खेल संस्था

राष्ट्रिय कायक स्लालम प्रतियोयिगता चितवनका प्रितमले जिते स्वर्ण

चितवन-नेपाल ¥याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनामा बार्षिक कार्यक्रम अनुरुपको १३ औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ । चितवनको फिस्लिङ्ग, त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङ्गले स्वर्ण पदक प्राप्त गरे । गुरुङ्गले १२३.३२ अंक ल्याइ स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा रहेको गोरखाका रविन चेपाङ्ग १५०.६१ अंकका साथ रजत र तेश्रो स्थानमा रहेको चितवनकै विक्रम गुरुङ्ग १५४.४५ अंकका साथ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । बिजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथ प्रथमले १५ हजार, दोश्रोले… पुरा पढौ

ऐतिहासिक खेलमा नेपाल पुलिस विजयी

पोखरा-नेपाल पुलिस क्लबको ५० औं खेल । आहा रारा गोल्डकपको २५० औं खेल । यो ऐतिहासिक खेलमा पुलिस एक पटक पोखराको मैदानमा भाग्यमानी रह्यो । नेपाल पुलिस क्लबले ऐतिहासिक खेल जित्दै इतिहास रचेको छ । आहा राराको २४ औं संस्करणमा आईपुग्दा एघारौं पटक फाइनल प्रवेश गर्ने क्रममा पुलिसले गोल्डकपको २५० औ खेल जित्यो । त्यसो त पोखराको मैदानमा पुलिसले आफनो ५० औं खेल जित्दै सर्वाधिक सफल टोलीमा दरियो । चर्च ब्वाईज युनाईटेडलाई १-० गोलले पन्छाउँदै नेपाल पुलिस क्लब गोल्डकपको फाईनलमा… पुरा पढौ

कास्की क्रिकेट लिगः पोखरा र सांग्रिलाको जित

पोखरा-सांग्रिला क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई ३८ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको सांग्रिलाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रन बनायो । सुदिप पौडेलले ४० रन बनाउँदै मध्यक्रममा उत्कृष्ट व्याटिङ गरेपछि सांग्रिलाले जितको लागि प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबार पोखरा क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा ओपनर विराट दुवाडीले पनि राम्रो शुरुवात गरे । २० रन बनाएका उनलाई सिब्रिन श्रेष्ठ भने १० रनमै आउट भएपछि पहिलो विकेटको लागि उनीहरुको साझेदारी… पुरा पढौ

सिक्किमे थण्डरबोल्ट उज्वेकिस्तानी ब्ल्याक बुल्ससँग पराजित

पोखरा-दुई विदेशी टोली । पहिलो पटक पोखराको मैदानमा भिडन्त । बाजी भने उज्वेकिस्तानी टोलील ब्ल्याक बुल्सले मार्यो । भारतको सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडलाई ३(० गोल अन्तरले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानी टोली बुल्स २४ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । पहिलो हाफमा एक गोल । दोस्रो हाफमा दुई गोल । पोखरामा गोल्डकप खेल्न आईपुगेको टोली मध्ये बलियो देखिएको उज्वेकिस्तानको टोली ब्ल्याक बुल्सले अन्तिम चारमा भने थ्रीस्टारसँग खेल्ने छ । पहिलो सेमिफाईनल खेल भने… पुरा पढौ

सहारा एकेडेमीका छ खेलाडी ब्रिगेड ब्वाईजमा अनुबन्धन

पोखरा-सहारा क्लबले आफनो एकेडेमीबाट उत्पादित खेलाडीहरुलाई ललितपुरको ब्रिगेड ब्वाईजलाई हस्तान्तरण गरेको छ । आफना छ खेलाडीलाई आहा रारा गोल्डकपको दौरानमा ब्रिगेड ब्वाईजलाई सम्झौता गर्दै हस्तान्तरण गरेको हो । सम्झौतासँगै एकेडेमीका छ खेलाडीले ब्रिगेड ब्वाईजबाट बी डिभिजन लिग खेल्ने छन् । एकेडेमीका तेस्रो व्याचका विशाल नेपाली, मुकुन्द निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई क्लबका अध्यक्ष केशवराज बराले ब्रिगेड ब्वाईजका विक्रम लामालाई हस्तान्तरण गरेका हुन् । सम्झौता पत्रको बारेमा भने सहारा क्लबले कुनै जानकारी दिएन् । खेलाडीलाई सेवा… पुरा पढौ

