खेल संस्था

हिसान फुटसलमा कास्की मोडनाइज, गुरुकुल फाइनलमा

पोखरा-उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । मंगलबार भएको विद्यालय तर्फको खेलमा बिजयी कास्की मोडनाइज, गुरुकुल विद्यासदन फाइनल प्रबेश गरेका छन् । त्यसै गरी कलेज तर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइन प्रबेश गरेका छन् । स्कुल तर्फ कास्की मोडनाइज एकेडेमीले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराउदै फाइन प्रबेश गरेको छ । अर्को खेलमा गुरुकुल विद्यासदनले अरनिको इङलिस बोडिङ स्कुल तनहुँलाई ८–४… पुरा पढौ

कास्कीको टिम छनोटको लागि बन्द प्रशिक्षण

पोखरा- फागुन दोस्रोसातादेखि प्रदेशस्तरीय प्रधानमन्त्री कप एकदिवसीय पुरुष प्रादेशिक क्रिकेट प्रतियोगिताको तयारीको लागि कास्की जिल्ला क्रिकेट संघले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाएको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबार देखि बन्द प्रशिक्षण हुने छ । बन्द प्रशिक्षणबाट कास्की जिल्लाको टोली छनोट गरिने समेत कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । कास्की जिल्ला क्रिकेट संघले दुई दिन अघि मात्रै क्लबस्तरीय टी–२० क्रिकेट लिग आयोजना गर्यो । लिगमा सांग्रिला क्रिकेट क्लब च्याम्पियन बन्यो । यद्यपी संघले ८ वटा क्लबबाट छनोटमा… पुरा पढौ

उदघाटन खेल संगम विरुद्ध हेमजा युनाईटेड

पोखरा-भोलि बुधबारदेखि पोखरा रंगशालामा फेरी क्लबस्तरीय फुटबल प्रतियोगिता शुरु हदैं छ । कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु बीचको फुटबल प्रतियोगिता शुरु हुदैं छ । आयोजना भने संगम क्लबले गर्ने छ । संगम कप फुटबल प्रतियोगिताको ९ औं संस्करणको प्रतियोगिताको उदघाटन खेल आयोजक संगम क्लबले हेमजा युनाईटेडसँग प्रतिस्पर्धा गर्ने छ । पूर्व राष्ट्रिय खेलाडी विल तामाङको स्मृतिमा संगम कप आयोजना गर्दै आएको छ । क्लबले कास्की जिल्ला फुटबल संघमा आवद्ध १२ क्लब बीच प्रतिस्पर्धा हुने छ । संघमा आवद्ध १२… पुरा पढौ

सांग्रिला टी-२० क्रिकेट लिग च्याम्पियन

पोखरा-सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ ।राउण्ड रोविन लिगको शीर्ष दुईमा रहेका टोलीको फाईनल प्रतिस्पर्धा हुने क्रममा सोमबार सांग्रिलाले कास्की क्रिकेट क्लबललाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको फाईनल खेलमा नियमित कप्तान विपिन खत्रीको अलराउण्ड प्रर्दशनमा सांग्रिलाले उपाधि आफनो नाममा लेखायो । लिग चरणमा अपराजित रहेको कास्कीलाई सांग्रिलाले फाईनल खेलमा रोक्दै च्याम्पियन ट्रफी उचाल्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस हारेर व्याटिङ गरेको कास्कीले शून्य… पुरा पढौ

कास्की क्रिकेट लिगः राईजिङ र कास्कीको जित

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिग प्रतियोगितामा राईजिङ क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ४१ रनले पराजित गर्दा कास्की क्रिकेट क्लबले भने अपराजित यात्रा कायम राख्दै आईतबार लेखनाथ युथ क्रिकेट क्लबलाई १८८ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा राईजिङले टस हार्दै नविन पोखरेलको अर्धशतकीय पारीमा ४ विकेटको क्षतिमा १३० रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो । पोखरेलले ५४ बल खेल्दै ५६ रन बनाए । उनले ८ चौका प्रहार गरे । अनिष राउतले… पुरा पढौ

