प्रदेश

बगरभाइ खलक र हिमालयन ब्रअरी बीच पाँच वर्षे सम्झौता

पोखरा-पोखरामा भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको शुरुवात गरेको बगर भाइखलकले झण्डै एकदशकपछि मुख्य प्रायोजक पाएको छ । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम’ अभियानसँगै भेट्रान्स फुटबल प्रतियोगिताको जग बसालेको बगर भाइखलकलाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ । ब्रुअरी र बगर भाइखलक बीच पाँच वर्षे सम्झौता भएको हो । मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । बगर भाइखलकले उमेर ढल्कदै गएपछि स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने सन्देशसँगै युवापुस्तालाई खेलकुदप्रति अभिप्रेरित गर्दै आएको छ । चौधरी ग्रुपको मुख्य उत्पादन हिमालयन… पुरा पढौ

‘नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं– मेयर बिष्ट

नेपालगन्ज–नेपालन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफु प्रतिबद्ध रहेको बताएका छन् । नेपालकै पहिलो एम्स सर्टिफाइड म्याराथन बन्न सफल भएकोमा खुशी र गौरवको अनुभुति भएको बताउँदै प्रमुख बिष्टले नेपालगन्ज म्याराथन सहरको परिचय भएको हुँदा यसलाई अन्तर्राष्ट्रियकरण गर्न उपमहानगरपालिकाले अभिभावकत्व लिन तयार रहेको बताए । ‘आर्थिक, नैतिक र प्राविधिक हरेक पक्षमा साझेदारी गर्न उपमहानगरपालिका तयार छ ।’ प्रमुख बिष्टले भने–‘म्याराथनलाई सामान्य दौडका रुपमा मात्र लिएको थिएँ, तर यसको दायरा निकै फराकिलो रहेछ, सम्भावना रहेछ, हामी हरेक पाटोमा… पुरा पढौ

ए.बि.सी एटए साईडको उपाधि फ्रिडम ढोलाहिटीलाई

पोखरा,-प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको फ्रिडम ढोलाहिटीले जितेको छ । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको शनिबार पोखराको अमरसिंह माविको खेलमैदानमा सम्पन्न फाईनलमा फ्रिडमले नाईटकिंग्स सानो गौचरनलाई २–० गोल अन्तरले पराजित गर्दै १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहितको उपाधि जितेको हो । अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल निकै प्रतिस्पर्धात्मक बन्ने अपेक्षा दर्शकले गरेका थिए । पहिलो हाफमै पाएको पेनाल्टीले फ्रिडमलाई अग्रताको लियो । ६ मिनेटमा सानो गौचरनका प्रदीप लामाले फ्रिडमका… पुरा पढौ

सेमिफाईनल समीकरण पुरा

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको शुक्रबार सेमिफाईनल समीकरण पुरा भएको छ । शुक्रबार पोखराको अमरसिंह माविको खेल मैदानमा भएको पहिलो क्वार्टरफाईनलमा एक्स पोखरालाई १–० गोलले पराजित गर्दै हेटौडा भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । खेलको २८ औं मिनेटमा अनुप लामाको गोल निर्णयक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।दोस्रो क्र्वाटर फाईनल खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले चितवन भेट्रान्सलाई ३–१ गोलले हराउँदै सेमिफाईनल सुरक्षित गर्यो । खेलमा… पुरा पढौ

आयोजकका दुबै टोली पराजित

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबाट आयोजकका दुवै टोलीले सुखद नजिता आत्मसात गर्न सकेनन् । दुवै टोली बाहिरिदाँ अन्तिम आठमा प्रवेश गर्ने सपना अधुरै रह्यो । ४५ वर्षमाथिको उमेर समूहको पहिलो पटक आयोजित एटए साईड फुटबलमा आयोजकका दुबै टोली पराजित हुन पुगे । बलियो टोली मानिएको ए.बि.सी निलो पेनाल्टी सुटआउटमा पराजित हुदैं बाहिरिन पुग्यो । उदघाटन खेलमा आयोजक ए.बि.सी निलो र एक्स वारियरको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय गोलरहित टुंगिएको… पुरा पढौ

