प्रदेश

एपीएफ सेमिफाईनलमा, सहारा बाहिरियो

पोखरा-तीन मिनेट सम्हालिन नसक्दा घरेलु मैदानमा सहारा क्लब सशस्त्र प्रहरी बलसँग आहा राराको उदघाटन खेलमा दोस्रो भेटमा फेरी एकपटक पराजित हुदैं बाहिरिएको छ । दु्रई वर्ष १७ औं सस्करणमा पनि उदघाटन खेलमै सशस्त्र प्रहरीसँगै पराजित सहाराले शनिबार घरेलु मैदानमा फेरी एकपटक सेमिफाईनल पुग्ने सपना अन्तिम मिनेटमा आईपुग्दा पुरा हुन सकेन् । सशस्त्र प्रहरी बल बागमती गोल्डकपको हारको पीडालाई पोखरा रंगशालामा शनिबार भुल्दै १९ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्ने पहिलो टोली बन्यो । पहिलो हाफ गोलरहित टुंगियो ।… पुरा पढौ

सहारा र एपीएफ फेरी एकपटक आमने सामने

पोखरा-१९ औं सस्करणको आहा रारा गोल्डकप शनिबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ । गत वर्ष लकडाउन अघि १८ औं सस्करणका टुग्याएको सहाराले फेरी कोरोना कहरकै बीचमा गोल्डकप टुग्याउने प्रयासमा छ । सहाराले उदघाटन खेल विभागीय क्लब सशस्त्र प्रहरी बललाई आतिथ्यता गराउने छ । घरेलु मैदानमा सहाराले गर्विलो छवि बनाउने प्रयासरत रहदाँ सशस्त्र प्रहरीले भने उदघाटन खेलमा सहारालाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने ध्येयमा रहने छ । सहाराको नकाउट फुटबलमा सिजनको पहिलो प्रतिस्पर्धा हुने छ । सशस्त्रले हेटौडामा आयोजित बागमती… पुरा पढौ

थ्रीस्टार सेमिफाइनलमा

हेटौंडा-मकवानपुरको बागमतीमा जारी बागमती गोल्डकपमा थ्रीस्टार क्लब ललितपुर सेमिफाइनल पुगेको छ । बिहीबारको खेलमा थ्रीस्टार एपीएफलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । जनता माविको खेलमैदानमा भएको खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । थ्रीस्टारका ऋतिक खड्काले दिएको पासमा दीपेश घलेले ४० औं मिनेटमा गोल गरेका थिए । एपीएफका तर्फबाट क्याप्टेन रुपेश केसीको प्रहारलाई थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोेङले बचाएका थिए । एपीएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन । ४२ औं मिनेटमा पुनः दीपेशले गोल गर्दै… पुरा पढौ

सहाराको प्लेइङ स्क्वाडमा एकेडेमीको एकजना खेलाडी

पोखरा-तेस्रो व्याचको एकेडेमी ८ वर्ष पुग्यो । पहिलो र दोस्रो फेजआउट गरेपछि सहारा क्लबले तेस्रो व्याच शुरु गर्यो । २०७० सालमा तेस्रो व्याचमा २८ अनाथलाई राख्यो । अनाथ अहिले लर्के भईसकेका छन् । क्लबको योजना आहा रारा गोल्डकपमा आफनै उतार्ने हो । तर बिडम्बना १९ औं संस्करणमा भने एकेडेमीका एकजनाले मात्रै सहाराको जर्सी लगाउँदै नियमित खेलाडीको रुपमा मैदान छिर्ने छन् । गत वर्षको सिजनमा पनि एकेडेमीलाई परिपक्क बनाउने योजनासहित बैकल्पिक खेलाडीमा राखेको थियो । १९ औं सस्करणको आहा रारा गोल्डकप… पुरा पढौ

पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पुरस्कारलाई प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान भएको छ । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व. सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ… पुरा पढौ

खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा-कास्की जिल्ला टेबुलटेनिस संघको मंगलबार वसेको वैठकले आगामि चैत्र २४ गते (अप्रिल ६, २०२१) विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यक्रम संयोजकमा सचिव फणिन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरिएको छ । कास्की जिल्ला स्तरीय उक्त प्रतियोगितामा १६ वर्ष मुनि र १६ वर्ष माथिको उमेर समुहमा विभाजन गरी खेल खेलाइने छ भने विजेता दुबै तर्फका प्रथम, दितिय र तृतियलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने तिमिल्सिनाले वताए । बैठकले तुलसीपुर… पुरा पढौ

झापाको पोष्टमा क्यामरुनको ४ गोल

हेटौंडा-मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपको सोमबार भएको खेलमा अफ्रिकन रुट्स् एसोसिएसन क्यामरुन बिर्तामोड युनाइटेड झापालाई ४–१ गोल गर्दै विजयी भएको छ । पहिलो हाफमा शुरुवाती समयदेखि नै झापाले दबाबमा राखेको खेलमा क्यामरुनका तर्फबाट बेस्सेकले १९ औं र ३३ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । झापाका सुनिल गुरुङल राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । गुरुङले प्रहार गरेको गोल धेरै पटक क्यामरुनका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफमा २–० को अग्रता लिएको क्यामरुनका एल्जिमीले… पुरा पढौ

मनोनयन सार्वजनिक

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौ स्पोर्टस अवार्डमा परेको खेलाडीहरुको मनोनयन सार्वजनिक गरेको छ । विभिन्न चार विधामा मनोनयन गरिएको खेलाडीहरुको सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । आगामी २०७८ साल बैशाख २० गते आयोजना गर्ने पाचौं पोखरा स्पोर्टस अवार्ड २०७७ मा वर्ष पुरुष खेलाडीहरुमा कराँतेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनिया र फुटबलका सुमन अर्याल मनोनयनमा परेका छन् । वर्ष महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेको छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा… पुरा पढौ

अपराजित हुँदै स्टार सिटी च्याम्पियन

नेपालगन्ज-सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई कायमै राख्दैे एन्फा प्रेसिडेन्ट लिग– २०७७ को च्याम्पियन बन्दा गण्डकी प्रदेशको त्रिवेणी क्लबले राष्ट्रिय लिग खेल्ने निश्चित गरेको छ । आइतबार नेपालगन्ज रंगशालामा स्टारले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई ३–२ ले पराजित गरेको छ । त्रिवेणी युवा क्लब चौथो स्थानमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।। अर्को खेलमा प्रदेश नम्बर–२ को मनकामना युवा क्लब रौतहटले प्रदेश नम्बर–१ को सैनिक युथ क्लब झापालाई २–१ ले पराजित गरेको छ । आइतबारको नतिजासँगै… पुरा पढौ

शुक्लागण्डकी मेयर कपको उपाधि गलकोट नगरपालिकालाई

पोखरा-घरेलु टोलीलाई निराश बनाउँदै शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबलको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ । चौथो सेटमा उत्कृष्ट कमब्याक गरेको गलकोटले २५–१६ले आफनो पक्षमा पार्दैै प्रथम मेयर कपको उपाधि आफनो नाममा लेखाउन सफल रह्यो । २–१ सेटले अग्रता लिएको गलकोटले चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्यो । १३–१४ को स्कोरमा पछि परेको गलकोटले लगातार १० अंक जोड्दै २३–१४ को स्थिति पुर्याउँदै उपाधि निकट पुग्यो । गलकोटका खेलाडीको उत्कृष्ट स्पाईकमा लगातार अंक जोड्दा घरेलु दर्शक भने निराश… पुरा पढौ