विद्यालय

शिक्षक भलिबलको उपाधि रूपाज्योतिलाई

पोखरा - कास्कीको रूपाज्योति माध्यमिक विद्यालयद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबलप्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ । रूपागाउँपालिका–६, तालबेंसीमा सञ्चालित विद्यालयले आफ्नो ४१ औँवार्षिकोत्सवको सन्दर्भ पारेर आयोजना गरेको प्रतियोगितामा चन्द्रप्रभा मावि, भिरचोकलाई २–१ सेटमा पराजित गर्दै रूपाज्योतिले उपाधि जितेको हो । अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा विश्वशान्ति मावि, देउरालीले आयोजक रूपाज्योतिलाई २–१ कोसेटमा पराजित गरेको थियो । दुवै प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । शिक्षक र छात्र दुवै प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र… पुरा पढौ

भलिबल, बास्केटलबल र व्याण्डमिन्टनमा फोकस, एथलेटिक्स शून्य

पोखरा-खेलकुदको जग मानिएको विद्यालयस्तरीय प्रतियोगिता निकै कम हुन्छन् । सामूदायिक विद्यालयको समेत सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड । संस्थागत विद्यालयको छाता संगठनले आयोजना गर्ने प्याब्सन र एन प्याब्सन स्पोर्टस मिट । वर्षमा यी बाहेक अन्य विद्यालयस्तरीय प्रतिस्पर्धा हुदैन् । प्याब्सनले दुई–दुई वर्षमा स्पोर्टस मिट आयोजना गर्छ । एनप्याब्सनले वर्षेनी स्पोर्टस मिटलाई क्यालेण्डरमा राखेको छ । संस्थागत विद्यालयले भलिबल, बास्केटल, टेबलटेनिस र व्याडमिन्टनलाई बढी प्राथमिकता दिने गरेका छन् । विद्यालयमा ती बाहेक अन्य खेलका पूर्वाधार खासै हुदैनन् । पूर्वाधार मात्रै होईन… पुरा पढौ

महानगर खुल्ला दौडमा सेनाकै बर्चस्व

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको पहिलो खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष खुल्ला १० किलोमिटर सडक दौडमा विभागीय खेलाडीको बर्चस्व रह्यो । पोखरा रंगशालाबाट बिहीबार विहान शुरु भएको दौडमा महिला तर्फ नेपाली सेनाका धाविका सेमकली जैसीले ५१ मिनेट ३८ सकेण्डमा पुरा गर्दै उपाधि जितिन् । त्यसैगरी गोमा पुनमगर(नेपाली सेना)ले ५३ मिनेट ११ सेकेण्ड र नेपाली सेनाकै धाविका मनसरा कुमालले ५५ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाईन् । दौडको तयारीमा जुट्दै विभिन्न विद्यालयका धावकहरु । पुरुष… पुरा पढौ

महानगर खेलकुदको सडक दौड आयोजनाको तयारी

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिले पहिलो खेलकुद प्रतियोगिताको रुपमा सडक दौड आयोजना गर्ने तयारी गरेको छ । नेपालीहरुको महान चाड बडादशैंको नजिकिदै गर्दा महानगर खेलकुद विकास समितिले शुभकामना दौड आयोजना गर्ने तयारी गरेको हो । दौड यही असोज २१ गते हुने छ । दौडको लागि आवश्यक रुट बनाउने अन्तिम तयारी छ । समितिले छात्र तथा छात्र ५ किलोमिटर दौड आयोजना गर्ने छ । त्यसैगरी १० किलोमिटर महिला तथा पुरुष खुल्ला दौड समेत समावेश गरिएको छ । महानगर खेलकुद बिकास समितिको… पुरा पढौ

‘महानगर वर्ष खेलाडी’ सम्मान गरिने

पोखरा-पोखरा महानगरपालिकाले आगामी वर्षदेखि उत्कृष्ट खेलाडीलाई ‘महानगर वर्ष खेलाडी’बाट सम्मान गर्ने छ । पोखरा महानगरपालिकाको नवौं नगरसभालाई सम्बोधन गर्दै महानगरपाकिलाका मेयर मानबहादुर जिसीले महानग वर्ष खेलाडी सम्मान गर्ने घोषणा गरेका हुन् । बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जिसीले खेलकुद र खेलाडीको प्रवद्र्धन र प्रोत्साहित गर्न वर्ष खेलाडी सम्मान गर्ने उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशको काँधमा छ । गण्डकी प्रदेशको राजधानी पोखरामा ३५ मध्ये अधिकांश खेल आयोजना गरिने छ । विभिन्न ११ जिल्लामा… पुरा पढौ

