प्रदेश

विदेशी रेफ्रीकै भरमा खेल्नुपर्ने खेल

पोखरा-केही खेल यस्ता छन् । जसको पूर्वाधार छैन् । पूर्वाधार मात्रै होईन खेल खेलाउने निर्णायक(रेफ्री) समेत विदेशीको भर पर्नुपर्छ । विदेशीलाई गुहारेर प्रतियोगिता सञ्चालन गर्नुको विकल्प छैन् । पोखरामा निकै प्रचलित र स्कुलदेखि नै प्रवद्र्धन गरिएको ह्याण्डबल खेल र पोखरामा पूर्वाधारको अभावमा रुमलिएको हक्कीको लागि विदेशी निर्णायक नै झिकाउनुपर्छ । विराटनगरमा आयोजित सातौं तथा नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्याण्डबलको पुरुष तर्फ र हक्कीको महिला तथा पुरुष दुवै प्रतिस्पर्धाको लागि विदेशी प्रशिक्षक झिकाई प्रतियोगिता पुरा गरियो । गण्डकी प्रदेशमा… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार परियारलाई

पोखरा-यस बर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत गरिने छ । १६ औं संस्करणको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका हुन्। सहारा क्लवले प्रदान गर्ने उक्त पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकमा आवद्ध परियारलार्ई क्लवको २३ औं बार्षिकोत्सवको अवसरमा यही भदौं ३० गते प्रदान गरिने भएको सहारा क्लवले जनाएको छ । उक्त पुरस्कारको राषि २० हजार ५ सय ५५ रहेको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले बताए । क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा आज बजेको बैठकले प्रतिभा छनौट समितिले दिएको सिफारिसलाई अनुमोदन… पुरा पढौ

किरण सर्वाधिक क्याप जित्ने इतिहास लेख्दै

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले यसै वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका विराज महर्जनको सर्वाधिक क्याप जित्ने कीर्तिमानलाई बराबरी गरेका छन् ।- त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा किरणले भारतविरुद्धको पहिलो मैत्रिपूर्ण खेलमा नेपालको प्रतिनिधित्व गर्दा विराजसँगको कीर्तिमानसँग बराबरी गरेका हुन् । नेपाली टोलीका पूर्व कप्तान विराजले यस अघि नेपालका लागि ७३ क्याप जितेका थिए । विराजले यो कीर्तिमान गत चैतमा नेपालमा नै आयोजना भएको थ्री नेसन्स कपमा बनाएका थिए । सोही कीर्तिमानसँग किरणले बराबरी गरेका… पुरा पढौ

लेखनाथ बहुउद्देश्यीय कभर्ड हलको लागि बजेट माग

पोखरा-पोखरा रंगशालाको बैकल्पिक रंगशालाको उपमा दिइएको लेखनाथ रंगशाला भने सरकारी निकाय तथा खेलकुदको सरोकारवालको ध्यान नपुग्दा पूर्वाधारले फड्को मार्न सकेको छैन् । भएको फुटबल मैदान र लेखनाथ बहुउद्देश्यीय कभर्डहलको स्तारोन्नति हुन सकेको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजनाको तयारी गरिरहँदा लेखनाथ क्षेत्रमा समेत राष्ट्रिय खेल आयोजना गर्न स्थानीय क्लबका पदाधिकारीले राष्ट्रिय खेलकुद परिषद तथा गण्डकी खेलकुद परिषदका पदाधिकारीसँग आग्रह गरे । ‘नवौं पोखरामा आयोजना हुने हुदाँ केही खेल लेखनाथ क्षेत्रमा पनि आयोजना गरिए भौतिक पूर्वाधारको विकास हुने थियो… पुरा पढौ

कास्की जिल्ला हक्की संघको अध्यक्षमा केसी

पोखरा-लामो समयपछि हक्कीले प्रशिक्षणको अभाव झेलिरहेको अवस्थाबाट मुक्त हुदैं छ । पोखरा रंगशालाभित्र हक्कीको लागि अस्थाई मैदान निर्माण शुरु गरिएपछि प्रशिक्षणको अवसर पाउने छन् । राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समितिको पहलमा मैदान निर्माण कार्य अघि बढाइएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीले रजत पदक जितेको थियो । त्यही इतिहासलाई घरेलु मैदानमा आयोजना हुने प्रतिस्पर्धामा स्वर्णको अपेक्षा गरिएको छ । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्कीको शाख जोगाउन पनि मैदान अत्यावश्यक भएको नेपाल हक्की… पुरा पढौ

