संघ

कास्कीबाट यु १७ को ३७ खेलाडी छनोट

पोखरा-कास्की जिल्ला फुटबल संघले यु १७ को बन्द प्रशिक्षणबाट ३७ जना खेलाडी छनोट गरेको छ । दुईदिनको प्रशिक्षणपछि ती खेलाडीहरु छनोट गरिएको हो । छनोट भएका खेलाडीहरु केन्द्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् । संयोजक तथा कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङका अनुसार साउन ९ र १० गते झण्डै डेढसय जना खेलाडीबाट छनोट गरिएको हो ।रु केन्द्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् । पुरा पढौ

स्याङजालाई महिला टी २० क्रिकेट उपाधि

पोखरा- स्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा शनिबार भएको फाइनलमा कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैया प्राप्त गर्यो । उपविजेता कास्कीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । ५७ रनको विजयी लक्ष्य पाएको स्याङजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य पुरा ग¥यो । स्याङजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन्… पुरा पढौ

कास्की र नवलपुरको जित

पोखरा-गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु भएको प्रतियोगितामा कास्कीले डिफेन्डीङ च्याम्पियन स्याङ्जा र नवलपुरले पर्वतलाई हराएको हो । पहिलो खेलमा कास्कीले स्याङ्जालाई ४ रनले हराएको छ । ९६ रनको विजयी लक्ष्य पाएको स्याङ्जालाई ९१ रनमा समेट्दै कास्कीले पहिलो जित हासिल गरेको हो । स्याङ्जाका लागि सिमाना केसी र कुशुम गोदारले बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सिमानाले ४०… पुरा पढौ

स्याङजा च्याम्पियन

पोखरा-अन्तिम ओभरसम्म तानिएको खेलमा स्याङजाले नवलपुरलाई एकबल बाँकी रहँदा ४ विकेटले पराजित गर्दै गण्डकी प्रदेश तेस्रो पुरुष टी २० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । जितको मध्यम लक्ष्य पछ्याएको स्याङजाले जितको लागि अन्तिम ओभरसम्म संघर्ष गर्यो । अन्तिम ओभरमा केवल दुई रन जोड्न स्याङजाले चार बल खर्र्चियो । चार बलमा दुई रन लिदैं स्याङजाले जितको खुशीयाली मनाउँदा नवलपुर भने उपविजेतामा चित्त बुझायो ।प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल प्रतिस्पर्धामा स्याङजाले जितको लागि १२९ रनको लक्ष्य पछ्याएको… पुरा पढौ

कास्की र नवलपुरको बिजयी सुरूवात

पोखरा-कास्कीले पर्वतलाई २० रनले पराजित गर्दै तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ । अर्को खेलमा नवलपुरले गोरखालाई ९० रनको फराकिलो रनअन्तरले पराजित गर्यो । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा मंगलबार भएको प्रतिस्पर्धमा पर्वतले टस जितेर कास्कीलाई पहिलो इनिङको अवसर दियो । पानीले भिजेको मैदानमा निर्धारित २० ओभरबाट घटाई १३ ओभरमा खेलाइएको प्रतिस्पर्धामा कास्कीले पुरै ओभर खेल्दै ९ विकेटको क्षतीमा १०८ रन बनायो । सफल श्रेष्ठले आक्रामक प्रदर्शन… पुरा पढौ

टि–२० क्रिकेटः बंशको अर्धशतकिय पारीमा तनहुँको जित

पोखरा-तनहुँका बंश क्षेत्रीले अविजित ७० रनको अर्धशतकिय पारी खेल्दा पोखरा रंगशालामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगितामा तनहुँले बाग्लुङलाई १० रनले पराजित गरेको छ । समुह ‘ए’को खेलमा तनहुँले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको तनहुँका लागि वंश छेत्रीले ७० रनको महत्वपूर्ण अविजित अर्धशतकिय पारी खेलेका हुन् । उनले ५४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पु¥याएका थिए । त्यस्तै तनहुँका लागि सुप्रिम… पुरा पढौ

स्याङ्जाको सुखद शुरुवात

पोखरा-जितसँगै स्याङजाले पोखरामा आयोजित तेस्रो गण्डकीप्रदेशस्तरीय टी—२० पुरुष क्रिकेट प्रतियोगिताको सुखद शुरुवात गरेको छ । करण पंगेनी र सुजन गौतमको बलिङ र ईश्वर क्षत्रीको व्याटिङ स्याङजाले म्याग्दीलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गर्यो । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको उदघाटन प्रतिस्पर्धामा म्याग्दीले टस जित्यो । पहिलो व्याटिङ गर्ने क्रममा ८९ रनको लक्ष्य तयार गर्यो । १२ ओभरसम्म पाँचको रनरेटमा रन जोडेको म्याग्दी त्यसपछि भने सस्तैमा पभेलियनका बाटो समाए । म्याग्दी १८.५ ओभरमै सबै विकेट गुमाउँदै ८८… पुरा पढौ

भोलिदेखि तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट

पोखरा—प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भोलि शनिबारदेखि पोखरा रंगशालामा तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना शुरु हुदैं छ । शनिबारदेखि आगामी असार ६ गतेसम्म हुने प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको छ । क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहने आयोजक प्रादेशिक क्रिकेट संघ गण्डकीले जनाएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व

पोखरा-सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कम्पाउण्ड… पुरा पढौ

हेल्प नेपाल र नेपाल पुलिस क्लब च्याम्पियन

पोखरा-लिगचरणमा हारको बदला लिदैं टिपटप हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघलाई निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा पराजित गर्दै उपाधि उचालेको छ । पोखरामा बिहीबार भएको फाईनल खेलमा लगातार दुईसेटले पछि परेको टिपटप हेल्प नेपालले निकै धैर्यता देखाउँदै उत्कृष्ट कमब्याक गर्दै च्याम्पियन बन्यो । पहिलो सेट २५–२० ले लिदैं गण्डकीले घरेलु कोर्टमा दबाव बनाउन शुरु गर्यो । दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्यो । २७–२५ ले लिदैं गण्डकीले उपाधि उचाल्न केवल एक सेटले मात्रै पछि रह्यो । तर खेलमा फर्किन हेल्प नेपालले धैर्यतालाई… पुरा पढौ