प्रदेश

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

काठमाडाैं । बंगलादेशसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललार्य गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि चढेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । नेपालका अधिकांस प्रयासलाई… पुरा पढौ

खोप कार्ड हेरेर खेलाडीलाई प्रशिक्षण

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कोरोना विरुद्धको खोप लगाएका खेलाडीहरुलाई कार्ड हेरेर प्रशिक्षण गराउन सकिने बताएका छन् । खोप कार्डलाई परिचय पत्र मानेर चेक जाँच गरी खोप लगाएकालाई मात्रै प्रशिक्षण दिन सकिने उल्लेख गरे । ‘खोपले सुरक्षित छौं भन्ने सन्देश दिन खोजिरहेका छौं ।’ उनको भनाई थियो । आईतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले खेलकुद शून्य अवस्थामा रहेको उल्लेख गर्दै केही पूर्वाधार निर्माणको संघारमा रहेको बताए । ‘सरकारले बजेट दिएको छैन् । केवल ९ जिल्लाका… पुरा पढौ

पारा ओलम्पियन पलेशा सम्मानित

काठमाडाैं । काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा नेपाली पारालिम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जन, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतले उनीहरुलाई सम्मान गरे । त्यसै अवसरमा तेक्वान्दो संघका… पुरा पढौ

राखेपका पूर्व सदस्यसचिवको निधन

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई दुई पटक नेतृत्व गरेका पूर्व सदस्य सचिवन रुक्मशमशेर राणाको निधन भएको छ । राणाको गए राति निधन भएको उनको पारिवारिक श्रोतले पुष्टि गरेको छ । लामो समयदेखि राणाको स्वास्थ्यमा समस्या देखिएको थियो । राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगले ग्रसित थिए । राणा पहिलो पटक २०५० सालदेखि २०५१ सालसम्म र दोस्रो पटक २०५४ सालदेखि २०५५ सालसम्म राखेपको सदस्य सचिव बनेका थिए । राजनीतिक पृष्ठभुमी भए पनि राणाले जिवनको अधिकांश समय… पुरा पढौ

पिएनजीविरुद्ध नेपालको कीर्तिमानी जित (फाेटाेफिचर)

काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध शुक्रबार १ सय ५१ रनको जित निकाल्दै दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ । पहिलो खेलमा २ विकेटको संघर्ष पूर्ण जित निकालेको नेपालले दोस्रो खेलमा भने कीर्तिमानी जित निकाल्न सफल भएको हो । एक दिवसीय खेलमा नेपालले सबै फराकिलो अन्तरले जित निकाल्दै कीर्तिमान बनाएको हो । यस अघि नेपालले युएईसँगको खेलमा नेपालले १ सय ४५ रनको फराकिलो जित निकालेको थियो । यसअघि नेपालले २०१९ मा यूएईविरुद्ध १ सय ४५ रनको जित निकालेको थियो… पुरा पढौ

डेब्यु खेलाडी चम्किँदा नेपाललाई सफलता

काठमाडौं । नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण नेपालले खेलमा २–१ को जित निकालेको हो । सुरुआतमा केही दबाब खेपेको नेपालका लागि १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन । विमला चौधरीको क्रस बललाई सबिताले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । अग्रता लिएपछि भ्रमणकारी बंगलादेशमाथि हाबी बनेको नेपालका लागि… पुरा पढौ

साफ खेल्ने नेपाली फुटबल टोली कतार जाँदै

काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिपका लागि थप अभ्यास गर्ने लक्ष्य सहित कतार जान लागेको टोलीलाई आज विदाई गरिएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको २४ सदस्यीय नेपाली राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गरी विदाई गरेको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले कतार जाने टोलीलाई विदाई गरेका हुन । विदाई पछि बोल्दै नेपाली टोलीका कप्तान किरण चेम्जोङले साफ लक्ष्य राखेर थप अभ्यासका लागि… पुरा पढौ

फ्रेन्चाइज भलिबल लिग हुने

काठमाडौं । महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजनाका लागि नेपाल भलिबल संघ र नेपाल स्पोटर््स म्यानेजमेन्ट एन्ड इभेन्ट्स कम्पनीबीच १० वर्षे सम्झौता भएको छ । नेपाल स्पोट्र्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगका लागि सम्झौता गरेको हो । सम्झौता पत्रमा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिताका लागि संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले गर्नेछ… पुरा पढौ

पहिलो खेलमा द राइजिङ क्लब र स्काई गोल्स भिड्ने

काठमाडौं । असोज पहिलो साताबाट पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स काठमाडौंबीच प्रतिस्पर्धा गर्ने भएका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको टाइसिट ड्रबाट सार्वजनिक गरिएको तालिकाबाट द राइजिङ क्लब र स्काई गोल्स काठमाडौं प्रतिस्पर्धा गर्ने भएका हुन । यस्तै दिनको दोस्रो खेल स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच खेल हुनेछ । असोज २ गते देखी २२ गते सम्म पोखरा स्थित बहुउद्देश्य कभर्डहलमा हुने… पुरा पढौ

विदेशी रेफ्रीकै भरमा खेल्नुपर्ने खेल

पोखरा-केही खेल यस्ता छन् । जसको पूर्वाधार छैन् । पूर्वाधार मात्रै होईन खेल खेलाउने निर्णायक(रेफ्री) समेत विदेशीको भर पर्नुपर्छ । विदेशीलाई गुहारेर प्रतियोगिता सञ्चालन गर्नुको विकल्प छैन् । पोखरामा निकै प्रचलित र स्कुलदेखि नै प्रवद्र्धन गरिएको ह्याण्डबल खेल र पोखरामा पूर्वाधारको अभावमा रुमलिएको हक्कीको लागि विदेशी निर्णायक नै झिकाउनुपर्छ । विराटनगरमा आयोजित सातौं तथा नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्याण्डबलको पुरुष तर्फ र हक्कीको महिला तथा पुरुष दुवै प्रतिस्पर्धाको लागि विदेशी प्रशिक्षक झिकाई प्रतियोगिता पुरा गरियो । गण्डकी प्रदेशमा… पुरा पढौ