बैकिल्पक खेलाडीको निर्णायक गोलमा चर्च ब्वाईज अन्तिम चारमा

पोखरा-बैकल्पिक खेलाडी चम्किदाँ अपी पावर चर्च ब्वाईज युनाईटेड सेमिफाईनल सुरक्षित हुदाँ त्रिभुवन आर्मी क्लब २४ औं संस्करणको आहा रारा गोल्डकपबाट विदाई लियो । पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राजु भुषालले खेल सकिन एक मिनेट बाँकी रहँदाँ गोल गरेपछि चर्च ब्वाईजले सेमिफाईनल यात्रा तय गर्यो । अतिरिक्त समयमा धकेलिने सम्भावना रहेको खेलमा चर्चले पाएको अन्तिम कर्नरलाई सदुपयोग गर्दै आर्मीको गोल्डकप यात्रालाई विट मार्न पर्याप्त बन्यो । नविन लामाले कर्नर किक हाने । कर्नरबाट आएको बललाई भुषालले सेकेण्ड बारमा हेड गर्दै गोल गरे… पुरा पढौ

कास्की क्रिकेट लिगः अरण्यज्योति र कास्की विजयी

पोखरा-माछापुच्छ«े क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै कास्की क्रिकेट क्लब कास्की टी–२० क्रिकेट लिगमा अपराजित यात्रा कायमै राखेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा माछापुच्छ«े क्रिकेट क्लबले दिएको ८४ रनको लक्ष्यलाई कास्कीले तीन विकेटको क्षतिमा पुरा गर्दै आफनो जितलाई निरन्तरता दियो । टस जितेर व्याटिङ गरेको माछापुच्छ«ेले अभिषेक थापाको ३० रनको योगदानमा ८४ रनको योगफल तयार पार्यो । अन्य व्याटरले भने दोहोरो अंकको रनफल तयार पार्न सकेनन् । अनुप पौडेल, विश्वास पराजुली र रोहित… पुरा पढौ

हिमालयन बोर्डिङलाई वडा अध्यक्ष कप फुटवलको उपाधि

पोखरा-पोखराको हिमालयन बोर्डिङ स्कुलले शनिबार पोखरामा सम्पन्न भएको चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को उपाधि जितेको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा हिमालयनले एल.पी. देवकोटा मेमोरियल स्कुललाई २—० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । हिमालयनको जितमा रितेस आले र म्यान अफ दी म्याच घोषित संगम गुरुङले एक÷एक गोलको योगदान गरे । तेश्रो स्थानको लागि शनिबार भएको… पुरा पढौ

कास्की क्रिकेट लिगः पोखरा र सांग्रिला विजयी

पोखरा-पोखरा क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई १११ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा सुवास भण्डारीको अविजित ७३ बनाएपछि ५ विकेटको क्षतिमा १८५ रनको विशाल योगफल तयार पार्यो । उत्कृष्ट व्याटिङलाई दोहोर्याएका सुवासले चौथो नम्बरमा आउँदै अविजित खेले । ४३ बल खेल्दै उनले ६ चौका र ३ छक्का प्रहार गरे । ओपनर मुस्कान थापाले ४२ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए ।… पुरा पढौ

मछिन्द्र पेनाल्टी सुटआउटमा पराजित

पोखरा-मछिन्द्र क्लबको चुनौतिलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै थ्रीस्टार क्लब २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा आईतबार भएको प्रतिस्पर्धामा मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मछिन्द्रका विशाल घलान र आदित्य शाक्यको प्रहार गोलमा परिणत नभएपछि गोल्डकपको यात्रा टुंगिएको थियो । दिवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरेका थिए… पुरा पढौ