संघ

१७ वर्षपछि पोखरामा ‘पोखरा बक्सिङ च्याम्पियनसिप’

पोखरा-पोखरा रंगशाला बक्सिङ रिङमा १७ वर्षपछि राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता हुदैै छ । पोखरामा पहिलो पटक भर्सेस फाईटयुक्त राष्ट्रियस्तरको पोखरा बक्सिङ च्याम्पियनसिप आयोजना हुदैं छ । यही जेठ १८ गते पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा एक दिने प्रतियोगिता आयोजना गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता नवौं राष्ट्रिय प्रतियोगिता बाहेक संघले १७ वर्षपछि आयोजना गरेको हो । प्रतियोगितामा ३० जना महिला तथा पुरुष बक्सरले आफनो… पुरा पढौ

भ्याली र एलजी लिगको फाईनलमा

पोखरा-भ्याली स्पोर्टस क्लब र एलजी एशोसियसन बलराम केसी स्मृति कास्की जिल्ला लिग फुटबल प्रतियोगिताको फाईलन प्रवेश गरेका छन् । शुक्रबार भएको प्रतिस्पर्धामा भ्याली स्पोर्टस क्लबले हेमजा युनाईटेडलाई १–० गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको लिगमा भ्यालीका लागि अभिषेक थापाले २६ औं मिनेटमा गरेको निर्णायक गोलमा फाईनल प्रवेश गरेको हो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा एलजी एशोसियसनले नवआर्दश सामुदायिक विकास समाजलाई २–१ गोलले पराजित गर्दै फाईनल सुरक्षित गर्यो । दोस्रो हाफमा उत्कृष्ट कमब्याक… पुरा पढौ

नवआदर्श र एलजी एशोसियसन अन्तिम चारमा

पोखरा-ड्यामसाईड क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लामाचौरे क्लब नवआदर्श सामुदायिक विकास समाज पोखरामा आयोजित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित समयमा गोलरहित टुंगिएपछि नजिता पेनाल्टी सुटआउटमा तय गरिएको थियो । पेनाल्टीमा नवआदर्शले ड्यामसाईडलाई ५–३ गोल अन्तरले पन्छाउँदै लिगको अन्तिम चारमा प्रवेश गरेको हो । नवआदर्शका लागि आशिष छन्त्याल, सन्नी गुरुङ, रोशन छन्त्याल, आगमन खड्का, किशोर गुरुङले पेनाल्टीमा गोल गर्दै जित दिलाए । उता ड्यामसाईडका लागि… पुरा पढौ

डेभिजफल माथि नवआदर्शको सानदार जित

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको बिहीबार दोस्रो दिन नवआर्दश क्लबले जित गर्दा विष्णुपादुका र ढिकुरपोखरी, भ्याली स्पोर्टस र माछापुच्छ्रे त्रिशक्ति युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा विष्णपादुकाले ढिुकरपोखरीसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कुन्जन पौडेलको गोलबाट अग्रता लिएको ढिकुरपोखरीले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउँदै अंक बाँड्यो । विष्णुपादुकाको लागि विधान भुजेलले २९ औं मिनेटमा गोल गर्दै हारबाट जोगाएका थिए । यसैगरी… पुरा पढौ

भोलिदेखि पोखरामा सिडियो कप व्याडमिन्टन प्रतियोगिता

पोखरा-कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भोलि शुक्रबारदेखि सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र महिला तथा पुरुष खुल्ला भेट्रान्स लगायत विधामा प्रतिस्पर्धा हुने छ । राजपत्रांकित निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी सरकारी संस्थानका नवौं तह वा सो भन्दा माथिका कर्मचारी पुरुष सहभागी हुन पाउने पत्रकार सम्मेलनमा जानकारी दिईयो । कर्मचारीतर्फको प्रतिस्पर्धामा प्रथम पुरस्कार ५०, दोस्रो ३० र तेस्रो २० हजार रुपैयाँ राखिएको छ ।जनप्रतिनिधि खुल्ला पुरुष डबल्स्तर्फमा ५०, ३० र २० हजार… पुरा पढौ

क्योकुशिन कान कराँतको पेटी परीक्षा

पोखरा- नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत पेटी परीक्षा गरिएको छ । पोखरा रगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको कार्यक्रममा संघका अध्यक्ष एवं ब्रान्च चिफ लक्ष्मण कुँवरको संयोजकत्वमा गरिएको थियो । पोखरा महानगर खेलकुद विaकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको समेत उपस्थिति रहेको थियो । प्रमुख आतिथ्यता भने पूर्व राष्ट्रिय खेलाडी रामकृष्ण भण्डारीले गरेका थिए । पेटी परीक्षा कार्यक्रममा पोखराका विभिन्न डोजो तथा स्याङजाको डोजोसहित झण्डै दुईसय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । खेलाडीहरुलाई प्रदेश प्रशिक्षक सुवास खड्का,… पुरा पढौ

ड्यामसाईड, हेमजा र सहाराको जित

पोखरा-सहारा क्लबको जितसँगै कास्की जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिगकम नकाउट फुटबल प्रतियोगितामा सहारा क्लबले शितलज्योति क्लबलाई ३-१ गोलले पराजित गर्दै लिगको सुखद शुरुवात गर्यो । पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा भागवत चौधरीले खेलको चौथो मिनेटमा गोल गर्दै सहारालाई अग्रता दिलाए । शितलज्योतिका सविन बस्नेतले १२ औं मिनेटमा गोल फर्काउँदै बराबरी गरे । तर सहाराले खेलमा आफनो पकड जमाउने क्रममा विक्रम गौतमले १५ र मुकुन्द… पुरा पढौ

आजदेखि बलराम केसी स्मृति लिगकम नकाउट फुटबल

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा आजदेखि बलराम केसी स्मृति क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरु हुदैं छ । पोखरा रंगशाला फुटबल मैदानमा आजदेखि लिगकम नकाउट फुटबल शुर हुने संघले जनाएको छ । बुधबार तीन खेल हुने प्रतियोगिताका संयोजक नरेन्द्रजंग गुरुङले जनाए । उनका अनुसार विहानको खेल ड्यामसाईड युथ क्लबले भदौरे युवा क्लबसँग प्रतिस्पर्धा गर्ने छन् । दिउँसो उदघाटन खेल हुने छ । उदघाटन खेल हेमजा युनाईटेड र फुलबारी क्लब बीच हुने छ । उदघाटन समाजसेवी टिका कार्कीले गर्ने सघले जनाएको… पुरा पढौ

बुधबारदेखि कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल

पोखरा-पोखरामा दुईवर्षपछि क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिताको अन्तिम तयारी छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने बलराम केसी स्मृति लिगकम नकाउट क्लबस्तरीय फुटबल प्रतियोगिताको अन्तिम तयारीमा रहेको संघले जनाएको छ । संघमा २३ वटा क्लब आवद्ध छन् । आवद्ध क्लबहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । सोमबार प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार हेमजा युनाईटेड र फुलबारी क्लब बीच उदघाटन खेल हुने छ । यद्यपी बैशाख १९ गते पहिलो खेल भने ड्यामसाईड युथ क्लबले… पुरा पढौ

त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी भएका छन् । पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पुरा २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको… पुरा पढौ