खेल संस्था

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतिययोगिता भोलिदेखि

पोखरा- माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा हुने तेस्रो माछापुच्छ«े गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ को तयारी पुरा भएको छ । प्रतियोगिताको स्थानीय व्यवस्थापन माछापुच्छ्रेगाउँपालिका वडा नं. ७ धम्पुस र संयोजन गाउँपालिका भलिबल संघ लाहाचोक कास्कीले गरेको छ । फागुन १४ देखि १७ गते सम्म हुने उक्त प्रतियोगितको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमले सहभागि जनाउने माछापुच्छ्रे… पुरा पढौ

एकदिवसीय क्रिकेटः तनहुसँग हारेपछि स्याङजा बाहिरियो

पोखरा-सन्दीप पराजुलीको कसिलो बलिङ र ओपनर समीर कँडेलको उत्कृष्ट व्याटिङ प्रेरित तनहुँले स्याङजालाई ८ विकेटले पराजित गरेको छ । हारसँगै प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितबाट स्याङजा बाहिरिएको छ । अघिल्लो दिन बाग्लुङलाई पराजित गर्दै फाईनल सम्भावना रहेपनि हारसँगै बाहिरिन पुग्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले निकै कमजोर शुरुवात गर्यो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा ओपनर करन पँगेनी र ईश्वर क्षत्री सस्तैमा आउट भए । तेस्रो नम्बरमा आएका सौजन्य रेग्मीले… पुरा पढौ

तेश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

लेखनाथ-विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म हुने तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक बेगनास युवा क्लवले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिए । युवालाई लगानी गरौं भन्ने सोच लाई… पुरा पढौ

ज्ञानकाजीलाई फेब्रुअरीको मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधी ज्ञानकाजी गुरुङले जितेका छन् । पोखरा मझेरीपाटनस्थित पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा गुरुङले ३८ को कार्ड बनाउँदै मन्थ्ली मेडल आफनो नाममा लेखाएका हुन् । प्रतिस्पर्धामा एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनले ३२ को कार्ड बनाए । ग्रस तर्फको प्रतिस्पर्धामा भने मेजर लछिमीप्रसाद गुरुङले पुरस्कार जित्न सफल भए । गुरुङले २३ स्कोरसहित पुरस्कार जित्न सफल भएका हुन् । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा २३ जना गल्फरको… पुरा पढौ

एकदिवसीय क्रिकेटः बाग्लुङमाथि स्याङजाको फराकिलो जित

पोखरा-पोखरामा आयोजित प्रधानमन्त्री कप एक दिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा बाग्लुङ दोस्रो खेलमा स्याङजासँग विशाल अन्तरले पराजित भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सेमबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा बाग्लुङ ७६ रनमै समेटिदैं फराकिलो हार व्यहोर्यो । टस जितेर व्याटिङ गरेको स्याङजाले मिलन क्षत्रीको अविजित ६४ रनको महत्वपूर्ण इनिङमा ९ विकेटको क्षतिमा २७४ रनको विशाल लक्ष्य तयार गर्यो । निर्धारित ५० ओभर खेलेको स्याङजाले पहिलो विकेट सस्तैमा गुमायो । करन पंगेनी मुकेश… पुरा पढौ

एकदिवसिय क्रिकेट-बाग्लुङ ११४ रनले पराजित

पोखरा-बाग्लुङलाई ११४ रनले पराजित गर्दै तनहुँले प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एक दिवसिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । तनहुँले टस हार्दै व्याटिङ गर्ने क्रममा दुई व्याटरको अर्धशतकीय पारीमा २१० रनको योगफल तयार पार्यो । तेस्रो नम्बरमा आएका दिनेश बुढामगरले ६८ बल खेल्दै ६० रन बनाए । १० चौका प्रहार गरे । उनी भन्दा अघि ओपनर समीर कँडेल र दिपेश अधिकारीले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गरे । कँडेलले १६ र अधिकारीले ३७ रन बनाए । अधिकारी र बुढामगरले… पुरा पढौ

साफ क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालाई कास्यपदक

पोखरा-दुई पोखरेली धावक सहभागिता जनाएको साफ क्रस कन्ट्री च्याम्पियनसिपमा तेस्रो स्थान प्राप्त गरेका छन् । नेपालको प्रतिनिधित्व गर्दै फेब्रुअरी २३ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न भएको यु २० तर्फ ८ किलोमिटर प्रतिस्पर्धाको लागि बादल कार्की र कृष्णबहादुर परियारसहित नेपाली टोली तेस्रो स्थान प्राप्त गरेको हो । नेपाली टोलीले २७.५८.१९ मिनेटमा पार गर्दै तेस्रो स्थान प्राप्त गरेको हो । उक्त समय सहभागि मध्ये बादल कार्कीको समय हो । प्रतिस्पर्धामा पाकिस्तानले स्वर्ण र श्रीलंकाले रजत पदक प्राप्त गरेका छन् । एथलेटहरुलाई कास्की जिल्ला… पुरा पढौ

गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई फुटसलको उपाधि

पोखरा-हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद… पुरा पढौ

जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१ फागुन ९ र १० हुने

पोखरा-कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो । पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा सो प्रतिायोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समुह अन्र्तगत महिला र पुरुष गरी १ सय ५ जना खेलाडीहरु सहभागि हुने भएको छ । विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो… पुरा पढौ

बादल र परियारले प्रतिस्पर्धा गर्ने

पोखरा-यही फेब्रुअरी २३ मा पाकिस्तानको इस्लामावादमा आयोजना हुने साफ क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागिता जनाउने दुई पोखरेली एथलेट पाकिस्तान प्रस्थान गरेका छन् । यु २० तर्फ ८ किलोमिटर प्रतिस्पर्धाको लागि बादल कार्की र कृष्णबहादुर परियार सभागिताको लागि त्यस तर्फ प्रस्थान गरेका हुन् । एथलेटहरुलाई कास्की जिल्ला एथलेटिक्स संघले विदाई गर्यो । संघका अध्यक्ष गजबहादुर गुरुङ तथा सचिव सिद्धान्त अधिकारी एवं प्रशिक्षकहरुले खादा लगाई विदाई गरेका हुन् । धावक दुवै पोखरा रंगशालाको ट्रयाकमा नियमित प्रशिक्षण गर्दै आएका छन् । पुरा पढौ