निजि क्षेत्रकाे लगानीमा धमाधम हिटिङ पौडी पोखरी निर्माण हुँदै

काठमाडाैं, चैत १९ । सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुलले हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याउने भएको छ । स्वस्तिश्रीका अध्यक्ष रामकृष्ण चित्रकारले अन्तर्राष्ट्रिय स्तरको हिटिङ पौडी पोखरीको शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले औपचारिक उद्घाटन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, स्केटिङ, कराते, जिम हलका संरचना पनि रहेको स्वस्तिश्रीका प्राचार्य डा. हिमलाल घिमिरेले जानकारी दिए ।अध्यक्ष चित्रकारले विद्यालयमा रहेका खेलकुदका संरचनालाई सरोकारवालालाई आवश्यक परेको खण्डमा सहकार्य गर्न तयार रहेको… पुरा पढौ

पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेट लिग चैत दोस्रो साता

पोखरा-पोखरा विश्वविद्यालय क्रिकेट क्लबले यही चैत ९ गतेदेखि फ्रेन्चाईज लिग टी–२०क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । फ्रेन्चाईज लिगका आठ टोलीले खेलाडीहरुको अक्सन मार्फत खरीद गरेर टोली बनाईसकिएको छ । ९ गतेदेखि हुने पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेटको चौथो संस्करणमा आठ टोली सहभागिता जनाउने छन् । गोर्खाली ब्लाष्टर्स, पोखरा विश्वविद्यालय रिनोस, स्टील्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाईगर्स, पोखरा विश्वद्यिालय रेड वारियर्स, अन्नपूर्ण किंग्स ११ र गण्डकी स्ट्राइकर्सको सहभागिता रहेको छ । सबै टिमले खेलाडी खरीद गरिसकेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ

तेस्रो सिर्जना कप विद्यालयस्तरीय भलिबल चैत ११ गतेदेखि

पोखरा-कास्की जिल्ला भलिबल संघको आयोजना तथा सिर्जना विकास केन्द्रको मुख्य प्रायोजनामा यही चैत ११ गतेदेखि तेस्रो सिर्जना कप कास्की जिल्ला सामुदायिक विद्यालयस्तरीय छात्रा तथा छात्र भलिबल प्रतियोगिता हुदैं छ । सामुदायिक विद्यालयमा १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरु सहभागि हुन पाउने छन् । प्रतियोगितामा ५० विद्यालयको सहभागिता रहने अपेक्षा कास्की जिल्ला भलिबल संघले जनाएको छ । विद्यालयस्तरबाटै भलिबल खेलको विकास र विस्तारसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य प्रतियोगिताको छ । प्रतियोगिताको उपाधि विजेता छात्रा तथा छात्र टोलले नगद ७०–७० हजार… पुरा पढौ

राष्ट्रपति रनिङशिल्ड आयोजना गर्न निर्देशनात्मक परिपत्र

पोखरा-युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन खेलाडी पठाउन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकायलाई पत्रचार गरेको छ । मन्त्रालयले काठमाडौंमा आगामी बैशाख २९ देखि ३१ गतेसम्म राष्ट्रपति रनिङशिल्ड आयोजना गरिने मिति तय गरिसकेको अवस्थामा स्थानीय तहमा आयोजना हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता टुग्याएर प्रदेशस्तरीय प्रतियोगितामा खेलाडी पठाउन परिपत्र गरेको हो । खेलकुद मन्त्रालयले संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि सबै स्थानीय निकायलाई पत्रचार गर्न निर्देशानुसार अनुरोध गरिसकेको… पुरा पढौ

एनटीएलाई ४ स्वर्ण र ३ रजत

काठमाडौं,-नेप्लिज तेक्वान्दो एकेडेमी एनटीए का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् । भिजन तामाङले पुरुष १२ वर्षमा स्वर्ण जिते । उनले ६।७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसंगै समान ६।७६ अंक जोडेपनि महेश आङथुप्पाले दोश्रो स्थानमा चित्त बुझाए । प्रेजेन्टेसनका आधारमा महेश पछि परेका हुन् । प्रेजेन्टेसनमा भिजनले ३।८३ तथा महेशले ३।८० अंक जोडे । युएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष… पुरा पढौ