खेल संस्था

प्यारापिटका कुहिएका प्लाई डेकसिट फेरिदै

पोखरा-गर्विलो खेल संरचना बनेको छ वर्षपछि पोखरा रंगशालास्थित फुटबल मैदान वरिपरीको प्यारापिट मर्मत सम्भार शुरु गरिएको छ । प्यारापिटमा प्रयोग भएको प्लाईको डेकसिट पोखराको घामपानीले बिग्रिएपछि सम्बन्धीत कम्पनीले नै स्टिल राख्न शुरु गरेको हो । दुई महिनाअघिदेखि प्यारापिटका सबै प्लाई हटाई स्टिल राखिने छ । ग्याल्भनाईज्ड गरिएकोे एन्टी स्लिप स्टिल हो । जुन चिप्लिदैन् ।फुटबल मैदान बनेको छ वर्ष पुग्यो । नेपालमै सर्वाधिक दर्शक क्षमताको पोखरा रंगशालास्थित फुटबलको प्यारापिटमा प्रयोग गरिएको प्लाई कुहिएर कामै नलाग्ने भएका छन् । कुहिएका प्लाई… पुरा पढौ

देव गुरुङको सहारामा निरन्तर सहयोग

पोखरा-सहारा क्लब हङकङका सल्लाहकार एवं समाजसेवी देव गुरुङले सहारा क्लब पोखरा र एकेडेमीमा निरन्तर सहयोग गर्दै आएका छन् । लोकदोहोरी गायकका सर्जक तथा कानून व्यवसायीसमेत रहेका गुरुङले सहयोग गरेका हुन् । बुधबार पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी पुगेर उनले पत्नी मीना गुरुङ, छोराबुहारी प्रिन्स र यमुना तथा छोरी पायल गुरुङको तर्फबाट एकेडेमीमा बालकहरुका लागि ३० थान जर्सी सहयोग गरे । यस्तै, बालकहरुलाई खाजाका लागि नगद १५ हजारसहित करिब ५० हजार बराबरको सहयोग गरे । उक्त सहयोग… पुरा पढौ

पूर्वाधार विना चाहेर पनि अन्तर्राष्ट्रिय खेल खेलाउन सकिदैन

पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाइृ नगदसहित सम्मान गरेको छ । संघको आईतबार आयोजित चौथो वार्षिक साधारण सभामा महिला खेलाडीहरु कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी एवं पुरुष खेलाडीहरुमा सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेललाई नगदसहित सम्मान गरियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्मान गरेका हुन् । खेलाडीहरुलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । साधारण सभामा बोल्दै नेपाल क्रिकेट संघका… पुरा पढौ

पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई

पोखरा-दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह राउतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गौतम श्रेष्ठ… पुरा पढौ

प्रज्वल र जीवारामलाई गल्फ उपाधि

पोखरा-सेप्टेम्बर मन्थ्ली मेडल अन्तर्गत ग्रस तर्फका उपाधि प्रज्वल गुरुङले जितेका छन् । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा नेट तर्फ इन्स्पेक्टर जीवाराम गुरुङले जितेका छन् । क्याप्टेन राजेन्द्र गौचन भने उपविजेता बन्न सफल भए । विजेताहरुलाई ब्रिटिस गोर्खाका मेजर किरण पुनले पुरस्कार प्रदान गरेका थिए । पुनलाई कास्की जिल्ला गल्फ संघ तथा हिमालयन गल्फ कोर्ष तर्फबाट संघका अध्यक्ष जीवाराम गुरुङले स्वागत गरेका थिए । मेजर पुन ब्रिटिस गोर्खाका काठमाडौं क्याम्प दुई वर्षको लागि आएका हुन् । पुरा पढौ

