प्रदेश

उपल्लो मुस्ताङमा सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

पोखरा(खेलाडी न्युज)-उपल्लो मुस्ताङको २५ औ राजा स्वर्गीय झिग्मे दोर्जे डान्दुल विष्टको स्मृतिमा उपल्लो मुस्ताङको चराङ गाउमा प्रथम लो ग्याल्पो झिग्मे स्मृती कप सेभेन ए साइड फुटवल तथा भलिवल प्रतियोगिता २०७६ शुरु भएको छ । मुस्ताङे राजाको स्मरणसँगै सम्पूर्ण युवाहरुलाई खेलको माध्यामबाट एकीकृत बनाउने उद्देश्यले उपल्लो मुस्ताङको लो घेकर युवा क्लवले उक्त कपको आयोजना गरेको हो । आगामी साउन १ गते सम्म सञ्चालन हुने प्रथम लो ग्याल्पो झिग्मे स्मृती कपको उद्घाटन गर्दै मुस्ताङका पूर्व राजकुमार झिक्पेन प्रवल विष्टले मुस्ताङको राजाको इतिहासमा… पुरा पढौ

प्रधानसेनापति कप भलिबलमा गण्डकी प्रदेशले एपीएफ क्लबसँग सेमिफाईनल भिड्दै

पोखरा(खेलाडी न्युज)-चौथो प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको छ । आज भएको खेलमा पुलिससँग प्रदेश सोझो सेटमा पराजित भएको हो । पुलिसले गण्डकी प्रदेशलाई २५-२२, २५-२१ र २५-१७ को सेटमा पराजित गर्दै शीर्षस्थानमा रहँदै सेमिफाईनल समीकरण पुरा गरेको हो । अर्को खेलमा शसस्त्र प्रहरीबलले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो । गण्डकी प्रदेशले सेमिफाईनलमा एपीएफ क्लबसित प्रतिस्पर्धा गर्ने छ । भने अर्को दुई विभागीय क्लब नेपाल पुलिस क्लब… पुरा पढौ

प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबलमा गण्डकीको सुखद शुरुवात

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशले चौथो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा प्रदेश नं ५ लाई पराजित गर्दै सुखद नजिता आत्मसात गरेको छ । आजदेखि काठमाडौंमा शुरु भएको प्रतिस्पर्धामा गण्डकी प्रदेशले प्रदेश नं ५ लाई २५–११ म पहिलो सेट जित्दै सुखद बनायो । तर दोस्रो सेटमा भने गण्डकीले प्रतिस्पर्धात्मक रुपमा गुमाउन पुग्यो । २४–२६ सेटको अवस्थामा गुमाएको गण्डकीले तेस्रो सेट भने फेरी आक्रामक खेल्दै २५–१६ ले लिदैं अग्रता लियो । चौथो सेट पनि २५–२०ले लिदैं जित सुनिश्चित बनायो । गण्डकी प्रदेशका लागि… पुरा पढौ

उपराष्ट्रपति चिल्डे«न्स गेम्समा कास्की च्याम्पियन

पोखरा(खेलाडी न्युज)-उपराष्ट्रपति चिल्ड्र्ेन्स गेम्स प्रतियोगितामा कास्की टिम च्याम्पियन बनेको छ । एथलेटिक्स, उसु, तेक्वान्दो, टेबल टेनिस र सितेरियो कराँते तर्फको प्रतिस्पर्धामा कास्कीले १० स्वर्ण, ६ रजत पदकसहित टिम च्याम्पियन बनेको हो । कास्कीले एथलेटिक्स तर्फ २, तेक्वान्दोमा ३, सितेरियो कराँतेमा २ र टेबल टेनिसमा ३ स्वर्ण गरी ११ स्वर्णपदक सहित टिम म्याम्पियन बनेको हो । प्रतियोगितामा बाग्लुङ जिल्ला ५ स्वर्ण, ३ रजतसहित दोस्रो स्थानमा रह्यो । बाग्लुङले उसुमा ५ स्वर्ण जित्यो भने कास्की स्वर्ण पदक विहीन बन्यो । लमजुङ भने… पुरा पढौ

छात्र÷छात्रालाई बास्केटबल प्रशिक्षण

पोखरा(खेलाडी न्युज)-भर्खरै मात्रै विद्यालयको शैक्षिक सत्र शुरु भएको छ । शैक्षिकसत्रसँगै कास्की जिल्ला बास्केटबल संघले बास्केटबल एकेडेमी शुरु गरेको छ । एकेडेमी सञ्चालन गर्दै संघले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दिपक कोइरालाले प्रशिक्षणको उद्घाटन गरे । एसईई परीक्षा दिएर बसेका २८ जना छात्र र १० जना छात्राहरु प्रशिक्षण लिने छन् । प्रशिक्षकहरु प्रदिप रसाइली… पुरा पढौ

