खेल संस्था

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारी तीव्र

पोखरा-पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए । जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद आचार्य,… पुरा पढौ

पुष पहिलो साता दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता

पोखरा-कास्की जिल्ला गल्फ संघको आयोजनामा आगामी पुष ४ र ५ गते दोस्रो पोखरा एमेच्योर गल्फ प्रतियोगिता हुने छ । पोखरा १४ मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा हुने प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, महोत्तरी, युके तथा सिंगापुरबाट गरी ७० गल्फरले सहभागिता जनाउने छन् । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ । पुरुष टिम इभेण्ट, महिला खुल्ला, सिनियर विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । क्लोजेष्ट टु दि पीन, लङ्गेष्ट ड्राइभ र सर्वाधिक बर्डी हिर्काउने गल्फरलाई समेत नगद पुरस्कार प्रदान गरिने… पुरा पढौ

आइटिएफ जे३० वल्र्ड टेनिस टुर, सिभालीलाई दोहोरो उपाधि

कास्की, -विश्व टेनिस टुर जे३० को पहिलो सर्किट जितेर इतिहास कोरेको एकसातापछि नेपाली टेनिस खेलाडी शिभाली गुरुङले दोस्रो सर्किटमा पनि उपाधि जित्दै अर्को इतिहास थपिएको छ । शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको दोस्रो सर्किटको फाईनलमा उमेर समूहमा शिभालीले उपाधि जित्दै दोहोरो उपाधि आफनो नाममा लेखाउन सफल भईन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा सम्पन्न सर्किट १ मा सिभालीले दोहोरो उपाधि जित्दा दोस्रो सर्किटमा पनि १४ वर्षको उमेरमा नै गल्र्स सिंगल्स र डबल्समा उपाधि लेखिन् । जे३०… पुरा पढौ

पोखरामा पौष ९ देखि पाँचौ मेयर कप

पोखरा- आगामी पौष ९ गतेदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु भएको छ ।पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ । खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।यसवर्षको प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालय गरेर १… पुरा पढौ

आइटीएफ जे३० वल्र्ड , शिवाली सिंगल्सतर्फको फाइनलमा

पोखरा-नेपाली उमेर समूहकी शीर्षस्थानकी शिवाली गुरुङलेगल्र्स डबल्स फाइनलमा ताइपेकी के–चि सुसँग जोडी बनेर उपाधि जितेकी भोलिपल्ट एकल तर्फ फाईनल सुरक्षित गरेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा आयोजित आइटीएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–२ अन्तर्गत नेपाली खेलाडी शिवाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै गल्र्स सिंगल्सतर्फको फाइनलमा स्थान बनाएकी हुन् । प्रतियोगिता अन्तर्गत ब्वाइज सिंग्लसमा ताइपेइका टिङ–हो याङले चिनका जियालियाङ गुओलाई ६–२ ६–२ ले पराजित गर्दै फाइनल यात्रा तय गर्दा युल हो जुङ (दक्षिण कोरिया) ले… पुरा पढौ

पोखरामा जनवरी २९ मा यु१९ महिला साफ च्याम्पियनसिप

पोखरा- ६ वर्षपछि पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुदैं छ । आगामी जनवरी २९ (माघ १५ गते)देखि पोखरामा यु १९ साफ महिला फुटबल च्याम्पियनसिप हुने तयभएको छ । आयोजनाको पूर्वसन्ध्यामा अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ महासचिवसहितको टोलीले भौतिक पूर्वाधारको अवलोकन गरेको । एकमहिना भन्दा पनि कम समय रहेको च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ(एन्फा) र साफ प्रतिनिधिको टोलीले पोखरा रंगशाला फुटबल मैदानसहितको भौतिक पूर्वाधारको अवलोकन गरी सुधार गर्न सम्बन्धीत निकायलाई निर्देश गरेको छ । पोखरामा अखिल नेपाल फुटबल संघ(एन्फा)को… पुरा पढौ

लेखनाथ पावरहाउस डोजो चयाम्पियन

पोखरा-लेखनाथ क्योकुशिन(कान कराते डोजो र लेखनाथ डोजो मुआथाई क्लबको आयोजनामा लेखनाथ रंगशाला भण्डारढिकमा सम्पन्न पाँचौ लेखनाथ कप तथा दशौँ कास्की जिल्लास्तरीय क्योकुशिन(कान जुनियर फुल कन्ट्याक्ट कराते तथा मुआथाई प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र ९ कास्य सहित लेखनाथ पावरहाउस डोजो टिम च्याम्पियन बनेको छ । छात्र र छात्रा तर्फ ७र७ तौल समुह गरि कुल १४ तौल समुहमा विभिन्न १५ डोजोका १५० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ४ स्वर्ण,३ रजत र ७ कास्य सहित बागमारा डोजो दोस्रो हुँदा २ स्वर्ण, ६… पुरा पढौ

यु १६ अन्तर बिद्यालय पुरुष टि २० क्रिकेट प्रतियोगिता यसै साता

पोखरा-दुईदिनपछि पोखरा रंगशाला क्रिकेट मैदानमा पोखरामा हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता हुदैै छ । मंसिरको २५ देखि पुषको ६ गते सम्म पा ुहुने छ । हिमालय क्रिकेट एकेडेमीको प्रायोजन, पोखरा महानगरपालिका क्रिकेट संघको संयोजन तथा कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगितामा कास्कीका १२ वटा विद्यालयको सहभागिता ा रहेको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । कास्की जिल्ला क्रिकेट संघले विगतका वर्षदेखिनै विद्यालय स्तरमा क्रिकेटको संरचना मजबुत बनाउने प्रतिभाहरुलाई सुरुवाती उमेरमै प्लेटफर्म… पुरा पढौ

एनएसए कप च्याम्पियनसिप, पहिलो दिन तीन राष्ट्रिय किर्तिमान

काठमाडौं-नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन तीन राष्ट्रिय किर्तिमान कायम भएको छ । आज भएको १५०० मिटर फ्रिस्टायलमा जेम्सका कल्किन श्रेष्ठले १७ मिनट ०५ । ६४ सेकेन्ड समयका साथ राष्ट्रिय किर्तिमानमा आफ्नो नाम लेखेका हुन् । यस अघि नासिर याहा हुुसेनको नाममा १७ मिनट ४९।९५ सेकेन्ड समयको किर्तिमान कायम थियो । हुसेनले उक्त किर्तिमान काठमाण्डौमा भएको १३ औं सागमा कायम गरेका थिए । यस्तै अर्को किर्तिमान २०० मिटर फ्रिस्टायलमा भएको थियो । उक्त दुरी… पुरा पढौ

१४ वर्षिया शिवालीले रचिन इतिहास

पोखरा-नेपालकी उमेर समूहीकी टेनिस खेलाडी शिवाली गुरुङले पोखरामा आयोजित वल्र्ड टेनिस टुर जे३० मा सर्किट १ मा गल्र्स तर्फ दोहोरो उपाधि जित्दै इतिहास कोरेकी छन् । गुरुङसहित कोरियाकी युल हो जुङले ब्वाईज तर्फ दोहोरो उपाधि आफनो नाममा लेखाउन सफल भएका छन् । नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंक जोड्न सफल… पुरा पढौ