सहारा एकेडेमीलाई केसी परिवारद्वारा सहयोग हस्तान्त्रण

पोखरा-स्व. सुर्यबहादुर केसी परिवारले सहारा एकेडेमीलाई १५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । केसी परिवारको एकेडेमीलाई सहयोग यो दोस्रो पटक हो । गत वर्ष पनि केसी परिवारले एकेडेमीलाई १५ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरणसँगै सहारा एकेडेमीको नाम ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी राखिएको थियो । बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाईसहयोग गरेको हो । केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ… पुरा पढौ

गण्डकीको दोस्रो जित

पोखरा-गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोतिगामा दोस्रो जित आत्मसात गरेको छ । जितसँगै गण्डकीले सेमिफाईनलको सम्भावनालाई बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार टस हारेर व्याटिङको निम्तो पाएको गण्डकीले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर अर्जुन कुमाल र समीर कँडेलले २३ रनको साझेदारी गरे समीर व्यक्तिगत ४ रनमा खेलिरहँदा दिनेश अधिकारीको बलमा आउट भएपछि गण्डकीलाई पहिलो झ्टका लाग्यो । तर दोस्रो विकेटको… पुरा पढौ

बुल्समेन क्लबद्वारा खेलाडीलाई नगदसहित सम्मान

पोखरा-बुल्समेन क्लब रामघाट पोखराले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनमा पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । मंगलबार विशेष कार्यक्रम गर्दै क्लबले पोखरामै आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा शारीरिक सुगठनमा स्वर्ण पदक विजेता विवेक हमाल(५५ केजी तौल समूह) र १७० सेमी मुनिको मेन्स फिजिक्समा स्वर्ण पदक जितेका प्रदीप रेग्मीलाई नगदसहित सम्मान गरेको हो । स्वर्ण पदक विजेता दुवैलाई क्लबले नगद ५ हजारसहित सम्मानपत्रबाट सम्मान गरेको हो । क्लबले राष्ट्रिय खेलकुद प्रतियोगितामा फुलकन्ट्याक्ट कराँतेमा रजत पदक विजेता रुपक नेपाली, शारीरिक सुगठनमै… पुरा पढौ

एमसिसीमाथि क्यान–११ को क्लिनस्वीप

पोखरा-नेपाल भ्रमणमा रहेको इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) महिला क्रिकेट टीम माथि नेपालको क्यान–११ ले मैत्रीपूर्ण प्रतिस्पर्धामा क्लिनस्वीप गरेको छ । मंगलबार अन्तिम दिनको एकदिवसीय खेलमा क्यान ११ ले एमसिसीलाई २ विकेटले पराजित गर्दै क्लिनस्वीप गरेको हो । क्यान ११ ले टी–२० मा समेत एमसिसीलाई पराजित गरेको थियो । मेरिलेबोन क्रिकेट क्लब(एमसिसी)ले नेपाल क्रिकेट संघ(क्यान) ११ लाई जितको लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा क्यान ११ ले छ विकेटको क्षतिमा ८ विकेटको क्षतिमा ३९… पुरा पढौ

प्रथम ए.बि.सी एटए साईड राष्ट्रिय भेट्रान्स फुटबल

पोखरा-फुटबलमा लामो समयदेखि सक्रिय रहँदैआएको अमरसिंह ब्वाईज क्लबले पहिलो पटक एट ए साईड फुटबल प्रतियोगिता आयोजनाको जमर्को गरेको छ । अमरसिंह ब्वाईज क्लबले प्रथम एबिसी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्ने अन्तिम तयारीमा जुटेको छ । पोखराको अमरसिंहचोकस्थित अमरसिंहमाविको खेल मैदानलाई आवश्यक मर्मत सम्भार गरी आवश्यक तयारीलाई अन्तिम रुप दिईसकेको छ । प्रतियोगिता यही कार्तिक १७ गते बिहीबारदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी… पुरा पढौ