गण्डकी प्रदेशलाई इलाममा भलिबलको उपाधि

पोखरा(खेलाडी न्युज)-तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिताबाट सेमिफाईनलिष्ट टोली गण्डकी प्रदेशले इलाममा भने उपाधि उचाल्दै यात्रालाई सुखद बनाएको छ । ईलाममा जारी प्रथम ईलाम आमन्त्रित खुल्ला पुरुष नकअउट भलिबलको उपाधि गण्डकी प्रदेशले विजेको हो । गण्डकी प्रदेशले ईन्डियान खेलाडी सम्मिलित विमान ट्रेडस बिर्तामोडलाइ २५-१७ २५-१३ र २५-२१ ले सोझो ३ सेटमा पराजित गरि उपाधि उचाल्यो । विजेता गण्डकी प्रदेशले १ लाख ५० हजारको पुरस्कार थाप्यो । गण्डकी प्रदेशको तर्फबाट सन्जु बिक्रम शह टिम कप्तान, राजन दर्लमी मगर,, रबि सेन्चुरी, सुजन चोखल,… पुरा पढौ

मुस्ताङमा हाईअल्टिच्युड तालिम केन्द्र बनाउन प्रदेश मन्त्री परिषदको निर्णय, डिपिआरलाई१ करोड

पोखरा(खेलाडी न्युज )-गण्डकी प्रदेशको बहु चर्चित योजनाको रुपमा रहेको हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउन जग्गाको निक्र्यौल गरेको छ । प्रदेश सरकारले मुस्ताङ जिल्लामा हाई अल्टिच्युड तालिम केन्द्र बनाउने नीति तथा कार्यक्रममै पारित गर्दै अभियान पुरा गर्ने निष्कर्ष निकालेको छ । ‘मन्त्री परिषदको बैठकले मुस्ताङको वार्हगाँउ गाँउपालिकामा हाई अल्टिच्युड खेल तालिम केन्द्र निर्माण गर्ने पारित गरेको छ ।’ प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन–‘जग्गाको निक्र्यौल गरिएको छ । ठाउँको टुंगो लागेपछि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने छौं ।’ हाई… पुरा पढौ

गण्डकी प्रदेशलाई सुटिङमा ऐतिहासिक स्वर्ण पदक

पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले सुटिङमा ऐतिहासिक स्वर्ण पदक जितेको छ । संघीय संरचनामा प्रवेश गरेपछिको पहिलो संस्करणको रुपमा नेपालगन्जमा आयोजित खेलकुद प्रतियोगितामा खेलकुदको शहर पोखरासँगै आसपासका ११ जिल्ला सम्मिलित गण्डकी प्रदेशले अहिलेसम्म  १२ स्वर्ण पदक जितेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाख ११ गते समापन हुने छ । स्क्वासबाट स्वर्ण पदक जित्दै खाता खोलेको गण्डकी प्रदेशले सोमबार मात्रै ५ स्वर्ण पदक जित्यो । पोखरामै आयोजित प्याराग्लाइडिङ तर्फ २ स्वर्ण पदक जितेको गण्डकी प्रदेशले सुटिङमा दुई स्वर्ण पदक जित्दै… पुरा पढौ

आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशलाइ १ स्वर्ण, २ कास्य पदक

नेपालगञ्ज(खेलाडी न्युज)-नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ । आइतबार भएको महिला तर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगरले स्वर्ण पदक दिलाएकी हुन्। उनले प्रदेश नम्बर ३ की निलीमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन्। त्यसै गरी पुरुष एकल तर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर सम्शेर कुवंर र महिला तर्फको उक्त इभेन्टमा गोमा… पुरा पढौ

प्याराग्लाइडिङमा पनि आर्मीकै दबदवा

पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितामा विभागीय टिम सेनाले स्वर्ण पदकको दबदबा कायमै राखेका छन् । दुईदिनसम्मको प्रतिस्पर्धामा महिला तथा पुरुषतर्फ सेनाको अग्रता कायम रहेको छ । प्रतियोगितामा एक्युरेसी र क्रसकन्ट्रीमा महिला तथा पुरुषका प्रतियोगिता चलिरहेका छन् । भोलि सोमबार पदकको टुंगो लाग्ने छ । आइतबार एक्युरेसीतर्फ चारवटा चरण सकिँदासम्म महिला तथा पुरुष दुवैतर्फ विभागीय टिम आर्मीले अग्रता कायम राखेको छ । पुरुषतर्फ टिम एक्युरेसीमा १४५ अंकका साथ आर्मी पहिलो स्थानमा रहेको छ । ९५५… पुरा पढौ