प्रदेश

राष्ट्रिय स्की, साहस र गौरीलाई अल्पाईन उपाधि, क्रसकन्ट्री पहिलो पटक समावेश

पोखरा(खेलाडी न्युज)-तेस्रो राष्ट्रिय स्की प्रतियोगिता अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा पुरुष तर्फको उपाधि साहसराम श्रेष्ठले जितेका छन् । महिला तर्फको सोही इभेण्टको उपाधि भने गौरीमाया तामाङले जितेकी छन् । नेपाल स्की संघको आयोजना तथा स्थानीय मुस्ताङ पर्यटन व्यवसायीको व्यवस्थापन र सहकार्यमा हिमालीपारीको जिल्ला मुस्ताङको बारागुँ मुक्तिक्षेत्रमा सोमबार आयोजित प्रतियोगितामा सिनियर तर्फ अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा संगीता लामा दोस्रो र लक्ष्मी राई तेस्रो स्थानमा रहन सफल भईन् । जुनियर पुरुष… पुरा पढौ

मुख्ममन्त्री कपको उपाधि भिडन्त आर्दश र त्रिवेणी बीच

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबलको उपाधिको लागि घरेलु क्लब आदर्श युवाक्लबले पाहुना टोली लमजुङको त्रिवेणी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । आर्दशले भीमाद युथ क्लब तनहुलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा लमजुङको त्रिवेणीले स्याङजाको होराईजन क्लबको चुनौतिलाई पन्छाउँदै फाईनल यात्रा तय गरेका हुन् । आर्दश युवा क्लब घरेलु मैदानमा टाईब्रेकरमा जित आत्मसात गर्दै मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितको फाईनल प्रवेश गरेको छ । प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा–२९ भण्डारढीक खेल मैदानमा सोमबार भएको… पुरा पढौ

आदर्श क्लब मुख्यमन्त्री कपको सेमीफाईनलमा

पोखरा(खेलाडी न्युज)-कास्की लिग विजेता आर्दश युवा क्लब एक खेल अगावै सेमीफाईनल प्रवेश गरेको छ । प्रदेश लिग कमिटिको आयोजनामा पोखरा–२९ भण्डारढीक खेलमैदानमा आयोजित गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा शतप्रतिशत नजिता निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । बिहीबारको प्रतिस्पर्धामा आर्दश क्लब पोखराले मनाङको डाँफे क्लबमाथि ७–२ को फरालिको गोल अन्तरले पराजित गर्दै समूह एको शीर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाईनल सुरक्षित बनाएको हो । आर्दशको प्रभावशाली जितमा सुरेमान थापामगरले ह्याट्रिक पुरा गरे । उनको व्यक्तिगत चार गोल गरेपछि… पुरा पढौ

माछापुच्छ्रे त्रिशक्ति युनाईटेडलाई गण्डकी प्रदेश क्लबस्तरीय फुटबलको उपाधि

पोखरा(खेलाडी न्युज)-कास्कीको माछापुच्छ्रे गाँउपालिकास्थित लाहाचोकमा आयोजित प्रदेश क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक माछापुच्छ्रे त्रिशक्ति युनाईटेड क्लबले रक्षा गरेको छ । माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लव लाहाचोकको आयोजनामा भएको गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला फुटवल प्रतियोगिताको फाईनलमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले गैंडाकोट खेलकुद विकास समिति नवलपुरलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो । खेलमा माछापुच्छ्रे त्रिशक्तिको तर्फबाट रोहन थापा र अजित गुरुङले गोल गरे । गैंडाकोटका राम थापाले गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाउने प्रयास गरे । यद्यपी बराबरी गोल फर्काउन… पुरा पढौ

पोखरामा थ्री बाई थ्री बास्केटबल

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालामा भोलि मंगलबारदेखि थ्री बाई थ्री बास्केटबल प्रतियोगिता शुरु हुदैं छ । नेपाल बास्केटबल लिग(एनबिएल) प्रालिको आयोजनामा पोखरामा पहिलो पटक थ्री बाई थ्री बास्केटबल हुने छ । विजेता तथा उपविजेता टोलीले धनगढीमा आयोजना हुने फाईनल प्रतिस्पर्धामा सहभागिता जनाउने छन् । नेपाल बास्केटबल लिगले पूर्वमा आयोजना गरिसकेको छ । पश्चिम अन्तर्गत पोखरामा आज मंगलबारदेखि शुरु हुने छ । दोस्रो लेग बुटवलमा आगामी माघ ४ गते आयोजना हुने एनबिएल प्रालिका अध्यक्ष नमितबहादुर थापाले जानकारी दिए । उनका अनुसार पोखरामा पुरुषको… पुरा पढौ

