खेल संस्था

१४ वर्षिया शिवालीले रचिन इतिहास

पोखरा-नेपालकी उमेर समूहीकी टेनिस खेलाडी शिवाली गुरुङले पोखरामा आयोजित वल्र्ड टेनिस टुर जे३० मा सर्किट १ मा गल्र्स तर्फ दोहोरो उपाधि जित्दै इतिहास कोरेकी छन् । गुरुङसहित कोरियाकी युल हो जुङले ब्वाईज तर्फ दोहोरो उपाधि आफनो नाममा लेखाउन सफल भएका छन् । नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंक जोड्न सफल… पुरा पढौ

गीता गुरुङलाई नोभेम्बर गल्फ मन्थ्ली मेडल

पोखरा-नोभेम्बरको मन्थ्ली मडेल गल्फको उपाधि गीता गुरुङले जितेकी छन् । उनले पाँच अण्डर ४१ अंकसहित उपाधि आफनो लेखाईन् ।उपविजेता भने दिप्सन लामा भए । उनले १ अण्डर ३७ को कार्ड बनाएका थिए । स्टेबल फोर्ड फूल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा ग्रस तर्फ इन्स्पेक्र जीवाराम गुरुङ बने । पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धाका विजेतालाई व्रिटिस क्याम्प पोखराका टु वाईसी क्याप्टेन बेलबहादुर गुरुङले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना

पोखरा- नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान तथा महासचिवमा केशव पाठक निर्वाचित भए । यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन… पुरा पढौ

सिंगल्सतर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा-आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत बिहीबार सम्पन्न ब्वाइज सिंगल्स क्वार्टरफाइनल खेलबाट शीर्ष वरियताका टिङ–हो याङ (ताइपेई), युल हो जुङ (कोरिया), नेपालका प्रनव मानन्धर तथा श्रीलंकाका गानुका फर्नान्डो सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा याङले भारतका फजल अली मिरलाई ७–६(४), ६–४ ले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरे । यस्तै, तेस्रो वरियताका जुङले भारतका हर्ष मरवाहालाई ५–७, ६–२, ६–४ ले पराजित गरे । पाँचौं वरियताका नेपाली खेलाडी प्रनव मानन्धरले करन बी थापामाथि… पुरा पढौ

शिवालीको सोझो सेटमा जित

पोखरा-उमेर समूहकी शीर्ष बरियताकी शिवाली गुरुङले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गरेकी छन् । गल्र्स सिंगल तर्फ बुधबार विहान पोखरा रंगशालास्थित टेनिस कोर्टमा भईरहेको आइटिएफ जे३० वल्र्ड टेनिस टुर अन्तर्गत शिवालीले सोझो सेटमा पराजित गर्ने क्रममा भारतीय खेलाडी मेहा पाटिललाई ६–०, ६–० ले पन्छाईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा हिजो मंगलबार भएको प्रतिस्पर्धामा ब्वाइज सिंगल्सतर्फ प्रतीक सेओरन (भारत) ले राजबिर प्रधान (नेपाल) लाई ३–६, ६–२, ६–२ ले पराजित गरेका थिए । हराउँदै अघिल्लो चरणमा प्रवेश गरे ।… पुरा पढौ

सन्तोषी भ्यालेन्सिया प्रस्थान

काठमाडौं-मो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् ।स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरुको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ । धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो ।… पुरा पढौ

पोखरेली खेलाडी दर्शिलको उत्कृष्ट शुरुवात

पोखरा-पोखरेली युवा टेनिस प्लेयर दर्शिल श्रेष्ठले पोखराको घरेलु कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै विश्व बरियता टेनिस टुर जे३० को सुखद शुरुवात गरेका छन् । सोमबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको ब्वाईज तर्फको मेन ड्रमा दर्शिलले भारतीय खेलाडी अयन दहियालाई सोझो सेटमा पन्छाउँदै जित आत्मसात गरे । ब्वाइज सिंगल्सतर्फ खेलमा दर्शिल श्रेष्ठले भारतीय खेलाडी अयन दहिया विरुद्ध ६–०, ६–१ को नतिजा निकाल्न सफल भए । शीर्ष नं १ ताइपेइका टिङ–हो याङले नेपालका असव सम्राट हाडालाई ६–०, ६–२ ले पराजित गर्दै… पुरा पढौ

सोमबारदेखि पोखरामा विश्व टेनिस टुर जे३० शुरु हुदैं

पोखरा-सोमबारदेखि पोखरामा विश्व टेनिस टुर जे३० पोखरा शुरु हुदैं छ । पोखरामा यो प्रतियोगिता विगत आठवर्षदेखि आयोजना हुदै आएको छ ।आठौं संस्करणसम्म आईपुग्दा कास्की जिल्ला टेनिस संघले एउटा क्ले कोर्ट थप्न सरकारसँग अनुरोध गर्दै आएको छ । अतिरिक्त क्ले कोर्ट नथपिदाँ आगामी वर्ष पोखराले २४ को ड्रमा सीमित हुने छ । पोखराले सोमबारदेखि ३२ को ड्र खेलाउने छ । त्यसको लागि आवश्यक तयारी पुरा भईसकेको छ । १३ देखि १८ वर्ष उमेर समूहको ब्वाईज तथा गल्स टेनिस खेलाडी पोखरा आईसकेका… पुरा पढौ

युवा लक्षित जीममा लगानी बढ्दै

पोखरा-फिटनेस तथा स्वास्थ्य–जीवनशैलीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै पोखरामा राइज फिटनेसले आफ्नो सेवा विस्तारलाई तीव्र बनाएको छ । सात वर्षअघिदेखि फिटनेस व्यवसायमा सक्रिय राइज फिटनेसले अहिले प्रस्याङ, सिर्जनाचोक र शान्तिनगर चोक गरी पोखराका तीन स्थानमा शाखा संचालनमा ल्याएको छ । हालै मात्र पोखरा–७ शान्तिनगर चोकमा रहेको पुरानो रत्न श्री जिमको स्थानमा आधुनिक सुविधा सम्पन्न राइज फिटनेस सञ्चालनमा आएको हो । राइज फिटनेसका संचालक कमल भण्डारीले समयअनुसार सेवा, संरचना र प्रविधिमा अभूतपूर्व परिवर्तन गर्दै नयाँ शाखाहरु विस्तार गरेको बताए । बैशाख महिनामा… पुरा पढौ

पुरुषतर्फ बोहोराफाँट र नरेठाँटी गलकोट उपाधिका लागि भिड्ने

पोखरा-पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ उपाधिको लागि बोहोराफाँट समाज जापान गलकोट र एनवाईसी गलकोट भिड्ने भएका छन् । पोखरा–३ नदीपुरस्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट छन्त्याल समाजमा पुरुषतर्फ भएको सेमिफाइनल खेलमा बोहोराफाँट समाज जापान र नरेठाँटी युवा क्लब विजयी हुँदै उपाधिका लागि भिड्ने पक्का भएको हो । शनिबार भएको पहिलो सेमिफाइनलमा बोहोराफाँट समाज जापान गलकोटले एपिएफ पोखरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।बोहोराफाँट गलकोटले एपिएफ पोखरालाई २५–२०, २५–२० र २६–२४ ले पराजित… पुरा पढौ