चितवन- नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । बिश्व जुनियर बरियतामा तेश्रो नम्बरमा रहेका एपिएफका प्रिन्सले सेमिफाइनल प्रवेश गर्ने क्रममा सेनाका हिमाल चन्दलाई २१-४, २१-९ को सोझो सेटमा पराजित गर्दै भोजपुरका पूर्व नम्बर एक खेलाडी बिकास श्रेष्ठ संगको भेट पक्का गरेका छन् । श्रेष्ठले एपिएफका प्रफुल महर्जन माथि २१-१८, २१-१९ को सोझो सेटमा पराजित गरेका थिए । यस्तै सेमिमा स्थान बनाउने क्रममा सेनाका नविन श्रेष्ठ…
पुरा पढौ