प्रदेश

साग विजेता बोगटीसहितको सहभागिता

नेपालगन्ज-छैटौं नेपालगन्ज पुरुष म्याराथनमा यसपटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी, गत वर्षका विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्की लगायतका धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुसँगै उपाधिको लागि विभिन्न जिल्लाका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्न नेपालगन्ज आईपुग्ने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिदैछन् । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् । नेपालगञ्जको विपीचोकदेखि सुरु भएर कोहलपुर चौराहा… पुरा पढौ

रविन्द्रले जिते नेपालका लागि स्वर्ण

पोखरा-खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धरले नेपालका लागि स्वर्ण हात पारेका छन् । क्यानडा कराते संघको आयोजनामा नोभेम्बर १५ मा भएको अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनल २०२० को डिभिजन जि को ४० बर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण जितेका हुुन् । नरहरीपुर डोजो, मच्छेगाउका प्रमुख प्रशिक्षक समेत रहेका मानन्धरले युबिसी सितोरियो सातो हा कराते क्लबका माईक नाकात्सुलाई फाईनलमा पराजित गरेका थिए । नेपाल सितोरियो कराते संघको तर्फबाट प्रतिस्पर्धा गरेका उनले २३.५२ अंक जोडेका थिए । पराजित… पुरा पढौ

खेलकुद परिषद सदस्य सचिव बन्न चारजना चर्चामा

पोखरा-गण्डकी प्रदेश खेलकुद विधेयक २०७७ विधेयकलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणीकरण गरिसकेका छन् । प्रमाणीकरणसँगै गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव चयनमा बाटो खुलेको छ । सदस्य सचिव चयन गर्ने छनोट समिति सामाजिक विकास मन्त्रालयले गठन गरिसकेको छैन् । छनोट समिति गठनपछि समितिले आवेदन माग गर्ने छ । आवेदन अनुसार उपयुक्त पात्रलाई सदस्य सचिव चयन गरिने प्रावधान छ । छनोट समिति गठन नहुदैं सदस्य सचिवको चलेखल शुरु भईसकेको छ । सदस्य सचिवको लागि आन्तरिक लबिङ समेत शुरु गरिसकेको छ… पुरा पढौ

मुख्य प्रशिक्षकपछि प्रदेश क्रिकेट प्रशिक्षक छनोट

पोखरा-पोखरामा क्रिकेट प्रशिक्षक नभएको लामै समय भयो । ६० को दशकमा पोखराको क्रिकेटलाई उचाईमा पुर्याउने जिम्मेवारी जगत टमटाको काँधमा थियो । उनको पनि दुईचार वर्षे बसाईपनि राजधानी हुँईकिए । राजधानी हुँईकिएपछि पोखरा क्रिकेट प्रशिक्षकको अभावमा टुहुरो बन्यो । केही समय भैरहवाबाट जंगबहादुर थापा काजमा आएर नसिकाएका पनि होईनन् । तर थापा बर्षदिनपनि बसेनन् । लामो समय प्रशिक्षकविहीन टुहुरा बनेको पोखराले क्रिकेट प्रशिक्षक सम्भव मंसिर भित्रमा पाउने छ । तर पोखरालाई नभई गण्डकी प्रदेशलाई । प्रदेशको केन्द्र विन्दु पोखरामा रहेर नयाँ… पुरा पढौ

लोमान्थाङ फुटबल मैदान बनाउन बजेट माग

पोखरा-हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा खेलग्राम स्थापनाको लागि पहिलो चरणको कार्य पुरा गरिएको छ । फुटबल मैदान निर्माणको लागि छुट्टाइएको १ करोड रुपैयाँको बजेटबाट जमिन सम्याउने देखि पर्खाल लगाउने काम पुरा गरिएको छ । अब छुट्टाइने बजेटबाट मैदानको दक्षिण तर्फ फेन्सिङ लगाउने र उत्तर तर्फ प्यारापिट निर्माण गर्ने योजना रहेको छ । समुद्री सहतदेखि ३ हजार ७ सय ५० मिटरको उचाईमा निर्माणाधिन खेलग्राम गण्डकी प्रदेशकै उचाईको खेलग्राम बन्ने छ । गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टले लोमान्थाङमा बन्ने खेलग्राम सबैभन्दा उचाईको खेलग्राम… पुरा पढौ

