संघ

क्रिकेट मैदानमा दुईवटा पीच निर्माण शुरु

पोखरा-पोखरा रंगशाला क्रिकेट मैदानमा दुई नयाँ पीच निर्माण शुरु गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले भईरहेको पीचको पूर्व र पश्चिम तर्फ एक एक पीच थप्ने गरी काम शुरु गरेको छ । नयाँ दुई पीच तयार भएपछि छ वटा हुने छ । अहिले चार वटा पीच छन् । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलका अनुसार पोखरामा फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएलं शुरु हुनुभन्दा अघि दुईवटा पीच थिए । चार वटा पीचको बेस(आधार) भएपनि संघले दुईवटा मात्रै निर्माण गरेको… पुरा पढौ

पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा अनमोल च्याम्पियन

पोखरा-पोखरामा आयोजित छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम च्याम्पियन बने । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोसैो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए । ५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन… पुरा पढौ

राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा विभागीय टोली हावी

पोखरा-पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् ।पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए । यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गर्यो । पुलिसका लाग… पुरा पढौ

गिरिजाप्रसाद कोईराला स्मृति हक्की भोलिदेखि पोखरामा

पोखरा-पोखरामा पछिल्लो समय हक्कीको गतिविधि बढेको छ । नियमित प्रशिक्षण हुदैं आएको छ । प्रतियोगिता पनि निरन्तर छ । प्रदेश खेलकुद परिषद गण्डकीकै आयोजनामा दुई दिन अघि मात्रै गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिता सम्पन्न भईसकेको छ । पोखरामा यही असारको १० गतेदेखि राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुदैं छ । शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको स्मृती राष्ट्रिय पुरुष हक्कि प्रतियोगीताको पाचौ संस्करणको आवश्यक तयारी पुरा भएको छ । प्रतियोगिता असार १० गते देखी १२ गतेसम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा संचालन हुने छ… पुरा पढौ

फुटबल संघद्वारा अभिभावकहरुलाई पोषण सम्बन्धी एकदिने कार्यशाला

पोखरा-कास्की जिल्ला फुटबल संघले उमेर समूहको फुटबल एकेडेमी शुरु गरेको वर्षदिनको समय वित्यो । एकेडेमीमा उमेर समूहको बालकहरुको उपस्थिति बाक्लिदैं गएको छ । एकेडेमीमा यु ८ देखि यु १८सम्मका झण्डै डेढसय खेलाडीहरुले नियमित प्रशिक्षण लिदैं आएका छन् । उनीहरुलाई पोखरा रगशाला बैकल्पिक फुटबल मैदानमा प्रशिक्षण संघले गराउँदै आएको छ । फुटबलको ग्रास रुट बलियो बनाउने अभियानलाई मूर्त दिन कास्की जिल्ला फुटबल संघले दैनिक प्रशिक्षण गराउँदै आएको छ । संघमा आवद्ध क्लबहरुले समेत प्रशिक्षण गराउँदै आएका छन् । प्रशिक्षण गराउने क्लबलाई… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट हुँदै

पोखरा- जेठको अन्तिम साता पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने छ । प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ । दशौं… पुरा पढौ

गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा आयोजित राष्ट्रिय बक्सिङ प्रतियोगितामा पुरुष तर्फ फ्लाई वेट(५१ केजी)मा बागमती प्रदेशका लालप्रसा उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णाली प्रदेशका लक्ष्मण राईलाई पराजित गरेका त्यसैगरी फेदरवेट(५७ केजी) समूहको प्रतिस्पर्धामा लुम्बिनी प्रदेशका अनिल पुन मगरले गण्डकी प्रदेशका चन्द्र मगरलाई पराजित गर्दै च्याम्पियन बने । त्यस्तै लाईटवेट(६० केजी) समूहमा गण्डकीका शिव सिलवालले सुदुर पश्चिममा रामबहादुर थापालाई पराजित गर्दै च्याम्पियन बने । लाईट वेल्टर(६३.५ केजी) तौल समूहमा भने गण्डकीका निश्चिल गुरुङले… पुरा पढौ

पोखरा बक्सिङ च्याम्पियनसिप भोलि, सम्पूर्ण तयारी पुरा

पोखरा-पोखरामा शुक्रबार सञ्चालन हुन लागेको ‘पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ को सम्पूर्ण तयारी पुरा भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो । पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार पूर्वान्ह ११ बजेदेखि सञ्चालन गरिने प्रतियोगितामा ३० जना महिला तथा पुरुष बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । जसमा १२ जना महिला तथा १८ पुरुष गरि ३० जनाको सहभागिता रहने कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार… पुरा पढौ

आर्मी च्याम्पियन, गण्डकी उपविजेता

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिकोे आयोजना तथा कास्की जिल्ला फेन्सिङ स)घको व्यवस्थापनमा पोखरामा आयोजना भएको दोस्रो राष्ट्रिय जुनियर तथा खुल्ला महिला तथा पुरुष ईपी फेन्सिङ च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आर्मीले ३ स्वर्ण र दुई कास्य पदक जित्द च्याम्पियन बन्यो । त्यसैगरी गण्डकी प्रदेश दुई स्वर्ण, पाँच रजत र तीन कास्यसहित दोस्रो स्थानमा रह्यो । बागमती प्रदेश भने तेस्रो स्थानमा आयो । बागमती प्रदेशले दुई स्वर्ण, दुई रजत र चार कास्य पदक जित्यो । विभागीय… पुरा पढौ

सातौ मेयरकप उपाधी पविन र निश्चलको जोडीलाई

भोजपुर- नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडी भोजपुरमा सम्पन्न सातौ मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् । च्याम्पियनको जिल्ला भनेर चिनिने भोजपुरमा भएको पुरुष युगल फाईनल खेलमा पविन र निश्चलको जोडीले नेपाली सेनाका नरेन्द्र बम र हिमाल चन्दको जोडीलाई २१–१८, २०–२२, २१–११ ले परातिज गर्दै उपाधी हात पारेका हुन् । बिजयी खेलाडीहरुले नगद ५० हजार र उपबिजयी खेलाडीहरुले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै तेश्रो स्थान… पुरा पढौ