प्रदेश

टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

पोखरा- टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव… पुरा पढौ

शारीरिक सुगठनको ५५ केजीमा गण्डकीका विवेकलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाउनुप¥यो । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छौट गरिएको थियो । प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश फोम्बो छनोट भएका थिए… पुरा पढौ

प्याराग्लाईडिङ खेलाडी खसेर मृत्यु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङको क्रसकन्ट्री इभेण्टमा सहभागि खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ । पोखराको सराङकोटबाट उडेको प्याराग्लाईडिङ पाईलट क्रसकन्ट्री इभेण्टमा प्रतिस्पर्धामा थिए । उनी त्रिभुवन आर्मीबाट सहभागि थिए ।आकाशमा उडिरहेको अवस्थामा झण्डै एकसय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षिय थापाको पोखराको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पुरा पढौ

सेपाकताक्रोको महिला पुरुष डबलतर्फको दुवै स्वर्ण आर्मीलाई

पाोखरा-पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो । आर्मीका लागि पुरुष डबलतर्फ अनिल जर्घा मगर, रोशन तामाङ्ग र दिपेश जंग थापाले स्वर्ण दिलाए । पुरुषतर्फ रजत पदक प्रदेश नं १ र कास्य पदक पदक बागमतीले हात पारेका छन् । महिला डबलतर्फ पनि आर्मीले वाग्मती प्रदेशलाई २–० को सोझो… पुरा पढौ

रोड रेस गर्ने ठाँउ अझै अन्यौल

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साईक्लिङको रोड रेसको इभेण्ट सञ्चालन गर्ने स्थल पहिचान नहुदाँ अन्यौल बढेको छ । खेलस्थलको अझै ठेगान नहुदाँ खेलाडीहरु पनि दुविधामा परेका छन् । रोड रेस अन्तर्गत दुई इभेण्ट हुन्छन् । टाईम ट्रायल र मास गरी दुई इभेण्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनका अनुसार रोड रेस कहाँ गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन् । प्रस्तावित गरिएको हेमजामा सवारी साधन आवातजावत रोक्नुपर्ने माग संघले गरेको छ । तर सुरक्षा… पुरा पढौ

एथलेटिक्स ४ सय मिटर हडल्समा थारुको कीर्तिमानसहित स्वर्ण

पोखरा-पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आइतबार दुई नयाँ कीर्तिमान कायम गरेको छ । पोखरा रंगशालाको ट्रयाकमा बिहान भएको ४ सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । जयरानीले निर्धारित दुरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७.२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । महिला हडल्मा यस स्पर्धामा एपीएफकी भागीरथी थारुले १ मिनेट ०६.०६ सेकेन्डमा… पुरा पढौ

आइटिएफमा गण्डकीलाई एक स्वर्ण

पोखरा-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागलुङमा सुरु भएको आइटिएफ तेक्वान्दो अन्तर्गत एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन स्वर्ण पदक जितेको छ । गण्डकी प्रदेशको नाममा एक स्वर्ण लेखिएको छ । नेपाली सेनाका धनसिँह परियार, सेनाकै भीमबहादुर तामाङ र निलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हाँसिल गरेका छन् । नीलो पेटीमा प्याट्रनतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण… पुरा पढौ

फुलकन्ट्याक्ट कराँतेमा गण्डकीलाई तीन स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेशले तीन स्वर्ण पदक जितेको छ । शनिबार राती अबेर भएको प्रतिस्पर्धामा ४० केजी तौल समूहमा गण्डकीका अभिषेक डिङडुङ तामाङले स्वर्ण पदक जितेका छन् । ५० केजी तौल समूहमा अनिष बुढामगरले स्वर्ण पदक दिलाए । त्यस्तै अर्को स्वर्ण पदक भने महिला तर्फ ५५ केजी तौलमा धनी रानामगरले जित्न सफल भईन् । पदकको आशा गरिएको रुपक नेपाली भने रजत पदकमा खुम्चिएका छन् । ६५ केजी तौल समूहमा शिव भुजेलले पनि रजत पदकमै… पुरा पढौ

पौडीमा डंगोललाई तीन स्वर्ण, तेन्जिङको राष्ट्रिय कीर्तिमान

पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण पदक जितेकी छन्। पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी छन् । डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्न् । उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन् । आर्मीकी डुवाना लामाले ३२ः१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले ३२ः५२ मिनेटसहित कास्य जितिन् ।त्यस्तै १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट… पुरा पढौ

टेनिसमा गण्डकी प्रदेश फाइनलमा

पोखरा-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको टिम इभेन्टतर्फको प्रतिस्पर्धामा आयोजक गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।नेपालको शीर्ष बरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र विभागीय नेपाली सेनाले टोलीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका हुन् । यसैगरी महिलातर्फ नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफले फाइनलमा स्थान बनाउन सफल भए ।पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको खेलमा टिम इभेन्टको पुरुष सिँगल विधामा गण्डकीका खड्काले सशस्त्रका सन्तोष खत्रीलाई ६–३,६–३ सेटमा पराजित गरे । यसैगरी गण्डकीका अनिल शाही र सशस्त्रका आयुस्मान घलेबीचको खेलमा… पुरा पढौ