माउन्ट अन्नपूर्ण र कास्की मोडर्नाइज्डलाई जेपी क्रस बास्केटबल उपाधि

पोखरा(खेलाडी न्युज)-कास्की मोडर्नाइज्ड एकेडेमी र माउन्ट अन्नपूर्णले १७ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको छात्रतर्फको फाइनलमा कास्की मोडर्नाइज्डले बाल कल्याणलाई ५९–४६ स्कोरले हराउँदै उपाधि रक्षा गर्यो । छात्रातर्फको फाइनलमा माउन्ट अन्नपूर्णले टप्स बोर्डिङलाई ३१–२४ स्कोरमा पराजित गरेको थियो । उपाधिसँगै विजेता कास्की मोडर्नाइज्ड र माउन्ट अन्नपूर्णले समान १२÷१२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पा¥यो । उपविजेता टप्स बोर्डिङ र बालकल्याणले समान ८÷८ हजार, ट्रफी… पुरा पढौ

आर्मीका नवराज नेपालगन्ज म्याराथन च्याम्पियन

नेपालगन्ज(खेलाडी न्युज)-दुईघण्टा २५ मिनेट ४२ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीका त्रिभुवन आर्मीका नवराज साउद नेपालगन्ज म्याराथन च्याम्पियन बनेका छन् । शनिबार ४२.१९५ किलोमिटरको दुरी पुरा गर्दै उनले ६५ हजार नगदको हकदार बन्दै च्याम्पियन बने । क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व कायम रह्यो । आर्मीका धावकले शीर्ष ५ स्थानमा आफनो प्रभुत्व कायम गरे । खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँसहित दोस्रो स्थानमा रहे । तेस्रो स्थानका राजन रोकाया २ घण्टा… पुरा पढौ

धारा नेपालगन्ज म्याराथनमा वाणिज्य बैंक र अाशीर्वाद पेन्ट्स

पोखरा(खेलाडी न्युज)- मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन हुदैं छ । धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै गएको म्याराथनलाई तोरीको तेलसँग मुख्य प्रायोजकका रुपमा सहकार्य गरको छ । धारा नेपालगन्ज म्याराथनमा इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएका हुन् । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरको रुपमा परिचित छ । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ क्रियटिम ह्याण्ड्सले… पुरा पढौ

मेयर कप बास्केटबल प्रतियोगिता भदौ दोस्रो साता

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बास्केटबल संघको अयोजनामा पोखरामा मेयर कप बास्केटल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आयोजना हुने मेयर कप बास्केटबल प्रतियोगितामा विभिन्न चार इभेण्टमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगिता यही भदौं १३ गतेदेखि बास्केटबल कोर्टमा आयोजना हुने छ । विद्यालयस्तरीय जे.पी क्रस बास्केटल प्रतियोगिता आयोजना गर्दै आएको बास्केटबल संघले पहिलो पटक मेयर कप नाम दिदैं चारै इभेण्ट सञ्चालन गर्ने छ । पोखरा महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिता अन्तर्गत मावि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै… पुरा पढौ

‘यार्तुङ’ महोत्सव सेभेन ए साईड फुटबल र घोडा दौड प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-मुस्ताङको ३८०० मिटरको उचाईमा मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा आयोजित यार्तुङ महोत्सवमा सेभेन ए साईड फुटबल तथा घोडा दौड प्रतियोगिता हुने छ । यही साउन २७ गतेदेखि ३० गतेसम्म ‘मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔ’ भन्दै बारागुङ क्षेत्रमा महोत्सव सञ्चालन हुने मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गर्न योजना गण्डकी प्रदेश सरकारको छ । त्यही अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणास्थलमै सेभेन ए साईड फुटबल प्रतियोगिता समेत आयोजना गरिने… पुरा पढौ