प्रदेश

पोखरामा शनिबार दोस्रो फिस्टेल ट्रेल रेस

पोखरा-शनिबार पोखरामा फिस्टेल ट्रेल रेस(म्याराथन) शुरु हुदैै छ । कोरोनाले थलिएको खेलकुद पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यसहित फिस्टेल ट्रेल रेस आयोजना गरिएको हिमालयन ट्रेल रनिङ प्रालिले जनाएको छ । हिमालयन ट्रेल रनिङ प्रालिले यो वर्ष तीन इभेण्टमा प्रतिस्पर्धा गराउने प्रालिका व्यवस्थापक दिपक भट्टले जानकारी दिए । उनका अनुसार रेसले पोखराको स्पोर्टस टुरिज्मलाई प्रवद्र्धन गर्ने विश्वास छ । ४२ किलोमिटरको मुख्य रेस हुने छ । त्यसपछि २१ किलोमिटर र ५ किलोमिटरको रेस गरी तीन इभेण्टमा प्रतिस्पर्धा हुने उनको भनाई थियो ।… पुरा पढौ

डबल्स तर्फ नेपालीको उत्कृष्ट प्रदर्शन

पोखरा-नेपालकी महिला शीर्ष बरियताकी सलोनी तामाङले बिहीबार पोखरा रंगशाला टेनिस कोर्टमा भारतीय खेलाडीलाई पराजित गर्दै च्याम्पियन बन्ने लक्ष्यमा उभिएकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत बिहीबार तामाङले भारतीय खेलाडी तनुश्री पाण्डेलाई सोझो सेटमा पन्छाईन् । पहिलो सेटमा ६–३ले आफनो पक्षमा पारेकी उनले दोस्रो सेट ६–१ले पराजित गर्दै उपाधि यात्रामा अगाडि बढिन् । यसैगरी डबल्स तर्फ नेपाली जोडीले सफलता प्राप्त गर्ने क्रममा महिला र पुरुष दुवै टोलीले भारतीय टोलीले पराजित गरेको थियो… पुरा पढौ

मनाङमा मनाङ जिल्ला लिग फुटबल शुरु

पोखरा-अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यतालिका अनुसार मनाङमा मनाङ जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । मनाङ फुटबल संघको आयोजना दोस्रो पटक लिग आयोजना गरिएको हो । मनाङमा कोरोना संक्रमण अघि २०७६ सालमै पहिलो पटक जिल्ला लिग आयोजना गरिएको थियो । मनाङको तिमाङस्थित फुटबल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा हिमालयन युवा क्लबले चामे युवा समूहलाई १–० ले पराजित गर्दै लिगको सुखद शुरुवात गर्यो । खेलको २५ औं मिनेटमा कर्ण गुरुङ गोल निर्णायक हुदाँ हिमालयनले लिगमा तीन अंक जोड्यो । प्रतियोगितामा मनाङ… पुरा पढौ

गण्डकी प्रदेशको दोस्रो जित

पोखरा अर्जुन कुमालको व्याटिङ र कमल परियारको बलिङ प्रेरित गण्डकी प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशले प्रदेश नं २ लाई ५५ रनले पराजित गर्दै दोस्रो जित निकाल्दा परियार प्लेयर अफ दि म्याच घोषित भए । रोशन विक र तीर्थराज दासको जोडीलाई किरण पौडेलको बलमा कमल परियारले क्याच गरेपछि साझेदारी टुटेपछि प्रदेश नं २ कमजोर बन्न पुग्यो । रोशन विक २३ रनमा पभेलियन फर्किएपछि धर्मराएको प्रदेश २ लाई… पुरा पढौ

कर्णालीमाथि गण्डकीको ३ विकेटको जित

पोखरा-दिपक डुम्रेको उत्कृष्ट व्याटिङ प्रेरित गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । वाई वाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अघिल्लो दुई खेलमा पराजित गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै जित आत्मसात गर्यो । कर्णालीले दिएको ११४ रनको लक्ष्यलाई गण्डकी प्रदेशले ७ विकेटको क्षतिमा पुरा गर्ने क्रममा २६.५ ओभरमा पुरा गर्यो । दिपक डुम्रेले तेस्रो नम्बरमा आउँदै ३४ रनको उत्कृष्ट प्रदर्शन गरेपछि गण्डकीले सहज जित पछ्याएको थियो । ओपनरद्वय मिलन क्षत्री र अर्जुन कुमाललाई ४ र १४… पुरा पढौ