पूर्व अध्यक्ष थापाको नेतृत्वमा सर्वसम्मत

पोखरा-दुईदिनको प्रयासपछि सहारा क्लब पोखराको आगामी दुई वर्षे कार्यकालको लागि पूर्व अध्यक्ष केशवबहादुर थापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । शनिबार सर्वसम्मत प्रयास नभएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाइएको थियो । निर्वाचन प्रक्रिया अगाडि बढाईएपनि आईतबारसम्मको लागि स्थगित गरिएको थियो । १४ औं अधिवेशन तथा २७ औं वार्षिक साधारणसभाले थापालाई फेरी अध्यक्षको जिम्मेवारी सुम्पिएको हो ।बरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ रहेका छन् । उनले थापासँग अध्यक्षको लागि उम्मेदवारीको दावेदारिता प्रस्तुत गरेपनि क्लबका पूर्व अध्यक्षहरु, पूर्व पदाधिकारीहरुले थापालाई सर्वसम्मत गराउँदै गुरुङलाई… पुरा पढौ

सर्वसम्मत प्रयास विफल, निर्वाचिन प्रक्रिया स्थगित

कास्की-मोफसलकै उत्कृष्ट क्लब सहारा क्लब आन्तरिक रस्साकस्सीले १४ औं अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएको छ । २७ औं वार्षिकोत्सव तथा १४ औं अधिवेशनमा नयाँ कार्यसमिति चयन गर्दै टुंग्याउने तय भएपनि सहमतीय प्रयास विफल भएपछि निर्वाचित अधिकृतले निर्वाचनको कार्यक्रमलाई स्थगित गरेको घोषणा गरे । निर्वाचनको कार्यक्रमलाई शनिबार टुग्याउने क्लबले जनाएको छ । यद्यपी सर्वसम्मतको प्रयासलाई खुला राखिएको छ । क्लबको इतिहासमै पहिलो पटक सर्वसम्मतको प्रयास विफल भएको थियो । सर्वसम्मतको प्रयास असफल भएपछि सहारा क्लबभित्रै आन्तरिक किचलो सतहमा देखिएको प्रष्ट भएको… पुरा पढौ

२४ औं सस्करणको आहा रारा गोल्डकपबाट २४ लाख बचत

पोखरा-गएको माघ मध्यसाता आयोजित २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको लामो समयपछि आयव्यय सार्वजनिक गरिएको छ । सहारा क्लबले गत माघ २२ गतेदेखि फागुन ३ सम्म पोखरा रंगशाला आयोजित प्रतियोगितामा २४ लाख २२ हजार ७६ रुपैयाँ बचत गरेको छ । हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको प्रतियोगितामा एक करोड ३९ लाख ६७ हजार ७ सय ३४ रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै सञ्चालन खर्च १ करोड १५ लाख ४५ हजार ६ सय५८ रुपैयाँ भएको क्लबले जनाएको छ । प्रतियोगिताको उपाधि… पुरा पढौ

नेपाल मुआथाई संघको शुभकामना आदानप्रदान

पोखरा-नेपालमा मुआथाई भित्रिएको झण्डै १८ वर्ष बित्यो । खेलको शुरुवात पोखराबाट भयो । जसलाई नेपाल भित्र्याउने श्रेय दिपकबहादुर गोदारलाई जान्छ । उनै गोदारले भित्र्याएको मुआथाई १८ वर्ष बसन्त पार गर्यो । नेपाल मुआथाई संघको रुपमा दरियो । भित्रिएको १८ वर्षपछि पोखरामा पहिलो पटक संघले आउँदो दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राख्यो । संघमा आवद्ध भएका मुआथाई क्लबहरु एकत्रित बने । क्लबहरुले विभिन्न ठाँउमा प्रशिक्षण गराउँदै आएका छन् । उनीहरुलाईै एकत्रित गर्दै पोखरा रंगशालाभित्र मुआथाई संघले… पुरा पढौ

विश्व पर्यटन दिवसमा दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड

पोखरा-असोज ११ गते हुने पर्वतीय दौडमा एकसय धावकले सहभागिताको लागि नाम दर्ता गरेका छन् । आयोजकका अनुसार सहभागि धावक विभिन्न जिल्लाका छन् । दोस्रो संस्करणको पुम्दीभुम्दी पर्वतीय दौडमा सहभागिता जनाउने अझै केही दिन रहेको उल्लेख गरेको आयोजकले जनाएको छ । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा दुईसय धावकको सहभागिताको अपेक्षा गरिएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने छ । पोखरा–२२ स्थित… पुरा पढौ