संघ

पूर्वाधार विना चाहेर पनि अन्तर्राष्ट्रिय खेल खेलाउन सकिदैन

पोखरा-गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले विभिन्न उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेका प्रदेशका चार महिला र तीन पुरुष खेलाडीलाइृ नगदसहित सम्मान गरेको छ । संघको आईतबार आयोजित चौथो वार्षिक साधारण सभामा महिला खेलाडीहरु कुसुम गोदार, सिमना केसी, ज्योस्त्निका मरासिनी र रचना चौधरी एवं पुरुष खेलाडीहरुमा सोहेल कुँवर, सिब्रिन श्रेष्ठ र अपराजित पौडेललाई नगदसहित सम्मान गरियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्मान गरेका हुन् । खेलाडीहरुलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । साधारण सभामा बोल्दै नेपाल क्रिकेट संघका… पुरा पढौ

नेपाल मुआथाई संघको शुभकामना आदानप्रदान

पोखरा-नेपालमा मुआथाई भित्रिएको झण्डै १८ वर्ष बित्यो । खेलको शुरुवात पोखराबाट भयो । जसलाई नेपाल भित्र्याउने श्रेय दिपकबहादुर गोदारलाई जान्छ । उनै गोदारले भित्र्याएको मुआथाई १८ वर्ष बसन्त पार गर्यो । नेपाल मुआथाई संघको रुपमा दरियो । भित्रिएको १८ वर्षपछि पोखरामा पहिलो पटक संघले आउँदो दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राख्यो । संघमा आवद्ध भएका मुआथाई क्लबहरु एकत्रित बने । क्लबहरुले विभिन्न ठाँउमा प्रशिक्षण गराउँदै आएका छन् । उनीहरुलाईै एकत्रित गर्दै पोखरा रंगशालाभित्र मुआथाई संघले… पुरा पढौ

शिशुकल्याण र त्रिभुवन माविलाई उपाधि

पोखरा-कास्की जिल्ला फुटबल संघद्वारा आयोजित एन्फा यू १४ अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि छात्र तर्फ शिशुकल्याण मावि र छात्रा तर्फ त्रिभुवन शान्ति माविले उचालेका छन् । पोखरा रंगशालामा शुक्रबार भएकोफाइनलमा छात्रतर्फ शिशुकल्याणले गण्डकी बोर्डिङलाई ३–० गोेलले पराजित गर्दै उपाधि उचाल्दा छात्रा तर्फ लेखनाथ खुदीस्थित त्रिभुवन शान्ति माविले फूलबारीको सैनिक आवासीय माविलाई सडन डेथमा हराउँदै उपाधि आफनो नाममा लेखायो । पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो । शिशु… पुरा पढौ

आज र भोलि आर्म रेष्लिङ प्रतियोगिता

पोखरा -आज र भोलि दुई दिन पोखरामा आर्म रेष्लिङ(पञ्जा लडाँई) शुरु हुदैं छ । विभिन्न तौल समूहमा आर्म रेष्लरले प्रतिस्पर्धा गर्ने छन् । आर्म रेष्लिङ संघ कास्कीको आयोजनामा नेपालमै सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ भएको दावी समेत गरिएको छ । आजदेखि शुरु हुने प्रतिस्पर्धामा ६० केजी मुनिको तौल समूहमा २२ जनाले प्रतिस्पर्धा गर्ने छन् । ७० केजी मुनिको तौल समूहमा ३२ जना आर्म रेष्लरले प्रतिस्पर्धा गर्ने आर्म रेष्लिङ संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए । त्यसैगरी ८० केजी तौल… पुरा पढौ

छात्रतर्फ सेमिफाइनल समिकरण

पोखरा-पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो । बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति… पुरा पढौ

यु १४ विद्यालयस्तरीय छात्र फुटबलको क्र्वाटरफाईनल समीकरण

पोखरा-पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ क्र्वाटरफाईनल समीकरण पुरा भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा लिग चरण सकिएका हुन् । समूह ए बाट बालकल्याण मावि विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ । बालकल्याणले ३ खेलमा ३ जितसहित कुल ९ अंक जोड्दै समूह विजेता बनेको हो । भद्रकाली ३ खेलमा १ जित २ हारसहित ३ अंकका साथ दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गर्दा समान अंक रहेको… पुरा पढौ