पुम्दीको उल्लेरीमा सेभेन ए साईड फुटबल प्रतियोगिता

पोखरा-पोखरा–२२ पुम्दीभुम्दीको उल्लेरीमा पहिलो पटक सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना हुदैं छ । गाम्रीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित उल्लेरी युवा क्लबले गाउँमै पहिलो पटक सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको हो । १६ सय मिटरको उचाईमा रहेको उल्लेरीस्थित खेल मैदानमा यही मंसिर २२ गतेदेखि २५ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताका संयोजक यामबहादुर गुरुङले जानकारी दिए । क्लबका अध्यक्ष जीवन गुरुङका अनुसार चारदिने फुटबल प्रतियोगिताले कोरोनाले थलिएको ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ । गाँउमा… पुरा पढौ

गण्डकी प्रदेशको कमजोर प्रदर्शन, बाग्मतीसँग फराकिलो हार

पोखरा-पहिलो खेलमा लज्जास्पद हार व्यहोरेको गण्डकी प्रदेशले वाई वाई यु- १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो खेल पनि बाग्मती प्रदेशसँग सहजै पराजित भएको छ । अघिल्लो खेल भन्दा बाग्मती प्रदेशसँग सुधारिएको प्रदर्शन गरेपनि अधिकांश व्याटरको प्रदर्शन भने कमजोर देखियो । बाग्मती प्रदेशले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेश केवल १३८ रनमै समेटिएको थियो । बाग्मतीका मध्यक्रमका व्याटर विवेक रानामगरको अर्धशतकीय पारीको योगदानमा गण्डकीलाई २१४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । पाँचौं नम्बरमा आएका मगरले १११ बल खेल्दै ११… पुरा पढौ

खेलकुद नियमावली अघि नै जिल्ला गठन अबैधानिक–मन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदको लागि बजेट छुट्टाएको छ । छुट्टाएको बजेट सम्बन्धित जिल्लालाई भने पठाइएको छैन् । प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बजेट नपठाउनुको एउटै कारण छ–‘गठित जिल्ला खेलकुद विकास समिति अवैध ।’ तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको गण्डकी प्रदेशका ११ जिल्लाको जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको नियुक्त अवैध ठहर्याउँदै युवा तथा खेलकुद मन्त्रालयले बजेट पठाउन नसकेको उल्लेख गरेको छ । छुट्टाइएको बजेट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । केवल ५० लाख रुपैयाँ मात्रै छ । ५०… पुरा पढौ

क्रिकेटमा उदाउँदै स्याङजा

पोखरा-गण्डकी प्रदेशले क्रिकेटमा नयाँ च्याम्पियन पाएको छ । क्रिकेटमा कास्कीको बर्चस्वलाई तोड्दै स्याङजाले उमेर समूहको च्याम्पियनसिपको ताज लगाएको छ । च्याम्पियन अब कास्कीबाट स्याङजा झरेको हो । क्रिकेटको पूर्वाधारले व्याप्त कास्कीको क्रिकेट विस्तारै खस्कदै गएको वाई वाई यु–१९ गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता नतिजाले प्रष्ट्याएको छ । स्याङजालाई ३ विकेटले पराजित गरेको कास्की च्याम्पियन बन्ने हकदारबाट अन्तत टाढै रह्यो । मैदान छ । प्राक्टिसको लागि नेट्स छ । प्रशिक्षक भने छैन् । गण्डकी प्रदेशकै चारै जिल्लामा क्रिकेट प्रशिक्षक छैनन् ।… पुरा पढौ

तनहुँलाई पराजित गर्दै नवलपुरको सुखद अन्त्य

पोखरा-तनहुँलाई ८ विकेटले पराजित गर्दै नवलपुरले दोस्रो निकाल्दैं गण्डकी प्रदेश यु–१९ क्रिकेट छनोट प्रतियोगिताको सुखद अन्त्य गरेको छ । टस हारेर व्याटिङ गरेको तनहुँले २६.५ ओभर खेल्दै ८७ रनमा समेटिएको थियो । ८८ रनको लक्ष्यलाई नवलपुरले २ विकेटको क्षतिमा पुरा गर्ने क्रममा २२.४ ओभर खेल्यो । प्रमिश अर्यालले ३२ रनको उत्कृष्ट शुरुवात गरेपछि नवलपुरले जितको लक्ष्य पछ्याउन सहज भएको थियो । अर्यालले ६१ बल खेल्दै ५ चौका हान्दै गतिलो शुरुवाती गरिदिए । गोविन्द विकलाई २ रनमा गुमाएको नवलपुरले ३२ रनमा… पुरा पढौ