उज्वेकिस्तानका सातारोभ उत्कृष्ट खेलाडी

पोखरा-२४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि उचालेको उज्वेकिस्तानी टोली ब्ल्याक बुल्सले व्यक्तिगत विधामा पनि उत्कृष्ट रह्यो । बुल्सका साभकातजोन सातारोभले सर्वोत्कृष्ट खेलाडी घोषित हुद्यं टेल्जी स्कुटर प्राप्त गरे । उनी सर्वाधिक गोलकर्ताका पुरस्कार समेत प्राप्त गरे । त्यस्तै जसुरबेक राजाबोभले बेष्ट गोलकिपरको पुरस्कार पाए । बुल्सकै अलुजोन एलिजोनोभले बेष्ट डिफेन्डरको पुरस्कार थापे । त्यस्तै अजिजवेक खुर्सनबोईभले बेष्ट फरवार्ड पुरस्कार प्राप्त गरेका छन् । बेष्ट मिडफिल्डरको पुरस्कार भने नेपाल पुलिस क्लबका राम वाजेले पाए । अनुशासित टोलीबाट सिक्किमको थण्डरबोल्ट्स नर्थ… पुरा पढौ

दोस्रो पटक विदेशियो गोल्डकपको उपाधि

पोखरा-पहिलो पटक सहभागिता । पहिलो सहभागितामै उपाधि । २० वर्षपछि सहाराको उपाधि दोस्रो पटक विदेशियो । पहिलो पटक अफ्रिकन युनाईटेडले विदेश लैजादाँ दोस्रो पटक भने उज्वेकिस्तान पुग्यो । शनिबार फाईनल खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले नेपाल पुलिस क्लबलाई ३-१ गोलमा पराजित गर्दै उपाधि उचाल्यो । अफ्रिकन युनाईटेडले चौथो संस्करणको उपाधि जितेको थियो । २४ औं आहा रारा गोल्डकपको संस्करणमा १२ औं क्लबको रुपमा भित्रिएको ब्ल्याक बुल्सले उपाधि उचाल्दै विदेशी भूमीमा पहिलो उपाधि लिएर फर्कियो । नेपाल पुलिस क्लब… पुरा पढौ

कास्की क्रिकेट लिगः लेकसाईडमाथि कास्कीको फराकिलो जित

पोखरा-माछापुच्छ्रे क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ । कास्की क्रिकेट लिग अन्तर्गत शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेको अरण्यज्योतिले प्रदीप पौडेलको ४४ रनको योगदानमा १२७ रन बनायो । ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आशिष पौडेलले २६ रन बनाउन १८ बल खेले । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै प्रवीण पौडेलले भने २१ रनको योगदान दिए । अभिषेक थापा र प्रमोद बास्तोलाले समान दुई दुई विकेट… पुरा पढौ

उपाधि भिडन्त स्वदेशी र विदेशी क्लब

पोखरा-नेपाल पुलिस क्लबले ११ औं पटक फाईनल खेल्दा उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो पटक पोखराको मैदान फाईनल खेल्दै छ । शनिबार यी दुई बीच २४ औं संस्करणको आहा रारा गोल्डकप फाईनल हुदैं उपाधि छिनोफानो हुदैं छ । पुलिस पोखराको मैदानमा निकै भाग्यमानी छ । खेलले पनि भाग्यले साथ दिदैं आएको पुलिस शनिबार उपाधि जित्दै इतिहास रच्ने दाउ छ । उज्वेकिस्तानी टोलीले पनि विदेशी भूमिमा पहिलो पटक उपाधि उचालेर फर्किने लक्ष्यमा छ । दुवैको योजना र लक्ष्य भने शनिबारको फाईनल खेलले देखाउने… पुरा पढौ

क्रिकेट लिगः पोखरा र सांग्रिलाको सहज जित

पोखरा-पोखरा क्रिकेट क्लबले लेकसाईड क्रिकेट क्लबलाई १३० रनले पराजित गर्दा सांग्रिला क्रिकेट क्लबले राईजिङ पोखरा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर व्याटिङ पाएको राईजिङले कृष्ण पौडेलको व्याटिङ प्रेरित राईजिङले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनको लक्ष्य प्रस्तुत गर्यो । पौडेलले ५५ बलमा ८० रनको विर्सनलायक प्रदर्शन गरे । ९ चौका र ४ छक्का रह्यो । त्यस्तै विक्रम विमल खत्रीले १८ रन मात्रै बनाए । अन्य व्याटर भने खुलेर खेल्न सकेनन् । लक्ष्मण परियारले सर्वाधिक ४… पुरा पढौ