खेल संस्था

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा- मंसिरको अन्तिम साता पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुदैं छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ । पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एकसय भन्दा बढी एमेच्योर गल्फरको सहभागिता हुने कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए… पुरा पढौ

कास्की विजयी

पोखरा-कास्की ११ लेखनाथमा आयोजित २५ औं आदर्श कपको सेमिर्फानल प्रवेश गरेको छ । सोमबार भण्डारढीक खेल मैदानमा भएको प्रतिस्पर्धामा कास्कीले स्याङजको होईजन क्लबलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । आर्दश युवा क्लब भण्डारढीकको आयेजनामा सञ्चालित प्रतियोगितामा अन्तिम क्र्वाटरफाईनल खेल नेपाल प्रहरी र एन्फा गोरखाका बीच हुने छ । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए ।खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड… पुरा पढौ

तनहुँलाई पराजित गर्दै आयोजक सेमिफाईनल प्रवेश

लेखनाथ-आदर्श क्लबले तनहुँ फुटबल संघलाई १—० गोलले पराजित गर्दै २५ औं आदर्श कपको सेमिफाईनल प्रवेश गरेको छ । घरेलु मैदानमा सुखद शुरुवात गराउँदै अन्तिम चारमा स्थान पक्का गर्न सजिन मगरको गोल निर्णायक रह्यो । उनले खेलको ४१ औं मिनेटमा पेनाल्टी बक्स नजिकैबाट हानेको बलले पोष्टभित्र जाली चुमेपछि आदर्श क्लब जितको खुशीसँगै अन्तिम चारमा प्रवेश गर्यो । खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै अग्रता लिएको आदर्श युवा क्लवले खेलको… पुरा पढौ

दशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई

नेपालगन्ज-दशौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै उपाधी हात पारेका हुन् । म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए । उपाधी जितेका खड्का गत संस्करणका उपविजेता र आठौं संस्करणका विजेता हुन् । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरे भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा पूरा गरे । विजेताले… पुरा पढौ

ह्याट्रिकका साथ प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधी

ललितपुर-ललितपुरमा जारी तेश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जित हात पार्दै ललितपुर नगरपालिकाद्वारा प्रायोजित तथा ललितपुर जिल्लाद्वारा आयोजित मेयरकपमा ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । आज शनिबार भएको पुरुष एकल तर्फको खेलमा दाहालले नेपाली सेनाका प्रफुल महर्जन माथी २१–८, २१–९ को जित निकाल्दै उपाधी रक्षाका साथ ह्याट्रिक गर्न सफल भएका हुन् । एपिएफका देवराज राना र क्षितिज खनाल तेश्रो स्थानमा खुम्चिन बाध्य भए । महिला एकल तर्फ… पुरा पढौ

आयोजक र तनहुँबीच उदघाटन खेल

पोखरा-आयोजक आदर्श युवा क्लबले तनहुँसँग आगामी २२ गते शनिबार भण्डारढीक खेल मैदानमा २५ औंआर्दश कप फुटबल प्रतियोगितामा उदघाटन खेल्दै शुरु गर्ने छ । झण्डै ६ वर्षपछि आदर्श क्लबले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दै फुटबलको शाखलाई जोगाउने प्रयास गरेको हो । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै आवश्यक सम्पूर्णत तयारी पुरा भएको जनाएको छ । क्लबले प्रतियोगिताको लागि आफनो जर्सी समेत सार्वजनिक गरेको छ। दोस्रो दिन विभागीय डर्बी प्रतिस्पर्धा हुने छ । नेपाल आर्मीको सिद्धीदल गणले सशस्त्र प्रहरी बलको गण्डकी मुख्यालयसँग… पुरा पढौ

पोखरा आइटिएफ जे३० प्रतियोगिता सुरू

पोखरा- कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा विश्व नं १ बरियता जापानका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतीय खेलाडी शौनक चटर्जीलाई ६–४, ३–६ र ६–३ ले जित दर्ता गरे । त्यस्तै आजबाट सुरू… पुरा पढौ

सोमबारदेखि आईटिएफ वर्ल्ड टेनिस टुर जे ३०

पोखरा-पोखरा रंगशालाभित्र ६ वटा क्ले कोर्ट छन् । त्यही छ वटा क्ले कोर्टमा वर्षेनी आईटीएफ वल्र्ड टेनिस टुर हुदैं आएको छ । सोमबारदेखि पोखरामा जे—३० को पोखरा सर्किट १ र २ हुदैं । वर्षेनी आयोजना हुने यो प्रतियोगितामा सहभागि टेनिस खेलाडीको संख्या घट्दै गएको छ । कुनैबेला २५ देशका दुईसय भन्दा बढी खेलाडी पोखराको टेनिस कोर्टमा ¥याङकिङको लागि प्रतिस्पर्धा गरेका थिए । ६ वर्षयता सोमबारदेखि शुरु हुने प्रतिस्पर्धामा केवल ७ देशका १०५ जना महिला तथा पुरुष टेनिस खेलाडीको सहभागिता रहने… पुरा पढौ

मन्थ्ली मेडल थापालाई

पोखरा- हिमालयन गल्फ क्लबले मासिक रुपमा आयोजना गर्ने मन्थ्ली मेडल गल्फ प्रतिस्पर्धामा नोभेम्बरको गल्फ मेडल गल्फर बलराम थापाले जितेका छन् । स्ट्रोक प्ले खेलाईएको खेलमा थापाले ७० स्कोरसहित उपाधि जिते । त्यसैगरी मेजर लक्ष्मीप्रसाद गुरुङ एक स्ट्रोकले पछि पर्दै उपविजेतामा चित्त बुझाए । मन्थ्ली मेडलमा २३ जना गल्फरको सहभागिता रहेको थियो । कास्की जिल्ला गल्फ संघका पूर्व सचिव ई.गोविन्द गौचनले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा गत महिनाका विजेता जीवाराम गुरुङलाई समेत पुरस्कार प्रदान गरिएको थियो । पुरा पढौ

६ बर्ष पछि फुटवलको लयमा फर्कदै आदर्श युवा क्लव

पोखरा-कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्ष पछि लयमा फर्किएको छ । मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्किने प्रयास गरेको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्श कप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ । प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदै छन्… पुरा पढौ