामी बैशाख तेस्रो साता पोखरामा दशौं पोखरा स्पोर्टस अवार्डको मिति तय गएिको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले… पुरा पढौ

२५ औं आहा रारा गोल्डकप फ्लड लाईटमा गर्ने सहाराको तयारी

कास्की -आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल मैदानमा फ्लडलाईटमा आहा रारा गोल्डकप हुने छ । फ्लड लाईट जडान गर्ने विषयमा सहारा क्लबले सम्झौता समेत गरिसकेको छ । प्रतियोगिताको उदघाटन नै बत्तीमा खेलाउने योजनासहित काम अघि बढाइएको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभयो । “उदघाटन खेल नै बत्तीमा खेलाउने… पुरा पढौ

पुस ३० गतेदेखि पोखरामा मनोहर कप भलिबल

पोखरा-पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ । मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष शैलेस बानियाँले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीलाई समान २०… पुरा पढौ

फेन्सिङ संघको तेस्रो साधारण सभामा कार्यालय उदघाटन

पोखरा-पोखरामा एक दशक अघि मात्रै फेन्सिङ खेल भित्रियो । भित्रिएको छोटो समयमै फेन्सिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत जनाईसकेको छ । फेन्सिङको युथ वल्र्ड च्याम्पियनसिपमा पोखरेली कृपा गुरुङको सहभागिताले फेन्सिङ खेललाई अझ उचाईमा पुर्रयाईदिएको छ । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितासँगै सर्वत्र चर्चामा रहेको फेन्सिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ कास्य पदक जित्दै नयाँ इतिहास कोर्यो । सहभागिता जनाएसँँगै चार कास्य पदकले फेन्सिङ खेलप्रतिको उत्साह झल्काईदिएको थियो । डा. मघुसुदन सुवेदी फेन्सिङ संघको संस्थापक अध्यक्ष हुन् । उनै… पुरा पढौ