प्रदेश

खेलकुद विधेयक टेबुल, विधायन समितिमा छलफल

खेलाडी न्युज(पोखरा)-गण्डकी प्रदेशको खेलकुद विकासको लागि प्रदेश सरकारले ल्याउने लागेको ‘गण्डकी खेलकुद विकास ऐन २०७७’ सदनमा टेबुल गरिएको छ । एक महिना लामो संसद अवरुद्ध भएपछि असोजको पहिलो सातादेखि संसद चलेपछि विधयेक सोमबार मात्रै टेबुल गरिएको हो । सामाजिक विकास मन्त्री नरदेवी पुनले विधयेक सदनमा पेश गरेकी हुन् । ‘खेलकुद विधेयक मन्त्रीज्यूले टेबुल गरिसक्नुभएको छ । छलफलको लागि विधायन समितिमा पठाईएको छ ।’ गण्डकी प्रदेश सदस्य राजीव पहारीले भने–‘विधायन समितिमा छलफल गरिदैं छ । छलफलपछि मात्रै सदनमा पेश भएपछि पास… पुरा पढौ

गण्डकी प्रदेश अन्तर्राष्ट्रिय क्रिकेट मैदानको डिपिआर तयार, १ अर्ब १९ करोड लागत अनुमान

खेलाडी न्युज(पोखरा)-वर्षेनी सेतीनदीले किनारको भाग कटान गर्दै लगेको छ । नदी कटान नियन्त्रण नगरिकै क्रिकेट मैदान निर्माण गर्न नुहने जिकिर प्राविधिकले गरेका छन् । प्राविधिकले नदी कटान नियन्त्रण गर्ने तर्फ ध्यान दिनुपर्ने सुझाव दिदैं त्यसको लागि गण्डकी प्रदेश सरकार गम्भीर हुनुपर्नेमा समेत प्राविधिकले आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकारकै बहुवर्षिय एवं बहुप्रतिष्ठित योजनाको रुपमा पोखरा–३३ पशुपतिघाटमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने योजना हो । योजना अनुसार जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार आईसकेको पनि वर्षदिन पुगिसकेको छ । तर मैदान निर्माणस्थललाई… पुरा पढौ

वालिङमा महिला फुटबल आयोजना गरिने

खेलाडी न्युज(याङजा)-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय फुटबल प्रतियोगिता स्याङजाको वालिङस्थित माले बगरमा आयोजना गरिने तय गरिएको छ । आँधीखोला किनारमा रहेको मालेबगर खेल मैदानलाई स्तरोन्नति गरिएपछि महिला राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने निक्र्यौल गरिएको हो । गत वर्ष राष्ट्रिय खेलकुद परिषदले ४० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि मैदानको स्तरोन्नति गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जनाए । ‘४० लाख रुपैयाँले मैदान स्तरोन्नतिसँगै पूर्व तर्फ प्यारापिटसहित चेन्जिङ रुम तथा शौचालय निर्माण गरिएको छ ।’बिहीबार… पुरा पढौ

प्रदेश सरकारको खेलकुद पूर्वाधारका योजना कार्यान्वयनमा चुनौति

खेलाडी न्युज(पोखरा)-उपयुक्त जग्गा छैन् । भेटिएको जग्गामा व्यक्तिको समेत पर्ने भएपछि मुअब्जा तिर्नुपर्ने बाध्यता । अर्को तर्फ नापी नै नभएको जग्गा । गण्डकी प्रदेश सरकारले खेलकुदको योजना पुरा गर्ने आफना महत्वपूर्ण चाहना तत्कालै पुरा हुने सम्भव भने देखिएको छैन् । ‘अन्तराष्ट्रिय क्रिकेट मैदान, प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला, गल्फ कोर्ष, हाईअल्टिच्युड खेल तालिम केन्द्र र एक स्थानीय तह एक खेल मैदान’ गण्डकी प्रदेशका योजना हुन् । तीन वर्षे कार्यकालमा कुनैपनि योजनाले मुर्त रुप लिने सम्भावना देखिएको छैन् । पोखरा रंगशालाभित्रै गल्फ कोर्ष… पुरा पढौ

लोमान्थाङमा फुटबल मैदानसहितको ‘खेलग्राम’

