प्रदेश

महिला क्रिकेटःसशस्त्र प्रहरी फाईनल

पोखरा–ज्योति पाण्डको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ..रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनलमा टस हारेको सशस्त्रले १२९ रनको योगफल तयार पार्यो । पाण्डेले ओपनिङ गर्दै ६१ बल खेल्दै ६९ रनमा अविजित रहिन् । उनले ७ चौका हिर्काईन् । सशस्त्र प्रहरीले २० रनको योगफल बनाउँदा पहिलो विकेटको रुपमा सीता राना मगरलाई गुमाएको थियो… पुरा पढौ

टेवल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण

पोखरा-पोखरामा जारी नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेवल टेनिस प्रतियोगिताका पाँचवटा ईभेन्ट सम्पन्न भएकोमा ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्स तर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ । सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा ईभेन्टसको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीले जितेको हो ।सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३­ –१, ११ –८, ११ –५, ११ –१३,११–६ को ३–१… पुरा पढौ

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापाले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । थापाको यो ह्याट्रिक पदक हो । उनले सातौ, आठौंमा समेत स्वर्ण पदक जितेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा थापाले १२–१० मा लिदैं अगाडि बढे । दोस्रो सेटमा ८–११ ले गुमाए । तेस्रो सेटमा १२–१० स्कोरमा लिएर २–१ को सेटमा रहे । तर चौथो सेटमा… पुरा पढौ

आर्मीलाई दुई स्वर्ण, कर्णालीलाई पहिलो स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्ट मध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ । ११० मिटर हर्डल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते । १०० मिटर हर्डल्स महिला आर्मीकी जयरानी… पुरा पढौ

आर्मी शीर्षस्थानमा, गण्डकी पाँचौमा

पोखरा-पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी शीर्षस्थानमा छ । घरेलु प्रदेश गण्डकी भने पाँचौस्थानमा छ । हालसम्म ८७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो स्थानमा विभागी टोली एपिएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य पदक जितेको छ । त्यसैगरी तेस्रो स्थानमा अर्को विभागीय टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक जितेको छ । चौथो स्थानमा… पुरा पढौ

गण्डकी टिम च्याम्पियन,आर्मी दोस्रो

पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँतेमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । आईतबार दिउँसो रोकिएको ४० केजी तौल समूह महिला तर्फको खेल सञ्चालन भएको थियो । खेलमा गण्डकीकी पुष्पा कुँवरले सुदुर पश्चिम प्रदेशकी गरिमा पार्कीलाई पराजित गर्दै स्वर्ण जितिन् । उनको स्वर्णसँगै गण्डकी प्रदेश टिम च्याम्पियन बन्यो । त्रिभुवन आर्मी तीन स्वर्णसहित दोस्रो स्थानमा रह्यो । गण्डकीले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्यो । पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिसेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई… पुरा पढौ

शारीरिक सुगठनमा गण्डकी र आर्मीलाई दुई/दुई स्वर्ण

पोखरा, -नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको छ । गण्डकीसँगै त्रिभुवन आर्मीले दुई स्वर्ण जित्दा नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको हो । गण्डकीले ५५ र ६५ किलो समुहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समुहमा स्वर्ण हात पारेको हो । पुलिसले ६० किलो तौल समुहमा स्वर्ण जितेको हो । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र… पुरा पढौ

महिला बास्केटबलमा सुदुरपश्चिम प्रदेश विजयी

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजय हासिल गरेको छ ।आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदुरपश्चिम विजयी भएको हो । प्रतियोगिताको पहिलो चरणमा सुदुरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुबै टिमले ६–६ अकं जोडेको थियो । अन्तिम चरणमा भने सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अकं जोडदै मधेस प्रदेशलाई… पुरा पढौ

क्रस कन्ट्री बागमती र एपिएफलाई एक÷ एक स्वर्ण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइतबार भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक÷एक स्वर्ण पदक जितेका छन् । पोखराको रानीबनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै बागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् । त्यस्तै उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन् । त्यसैगरि १ घण्टा २० मिनेट ०४… पुरा पढौ

महिला क्रिकेटःपुलिस, लुम्बिनी, सशस्त्र र बागमती सेमीफाईनलमा

पोखरा-नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको सेमीफाईनल समीकरण पुरा भएको छ । सेमीफाईनलमा समूह एबाट सशस्त्र प्रहरी बल र बाग्मती प्रदेश विजेता तथा उपविजेता हुदैं सेमीफाईनल प्रवेश गरेको छ । समूह बीबाट नेपाल पुलिस र लुम्बिनी प्रदेश विजेता तथा उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । लुम्बिनी प्रदेश र प्रदेश १ बी समान ३÷३ अंक भएपनि नेटरनरेटको आधारमा लुम्बिनी प्रदेश सेमीफाईनल सुरक्षित गरेका हुन् । पोखरा रंगशालामा आईतबार भएको प्रतिस्पर्धामा बागमती प्रदेशले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै… पुरा पढौ