बागमती

किरण सर्वाधिक क्याप जित्ने इतिहास लेख्दै

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने कीर्तिमानलाई बराबरी गरेका छन् ।- त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा किरणले भारतविरुद्धको पहिलो मैत्रिपूर्ण खेलमा नेपालको प्रतिनिधित्व गर्दा विराजसँगको कीर्तिमानसँग बराबरी गरेका हुन् । नेपाली टोलीका पूर्व कप्तान विराजले यस अघि नेपालका लागि ७३ क्याप जितेका थिए । विराजले यो कीर्तिमान गत चैतमा नेपालमा नै आयोजना भएको थ्री नेसन्स कपमा बनाएका थिए । सोही कीर्तिमानसँग किरणले बराबरी गरेका… पुरा पढौ

भारतसँगको मैत्रिपूर्ण खेलको प्रशारण अधिकार एडप्याडलाई

काठमाडौ- त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हनुे नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रशारण अधिकार एडप्याडले पाएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले एडप्याडसँग आज प्रशारण अधिकारको सम्झौता गरेको छ । एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता गरे । सम्झौता अनुसार २५ लाख १० हजारमा उडप्याडले प्रशारण अधिकार किनेको छ । अर्को साता हुने दुई मैत्रीपूर्ण खेललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसार गर्ने छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भदौ १७ र २० गते भारतसँग मैत्रीपूर्ण… पुरा पढौ

छानविनसमितिले प्रतिवेदन बुधबार बुझाउने

काठमाडौं । पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ बीचको विवाद छानविन गर्न गठन भएको समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको समितिले सबै १४ जनासँग बयानको काम सकिएको र प्रतिवेदन अन्तिम चरणमा पुगेको भन्दै प्रतिवेदन बुधबार सम्म बुझाउने तयारी भएको समितिकी प्रवक्ता सुवर्ण केशरीले जानकारी दिइन् । ‘विवाद समाधान गर्न गठन भएको समितिले १४ जनासँगको बयान लिने काम सकिसकेको छ । सबैले उपस्थित… पुरा पढौ

इपिएलको ट्रफी सार्वजनिक

काठमाडौं-लामो समयको प्रतिक्षापछि एभरेष्ट प्रिमियर लिग(ईपीएल)को तयारी शुरु गरिएको छ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सोमबार ट्रफी आज सार्वजनिक गरिएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादान बजाज पल्सरले मुख्य प्रायोजन गर्ने गरेको छ । आयोजक एभरेष्ट प्रिमियर लिग (इपिएल) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेको हो । इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे । सोही… पुरा पढौ

अन्तराष्ट्रिय क्रिकेटमा ७७ नम्बरको जर्सी प्रयोग नगरिने

काठमाडौं-नेपाली क्रिकेटमा अब ७७ नम्बरको जर्सी प्रयोग हुदैन् । ७७ नम्बरको जर्सी पारस खड्काले लगाउँदै आएका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिसके । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले लगाउँदै आएको जर्सी नम्बर ७७ अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नगरिने नेपाल क्रिकेट संघले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै पूर्व कप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो । नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मान स्वरुप खेल्ने क्रममा… पुरा पढौ

पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडाैं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मंगलबार सन्यासको घोषणा गरेका छन । सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जिवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विट मारेका हुन । डेढ दशक भन्दा बढि समय क्रिकेटसँग साइनो गासेका नेपाली क्रिकेटर पारस खड्काले मंगलबार समाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने घोषणा गरेका हुन । उनको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पायो ।… पुरा पढौ

एथ्लेटिक्समा पदक जित्ने खेलाडीलाई सम्मान

काठमाडाैं । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत एथ्लेटिक्स तर्फ नेपालका लागि पदक जित्ने खेलाडीलाई आज नेपाल एथ्लेटिक्स संघले सम्मान गरेको छ । नेपाल एथलेटिक्स संघले आज एक कार्यक्रमको आयोजना गरेर एथलेटिक्सतर्फ ३ स्वर्णसहित कुल ८ पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेको हो । संघले स्वर्ण विजेतालाई १ लाख नगदबाट पुरस्कृत गरेको हो । यस्तै रजत विजेतालाई ३५ हजार र कास्य विजेतालाई २० हजार नगदबाट पुरस्कृत गरेको छ । गत मंसिरमा सम्पन्न १३ औं सागमा सन्तोषी श्रेष्ठले… पुरा पढौ

एनआरटीद्वारा विदेशी खेलाडी अनुबन्ध

काठमाडौं । न्युरोड टिम (एनआरटी)ले असोज ३ गतेबाट हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि शनिबार दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । एनआरटीले राजधानीमा एक कार्यक्रम गरी फरक ढाँचाको लिगका लागि अनुबन्ध गरेको हो । क्लबले खेलाडीद्वय मासुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरेको हो । क्लबले दुई विदेशी खेलाडीलाई १० महिनाका लागि सम्झौता गरेको हो । सम्झौता भएसँगै खेलाडीद्वयले एनआरटीको जर्सीमा ‘ए’ डिभिजन लिग खेल्नेछन् । दुबैले टोलीलाई उपाधि दिलाउनका लागि प्रयास गर्ने बताए । नयाँ ढाँचाको लिग… पुरा पढौ

भलिबल राष्ट्रिय टोलीको घोषणा

काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि शनिबार नेपाल भलिबलसंघले १८ सदस्सीय राष्ट्रिय टोली घोषणा गरेको छ । पहिलो चरणको बन्द प्रशिक्षणपछि २७ खेलाडीबाट ९ खेलाडी बाहिरिएका छन् । मनवीर छन्त्यालको संयोजकत्वमा बनेको बनेको छनोट समितिले १८ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो । छनोट समितिको सिफारिसमा संघले १८ खेलाडी छनोट गरेको हो । च्याम्पियनसिपका लागि भनेर नेपाली राष्ट्रिय महिला भलिबल टिमले असार १ बाट प्रशिक्षण सुरु गरेको थियो । संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएपनि… पुरा पढौ

एसियन च्याम्पियनसिपकालागि महिला भलिबलको बन्द प्रशिक्षण आजबाट

काठमाडौं। नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रशिक्षणका लागि  कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गरिने संघले जनाएको छ । जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि  स्थगित गरेको थियो । अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि  नेपाली टिमले मंगलबारबाट प्रशिक्षण थाल्न लागेका हुन् । संघले गत १४ जेठमा… पुरा पढौ