खेलाडी न्युज(मुस्ताङ)-हिमालपारीको जिल्ला मुस्ताङ अब खेलकुदको गन्तव्य बन्ने छ । रहस्यमयी माटोको शहरको रुपमा परिचित मुस्ताङको उपल्लो भाग ‘लोमान्थाङ’ अब खेलकुदको गन्तव्य बन्ने छ । लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिएको छ । ४ हजार ५० मिटरको उचाईमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए । ‘पर्यटन मात्रै होईन, उपल्लो मुस्ताङ खेलकुदको गन्तव्यको… पुरा पढौ

प्रदेश सरकारकै लगानीमा बन्दै ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश सरकारले आफनै लगानीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण गर्ने छ । प्रदेश सरकारले आफनो बहुप्रतिक्षित योजना अनुसार ‘एक अन्तराष्ट्रिय क्रिकेट मैदान’ बनाउने लक्ष्य र योजनालाई आगामी आर्थिक वर्षदेखि शुरु गर्ने जनाएको छ । क्रिकेट मैदान बनाउन प्रदेश सरकारले दुई करोड रुपैया बजेट छुट्टाएको छ । प्रदेश सरकारकै लगानीमा बन्ने पहिलो अन्तराष्ट्रिय क्रिकेट मैदानको लागि जमिनको सर्भे भईसकेको छ । सर्भेसँगै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने जिम्मेवारी काठमाडौंको बीआरएस कन्सल्टेन्सीलाई दिइएको छ । यसै आर्थिक वर्षमा छुट्टाएको ५० लाख मध्येबाट… पुरा पढौ

पवर्तको फलेबासमा एथलेटिक्स ट्रयाकसहितको फुटबल रंगशाला निर्माण गरिदैं

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशाला फुटबल मैदान निर्माणका झण्र्ड डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ । फुटबल मैदानको काम अघि बढाईसकिएको छ । आवश्यक डिपिआरको फाईनल हुन भने बाँकी छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ३० लाख रुपैयाँबाट फुटबल मैदान बनाउन शुरु गरिएको… पुरा पढौ

नवलपुरको कावासोतीमा रंगशालाको डिपिआर बनाउँदै

पोखरा(खेलाडी न्युज)-नवलपुरमा गण्डकी प्रदेशको बैकल्पिक रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ । नवलपुरको कावासोतीमा ट्रयाक एण्ड फिल्डसहितको भौतिक पूर्वाधारयुक्त स्पोर्टस कम्प्लेक्स निर्माण गरिने छ । त्यसको लागि आवश्यक विस्तृत प्रतिवदेन परियोजना(डिपिआर)को अन्तिम चरणमा छ । बैकल्पिक रंगशाला निर्माणपछि ट्रयाक एण्ड फिल्डका प्रतियोगिता आयोजना गर्न सहज हुने छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदान तथा ट्रयाक निर्माण गरिएको छ । अन्य भौतिक पूर्वाधार समेत तयारी छ । अन्य जिल्लामा पूर्वाधार नहुदाँ राष्ट्रियस्तरका प्रतियोगिता पोखराबाट प्रदेशकै अन्य… पुरा पढौ

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेट, खेलकुदलाई ८ करोड ३५ लाख, नवौंलाई १ करोड ५० लाख

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरे । प्रदेशले अघिल्लो वर्ष खेलकुदका विभिन्न योजनाहरुलाई कार्यान्वयनमा लैजान नसक्दा बजेट सबै फ्रिज हुन पुगेको थियो । क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाएको थियो । लेखनाथस्थित भण्डारढीक… पुरा पढौ

नवलपुरमा आधा दर्जन कभर्डहल

पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशका ११ जिल्लामा कभर्ड हल छन् । केही सञ्चालन छन् । केही निर्माणको अन्तिम चरणमा त केही निर्माणकै चरणमा छन् । कतिपयमा पुरानोलाई यथावत राख्दै नयाँ बनाउन शुरु गरिएको छ । जिल्लामा इण्डोर र सेमी इण्डोरहरु छन् । राष्ट्रिय खेलकुद परिषदले नयाँ हल निर्माणमा जुटिरहेको छ । कास्कीमा चार वटा हल छन् । पोखरा रंगशालाभित्र बहुउद्देश्यीय कभर्ड हल छ । जुन १६ करोड ३५ लाखमा निर्माण गरिएको हो । दर्शक क्षमता २ हजारको छ । त्यही हलमा १३… पुरा पढौ