खेल तालिका सार्वजनिक, २४ विद्यालय सहभागि

पोखरा-यही भदौ १२ गतेदेखि हुने विद्यालयस्तरीय यु १४ छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार कास्की जिल्ला फुटबल संघले छात्र तर्फ सहभागि विद्यालयको खेल तालिका सार्वजनिक गरेको हो । छात्रा तर्फको खेल तालिका सार्वजनिक गरिएको छैन् । छात्रहरुको लिगचरणको खेल सकिएपछि छात्राहरुको खेल तालिका सार्वजनिक गरिने कास्की जिल्ला फुटबल संघले जनाएको छ । लिगकम नकाउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल गुरुकुलले शिशुकल्याण माविसँग खेल्ने छ । भदौ १२ गते पोखरा रंगशालाको… पुरा पढौ

पोखरामा सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ प्रतियोगिता

पोखरा-नेपालमै सर्वाधिक राशीको प्रथम पोखरा राष्ट्रिय आर्म रेष्लिङ प्रतियोगिता हुदैं छ । आर्म रेष्लिङ संघ कास्कीको आयोजनामा पहिलो पटक यो प्रतियोगिता यही भदौ २० र २१ गते पोखराको लेकसाईडस्थित आईभीवाई क्लबमा हुने छ । खास गरी नेपालीमा पन्जा लडाई भन्ने गरिन्छ । कुनै बेला पन्जा लडाई भनेर खेलिने यो खेल अहिले व्यवसायिक बन्दै गएको छ । । विदेशमा निकै प्रख्यात छ । युवा पुस्तामा आर्म रेष्लिङ खेल प्रति अभिरुची बढ्दै गएको छ यद्यपी पोखरामा भने पहिलो पटक आयोजनाको अन्तिम तयारीमा… पुरा पढौ

विद्यालयस्तरीय यु १४ छात्रा तथा छात्रा फुटबल प्रतियोगिता

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा आगामी भदौ १२ गतेदेखि अन्तर विद्यालयस्तरीय यु १४ छात्रा तथा छात्र फुटबल प्रतियोगिता हुदैं छ । अखिल नेपाल फुटबल संघको वार्षिक क्यालेण्डर अनुसार कासकी जिल्ला फुटबल संघले भदौ १२ गतेदेखि एन्फा यु १४ छात्रा तथा छात्र विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघले भदौ ५ गतेसम्म टिम दर्ताको लागि विद्यालयलाई आह्वान गरेको छ । संघका अध्यक्ष उज्वल रन्जितका अनुसार प्रतियोगिताको नियमावली तथा अन्य सम्पूर्ण जानकारी केही दिनमै दिईने छ । प्रतियोगितामा… पुरा पढौ

नारायणीसहित एथलेटिक्स टोली वर्ल्ड एथलेटिक्स खेल्न भारत प्रस्थान

पोखरा-पोखराकी धाविका नारायणी भण्डारी भारतको भुवनेश्वरमा आयोजना हुने वर्ल्ड एथलेटिक्स ब्रोन्ज लेभल कन्टिनेन्टल टुरको लागि प्रस्थान गरेकी छन् । उनलाई मंगलबार कास्की जिल्ला एथलेटिक्स संघले विदाई गरेको थियो । उनी आज बुधबार अन्य खेलाडीसहित भुवनेश्वरको लागि प्रस्थान गरेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । उनीसँगै अन्य एथलिटलाई राखेपका सदस्य सचिव टंकलाल घिसिंङले विदाई गरेका हुन् । नारायणी पोखरामा पहिलो पटका कास्की जिल्ला एथलेटिक्स संघले आयोजना गरेको पोखरा एथलेटिक्स मिट राष्ट्रिय प्रतियोगितामा अन्तर्गत १५ सय मिटर दौडमा स्वर्ण पदक जितेकी हुन्… पुरा पढौ