प्रदेश

सलोनी र सर्वाणी उपाधि प्रतिस्पर्धा

पोखरा-सलोनी तामाङ र सर्वाणी श्रेष्ठ बीच आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिप अन्तर्गत दोस्रो सर्किटको फाईलनमा भिड्ने छन् । शुक्रबार उनीहरुले आफना प्रतिस्पर्धीलाई पन्छाउँदै च्याम्पियन बन्ने धुनमा रहदाँ पुरुष तर्फ भने स्वीडेनका एमिलियो जेलकोस्कीले हंगेरीका लोरेन्ट ग्योरीसँग प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित महिला तर्फको पहिलो सेमिफाईनलमा शीर्ष बरियताकी अभिलाषा विष्ट ५-० पछि परेको अवस्थामा खेल त्याग्न पुगिन् । विष्टले सर्वाणी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै थिईन् । त्यस्तै दोस्रो सेमिफाईनलमा सलोनीले भारतीय खेलाडी रिया दुगडलाई सोझो… पुरा पढौ

खेल पर्यटन प्रवद्र्धनमा मन्त्री बरालको जोड

पोखरा-गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो आधार बनाएको भन्दै खेल पर्यटनलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिप हेर्न पुगेका अर्थमन्त्री बरालले निजी क्षेत्र विना खेल र पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न नसकिने स्पष्ट पारे । मन्त्री बरालले सरकारको थोरै पुँजीलाई उचित ढंगले सदुपयोग गरी निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताए । मन्त्री बराल समक्ष प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, कास्की जिल्ला टेनिस… पुरा पढौ

भलिबल, बास्केटलबल र व्याण्डमिन्टनमा फोकस, एथलेटिक्स शून्य

पोखरा-खेलकुदको जग मानिएको विद्यालयस्तरीय प्रतियोगिता निकै कम हुन्छन् । सामूदायिक विद्यालयको समेत सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड । संस्थागत विद्यालयको छाता संगठनले आयोजना गर्ने प्याब्सन र एन प्याब्सन स्पोर्टस मिट । वर्षमा यी बाहेक अन्य विद्यालयस्तरीय प्रतिस्पर्धा हुदैन् । प्याब्सनले दुई–दुई वर्षमा स्पोर्टस मिट आयोजना गर्छ । एनप्याब्सनले वर्षेनी स्पोर्टस मिटलाई क्यालेण्डरमा राखेको छ । संस्थागत विद्यालयले भलिबल, बास्केटल, टेबलटेनिस र व्याडमिन्टनलाई बढी प्राथमिकता दिने गरेका छन् । विद्यालयमा ती बाहेक अन्य खेलका पूर्वाधार खासै हुदैनन् । पूर्वाधार मात्रै होईन… पुरा पढौ

पुस तेस्रो साता गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता

पोखरा-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पोखरा रंगशाला आर्चरी मैदानमा प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजनाको तयारी गरिएको छ । ् कास्की जिल्ला आर्चरी संघको आयोजनामा आगामी पुषको तेस्रो साता प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रदेशस्तरीय प्रतियोगितासँगै ६० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतियोगितालाई समेत संघले पहिलो पटक समावेश गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालााई लक्षित गर्दै आगामी पुष २३ र २४ गते पोखरा आर्चरी मैदानमा प्रतिस्पर्धा हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनका… पुरा पढौ

एचआईभी-एड्स विरुद्ध खेलकुद अन्तरक्रिया

काठमाडौं- नेपाल लागू पदार्थ तथा एड्स विरुद्ध खेलकुद महासंघको आयोजनामा एचआईभी÷एड्स विरुद्ध खेलकुद अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । ३४ औं विश्व एड्स दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एड्स विरुद्ध सबैमा सचेतना र सतर्कताको भावना जातृत हुन आवश्यक रहेको बताए । खेलकुद मन्त्रालयका सचिव डा। दोमादर रेग्मीले एड्स विरुद्ध सचेतनाको सन्देश प्रवाह गर्न खेलकुद पनि महत्वपूर्ण क्षेत्र बन्न सक्ने धारणा व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ… पुरा पढौ

‘ए’ डिभिजन लिग : आज एक खेल

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।  ब्रिगेड र आर्मीबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । बलियो टिम आर्मीविरुद्ध मैदान उत्रदा ब्रिगेड दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड दुई खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३-२ गोल अन्तरले… पुरा पढौ

लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौ । वाई–वाई यू–१९ राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । फाइनल खेल बिहान ९ बजे सुरु हुनेछ । राउन्ड रोविन आधारमा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशले ६ मध्ये ५ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । सुदुरपश्चिमले ६ मध्ये ४ खेलमा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहदै लुम्बिनीसँगको फाइनल भिड्न्त पक्का गरेको थियो । पुरा पढौ

नेपालका लामा र बेलायतकी माउण्टजोय च्याम्पियन

पोखरा- पोखरामा आयोजित ४२ किलोमिटरको फिस्टेल ट्रेल रेस(म्याराथन)मा नेपाली धावक च्याम्पियन बनेका छ् । शनिबार भएको प्रतिस्पर्धामा नेपाली धावक तस्बिर लामाले ४ घण्टा १५ मिनेट ५४ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । त्यसैगरी अर्जुनकुलुङ राईले ४ घण्टा १८ मिनेट ४९ सेकेण्डमा पुरा गर्दै दोस्रो बने । तेस्रो स्थानमा नेपालकै धावक महेश थापा रहे । उनले ४ घण्टा ५३ मिनेट ०९ सेकेण्डमा पुरा गरेका थिए । चौथो स्थानमा स्वीट्जरल्याण्डका धावक डानियल लिसर आए । उनले दौडलाई ५ घण्टा २७ मिनेट… पुरा पढौ

तामाङ र जेलकोस्की च्याम्पियन

पोखरा-नेपालकी शीर्ष बरियताकी सलोनी तामाङ पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को फष्र्ट सर्किट च्याम्पियन बनेकी छन् । उनले शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा भारतीय खेलाडी नेहा नागपाललाई ७–५ र ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । पहिलो सेटमा केही कठिनाई भएपनि दोस्रो सेट भने सलोनीले सहजै आफनो पक्षमा पारेकी थिईन् । पुरुष तर्फको भने स्वीडेनका एमिलियो जेलकोस्कीले भारतीय खेलाडी दाकस प्रसादलाई पराजित गर्दैै च्याम्पियन बनेका हुन् । एमिलियोले दासकलाई ६–२, ५–७ र… पुरा पढौ

कार्कीको २ सय २५ किलोमिटर दौड

काठमाडौं-लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् । गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् । मंसिर २० गतेदेखि सुरु हुने छ । पहिलो दिनको दौड नेपालथोकमा पुगेर टुंगिने छ । दोश्रो दिनको दौड यात्रा कमलामाई नगरपालिकासम्म हुने छ भने तेश्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिरमा पुगेपछि दौड सम्पन्न हुने छ । दौड एकतर्फी मात्र हुने छ… पुरा पढौ