प्रदेश

गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई

खजुरा, बाँके-पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जितेका छन् । शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए ।छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए । धारा नेपालगन्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ुदस बर्षमा दस इभेन्टु अन्तर्गत खजुराको गौघाटमा ग्रीन रन आयोजना गरिएको हो ।… पुरा पढौ

माघ २२ गतेदेखि आयोजना गर्न एन्फाद्वारा स्वीकृति

पोखरा-पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म हुने मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गोल्डकपको आयोजना गर्ने सहारा क्लबलाई मिति स्वीकृति प्रदान गरेको पत्रले जनाएको छ । एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेको पत्र अनुसार कास्की जिल्ला फुटबल सघमा आवद्ध सहारा क्लबको आयोजनामा मिति २०८१ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ पोखरामा सञ्चालन गर्न देहायका… पुरा पढौ

गौचनलाई सेप्टेम्बरको गल्फ मन्थ्ली मेडल

पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित सेप्टेम्बरको मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको स्टेबल फोर्ड फुल ह्याण्डीक्याप अन्तर्गतको प्रतिस्पर्धामा गौचनले ३८ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । उपविजेता भने एएसपी लिलाजग गुरुङ भए । उनले ३५ को कार्ड बनाए । १८ होलको कोर्षमा मासिक रुपमा मन्थ्ली मेडल हुदैं आएको छ । ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेश गुरुङ बने । विजेतालाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष एएसपी भक्तराज गुरुङले… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि सशस्त्रका भट्टलाई

पोखरा-पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलका (एपिएफ क्लब) निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार आयोजित दौडमा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई… पुरा पढौ

बाग्लुङमाथि स्याङजाको ९३ रनको जित

पोखरा-बाग्लुङमाथि ९३ रनको जित निकाल्दै स्याङजा पोखरामा आयोजित वाइ वाई यु १९ प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा बिहीबार भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङको निम्तो पाएको स्याङजाले ४२। ओाभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्यो । सातौं नम्बरमा आएका किरण भट्टराईले ६४ बल खैल्दै ४९ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर अनिस ताम्राकारले ९ र करण पंगेनीले ३० रन बनाए । तेस्रो नम्बरमा आएका व्याटर कृष्ण खड्का शून्यमै… पुरा पढौ

पर्वतमाथि तनहुँको फराकिलो जित

पोखरा-देवकुमार पासवानको ९-०-१५-४ को स्पेल र वन्स क्षत्रीको अविजित २१ को महत्वपूर्ण योगदानमा गरेपछि तनहुँले एकदिवसीय क्रिकेट प्रतियोगितामा पर्वतमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सञ्चालित वाइवाई यु १९ छनोट क्रिकेट प्रतयोगिता अन्तर्गत मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा पर्वतले दिएको ७७ रनको लक्ष्यलाई तनहँुले १ विकेटको क्षतिमा पुरा गर्यो । टस हारेर व्याटिङको निम्तो पाएको पर्वतले ७६ रनको योगफल तयार पार्यो । ५६ रन व्याटरबाट निस्किदा २३ रन अतिरिक्त थपियो… पुरा पढौ

कास्कीको विजयी शुरुवात

पोखरा-पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबारदेखि शुरु भएको एक दिवसीय वाई वाई यु १९ क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । कास्कीले पर्वतलाई ८ विकेटले पराजित गर्दै सुखद शुरुवात गर्यो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिता मा टस जितेर व्याटिङ गरेको पर्वतले ६८ रन बनाउँदा सबै विकेट गुमायो । केवल १२ ओभर ५ बल खेलेको पर्वतलाई सस्तैमा समेटन् नितेश गिरीको बलिङ महत्वपूर्ण रह्यो । गिरीले ९ ओभरमा ६ मेडन राखे । केवल १० रन खर्चिएर ३… पुरा पढौ

सेनाका पाल र साहु बने पहिलो रात्री दौड विजेता

नेपालगन्ज-नेपालगन्जमा रात्रीकालिन दौडको आयोजना गरियो । रात्रिकालिन दौड नेपालमै पहिलो पटक हो । नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन दशौंमा दस इभेन्टु अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दौड आयोजना गरिएको थियो । १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् । संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ मिनेट ७.२१ सेकेण्डमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् । यसमा सशस्त्र… पुरा पढौ

मंसिर तेस्रो साता २५ औं आदर्श कप

पोखरा-छ वर्षपछि लेखनाथ भण्डारढीकको आदर्श युवा क्लब फुटबल कर्ममा फर्किने तयारीमा छ । सन २०१८ मा २४ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आयोजनापछि सुस्ताएको क्लबले फेरी नकाउट फुटबल प्रतियोगिता आयोजनासँगै सक्रिय बन्दै छ । वर्षेनी महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा नकाउट फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले आगामी मंसिरको तेस्रो सातादेखि २५ औं सस्करणको प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । घोषणासँगै क्लबले आफनै वडा पोखरा २९ लाई पहिलो प्रतियोगिताको पहिलो प्रस्तावना दिदैं शुभकामनासहित आर्शिवाद लिएको छ । क्लब… पुरा पढौ

नेपालगन्ज १० नाइट रनको टिसर्ट सार्वजनिक

नेपालगन्ज-दशौं धारा नेपालगन्ज म्याराथनको प्रि इभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते राति हुने दौडको टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरे । टिसर्ट सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनको एक दशक यात्राको लागि दशौंमा दस इभेन्टुका बारेमा… पुरा पढौ