मौजामा फुटबल मैदान बनाउनुपर्छ-बोर्ड सदस्य श्रेष्ठ

पोखरा-माथि जंगल छ । तल बस्ती छ । अलि परे हेर्यो भने पोखराको बजार देखिन्छ । त्यतिमात्रै नभई पोखरा रगशाला प्रत्यक्ष नियाल्न सकिन्छ । पोखरा २० मौजामा पोखराकै उचाईमा फुटबल मैदान बन्दै छ । मैदानबाट हिमाल छर्लङ्गै देखिन्छ । मौजामा १७ सय मिटरको उचाईमा फुटबल मैदान निर्माण गर्ने कार्य अगाडि बढाइएको छ । पोखरा महानगरपालिकाले यो आर्थिक वर्षको लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसभन्दा अघि नै ८ लाख रुपैयाँको लागतमा जमिन कटान गरेर सम्याउने काम गरिएको थियो… पुरा पढौ

गण्डकी खेलकुद विधेयक २०७७ प्रमाणीकरण

पोखरा-लामो समयपछि गण्डकी खेलकुद विधेयक बुधबार प्रमाणीकरण गरिएको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेचरनले गण्डकी खेलकुद विकास विधेयक २०७७ लाई बुधबार प्रमाणीकरण गरेका हुन् । प्रमाणीकरण गरेपछि विधेयक ऐनको रुपमा कार्यान्वयनमा आएको छ । शेरचनले बुधबार खेलकुद विधेयकसँगै अन्य विधेयक पनि प्रमाणीकरण गरेका हुन । विधेयक असोजको १४ गते प्रदेश सभाबाट पास गरिसकिएको थियो । ‘खेलकुद विधेयक पास भयो।’ प्रदेश प्रमुख शेरचनका प्रेस सल्लाहकार रुद्र शिरिषले भने–‘खेलकुदसँग अन्य विधेयक समेत प्रदेश प्रमुखबाट प्रमाणीकरण गर्नुभएको छ ।’ विधेयक प्रमाणीकरणसँगै गण्डकी… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाधारले रोकिन्न-सदस्य सचिव

पोखरा-कोरोना कहरकै बीचमा नेपालगन्जमा म्याराथन आयोजना हुदैैं छ । खेलकुद गतिविधि विस्तारै चलायमान हुदैं छ । आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको मिति तय गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने र नहुने दुविधा भईरहेकै बेला राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले कोरोना कहरकै कारणबाट मात्रै राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिने स्पष्ट पारे । पोखरा रंगशालामा सोमबार आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै सिलवालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना बाहेक अन्य कारणले रोकिने अवस्था नरहेको… पुरा पढौ

मंसिर ६ गते छैटौं नेपालगन्ज म्याराथन

नेपालगन्ज-आगामी मंसिर ६ गते छैटौं धारा नेपालगन्ज म्याराथन हुने छ । लामो समयसम्म कोभिड–१९ कै कारण ठप्प भएको खेलकुदलाई पुर्नताजगी गराउने उद्देश्यसहित मंसिर ६ गते छैटौं संस्करणको म्याराथना आयोजना गरिने निर्णय क्रियटिभ ह्याण्ड्सले गरेको छ । क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापन रहने छ । नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिइएको टिम लिडर नेपालगन्ज… पुरा पढौ

पूर्वाधार निर्माणले खेलकुद विकास–मन्त्री सुनार

पोखरा-युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा(सुनार)ले पूर्वाधार निर्माणले नै खेलुकदको विकास हुने बताएका छन् । उनले पूर्वाधार निर्माण नहुदाँ खेलकुदको विकास सम्भब नहुने जिकिर समेत गरे । ‘खेलकुदको विकास हुन पूर्वाधार अनिवार्य चाहिन्छ ’ उनले शनिबार पोखरा–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको उदघाटन गर्दै भने–‘पूर्वाधारसँगै खेलकुदको विकास गर्नुपर्ने आवश्यक छ ।’ मन्त्री विकले ग्रामीण क्षेत्रमा बनाइएको पूर्वाधारले खेलकुदको गतिविधि बढ्ने भन्दै गाउँ गाउँबाट नयाँ खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । सरकारले अहिले खेलकुद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको उल्लेख गर्दै… पुरा पढौ