तालमा वाटर स्पोर्टसको सम्भावना

पोखर-पोखरा महानगर तालले समृद्ध छ । तर तालहरुको उपयोगिता केवल माछापालन र डुङ्गा व्यवसायमा मात्रै छ । तालहरुलाई पर्यटन प्रवद्र्धनमा मात्रै नभई स्पोर्टसको रुपमा समेत उपयोग गर्नुपर्ने आवाज उठ्न थालेको छ । पोखराका तालहरुमा ‘वाटर स्पोर्टस’ गर्न सकिने सम्भावित अध्ययनले समेत दिएको छ । ‘अबको विकल्प भनेकै पानीमा खेलिने खेल(वाटर स्पोर्टस) हो ।’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने–‘ताललाई खेल पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ ।’ फेवा, बेगनास, रुपा र दिपाङ ताल बढी प्रचलित छन् । ती सबैमा फरक फरक… पुरा पढौ

मुस्ताङलाई एडभेन्चर स्पोर्टस ‘हब’ बनाउन छलफल

पोखरा-उपल्लो मुस्ताङलाई साहसिक खेल पर्यटनको ‘हब’ बनाउन प्रारम्भिक छलफल शुरु गरिएको छ । पर्वतीय खेलकुद महासंघको सक्रियतामा मुस्ताङको उपल्लो क्षेत्र लोमान्थामा अल्ट्रा रनिङ, साईक्लिङ, रक क्लाईम्बिङ, मोटर स्पोर्टस, बिच गेम, गल्फ/मिनि गल्फ, ओरियन्टेरिङ, घोडा दौड, र्आचरी, बोटिङ÷¥याफ्टिङ, दुवाथोलन÷ट्रायथोलन र स्केटिङ तथा स्नो बोर्डिङ जस्ता साहसिक खेल खेलाउन सकिने औल्याउँदै साहसिक पर्यटनको हब बनाउनुपर्ने सुझाव पेश गरेको छ । छलफलकै क्रममा पहिलो चरणमा गल्फ क्लब स्थापना गर्ने गरी योजना अघि बढाइएको छ । ‘नेचर, एडभेन्चर र कल्चरको अलौकिक अकल्पनीय जिल्ला हो… पुरा पढौ

भारतसँगको मैत्रिपूर्ण खेलको प्रशारण अधिकार एडप्याडलाई

काठमाडौ- त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हनुे नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रशारण अधिकार एडप्याडले पाएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले एडप्याडसँग आज प्रशारण अधिकारको सम्झौता गरेको छ । एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता गरे । सम्झौता अनुसार २५ लाख १० हजारमा उडप्याडले प्रशारण अधिकार किनेको छ । अर्को साता हुने दुई मैत्रीपूर्ण खेललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसार गर्ने छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भदौ १७ र २० गते भारतसँग मैत्रीपूर्ण… पुरा पढौ

पाउँदुरकोट युवा क्लबले सी डिभिजन लिग खेल्दै

पोखरा-कास्कीको ढिकुरपोखरी पोखराको बजार देखि २५किलोमिटर टाढा पर्छ । टाढा भएपनि फुटबलमा आफनो यात्रा सी डिभिजनबाट शुरु गर्ने योजना बनाएको छ । अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन् । आफनो क्षमता र बलबुताले भ्याएसम्म खेलाडीले तयारी गरेका छन् । दुरदराजको क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको हो । प्रशिक्षण गर्दै पाउँदुरकोट युवा क्लब ढिकुरपोखरीका खेलाडीहरु । गाँउपालिकामा पोखरामा जस्तो फुटबल मैदान छैन् । माछापुच्छ्रे शिक्षा… पुरा पढौ

लोकतान्त्रिक खेलकुद महासंघ कास्कीमा नविन पुन

पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद महासंघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् । मंगलबारसंघको प्रदेश समितिले पुनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समितिको घोषण गरेको हो । नेपाली कांग्रेस निकट खेलकुद संघको प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितिय उपाध्यक्षमा रेकमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले चयन भएको नेपाल लोकतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । साथै सहसचिव सदस्यहरुको कार्यउन्नती हेरेर पदोन्नती गरिने जनाए । २०७१ सालमा खेल क्षेत्रमा भएको विकृति विसंगती अन्त्य गर्ने उद्देश्यले स्थापना भएको संघमा… पुरा पढौ