मुख्य समाचार

तारा खेलमा म्याग्दी च्याम्पियन

मनाङ-हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल(धनुष बाँण) ऐतिहासिक हो । ऐतिहासिक खेलको प्रवद्र्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ । तारा खास गरी हतियारको रुपमा प्रयोग गरिन्थ्यो । विस्तारै हतियारबाट प्रदर्शनको रुपमा अगाडि बढ्यो । खास गरी छन्त्याल समाज, थकाली सेवा समिति, मगर, मार्फा थकाली समाज, तीन गाँउले थकाली, पुन समाज, ताङ्वे सेवा समाज, बाह्रगाँउले, छुसाङ, गुरुङ लगायतका जातिले तारा खेल्ने गरेका छन् । त्यसपछि खेलको रुपमा विकास हुन पुग्यो । परम्परागत खेलको विकास, संरक्षण र प्रवद्र्धन… पुरा पढौ

मनाङमा परम्परागत घोडा दौड, सोनाम प्रथम

मनाङ-मनाङमा पहिलो पटक परम्परागत खेल घोडा दौड आयोजना गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित घोडा दौडमा सोनाम गुरुङ प्रथम भएका छन् । झण्डै तीन किलोमिटर दौडमा ५ जना प्रतिस्पर्धीले सहभागिता जनाएको थिए ।दोस्रो स्थानमा कर्मटासी गुरुङ, तेस्रो स्थानमा कर्माक्षेत्र गुरुङ आउँदा कुमार गुरुङ चौथो स्थानमा रहे । घोडा दौड विजेताले नगद ७५ हजार पाउँदा दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले हिमाली जिल्लाको… पुरा पढौ

प्रथम राष्ट्रिय नाईन ए साईड भेट्रानको उपाधि संगम बीलाई

पोखरा-संगमी बीले सानो गौचरनलाई ३–० गोलले पराजित गर्दै प्रथम राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरा रंगशाला फुटबल मैदानमा भएको फाईनल खेलमा संगमी बीले एक पक्षीय नजिता निकाल्दै तीन लाख नगद राशीको उपाधि रक्षा गर्यो । पानीले प्रभावित बनाएको खेलमा संगम बीले खेलको २० औं मिनेटमा गोलको अग्रता लिदैं सानो गौचरनमाथि दबाव बनायो । लालबहादुर खत्रीको व्याकहिल गोलमा परिणत भएपछि संगमले स्पष्ट अग्रता लिएको थियो । दोस्रो गोल… पुरा पढौ

संगम बी र सानो गौचरन बीच नाईन ए साईड उपाधि प्रतिस्पर्धा

पोखरा-पोखरा संगम बी र काठमाडौंको सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा सानो गौचरनले चितवन भेट्रानलाई पराजित गर्दै उपाधि निकट पुगेको हो । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा सञ्चालित प्रतियोगितामा अन्तर्गत सोमबार पहिलो सेमिफाईनलमा संगम बीले बगर भाइखलकलाई ३–१ गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । संगमका लागि प्लेयर अफ दि म्याच… पुरा पढौ

संघको शाख र गरिमा जोगाउन नयाँ नेतृत्वलाई चुनौति

पोखरा-कास्की जिल्ला फुटबल संघ अधिवेशनको संघारमा छ । आगामी ७ गते अधिवेशन गर्दैै नयाँ नेतृत्व आउने निश्चित छ । नयाँ नेतृत्वलाई कास्की जिल्लाको फुटबलको विकासमा चुनौतिको पहाड चढ्नुपर्ने छ । फुटबलमा हिजो बनाएको शाख र गरिमा जोगाउनुपर्ने छ । बर्तमान कार्यसमितिले धुमिल्याएको छविलाई सङ्ल्याउनुपर्ने चुनौति उत्तिकै छ । बर्तमान कार्यसमितिमा सुशासन र पारदर्शिता नहुदाँ खराब संघ कहलिन पुगेको छ । न माईन्युट, न निर्णय नै छ । केवल एकल व्यक्तिको निर्णयले चारवर्षे कार्यकाल टुंगिन लागेको छ । कार्यसमितिका पदाधिकारी र… पुरा पढौ

सागर थापाको टोली सेमिफाईनलमा

पोखरा-सागर थापा टाईब्रेकरमा चुकेपनि सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । सानो गौचरनले फाईनल प्रवेशको लागि चितवन भेट्रानसँग सोमबार प्रतिस्पर्धा गर्ने छ । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सानो गौचरनले काठमाडौंको फ्रिडम फाईटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चार पक्का बनायो । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान थापाको… पुरा पढौ

हेटौडाका दुवै भेट्रान टिम पराजित

पोखरा-राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा हेटौंडाबाट सहभागिता जनाएको दुवै टिम शनिबारको खेलबाट बिदाई भएका छन् । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा हेटौडाको हेटौडा भेट्रान र नागसोती भेट्रान दुवै टोली काठमाडौंको टोलीसँग पराजित हुन पुग्यो । हेटौडा भेट्रान काठमाडौंको फ्रिडम फाईटरसँग ३–० गोलले पराजित हुदाँ नागसोती भेट्रान हेटौडा काठमाडौंको जोरपाटीसँग २–१ गोलले पराजित हुन पुग्यो । फ्रिडम फाईटरका लागि राजकुमार घिसिङले दुई र विक्रम श्रेष्ठले एक गोल गरे । घिसिङले… पुरा पढौ

साढे दुईदशकपछि जिमन्याष्टिकलाई फ्लोर म्याट, प्रशिक्षणको तयारी

पोखरा-साढे दुईदशकपछि जिमन्याष्टिकको नयाँ फ्लोर म्याट आईपुगेको छ । म्याट आइपुगेपछि जिमन्याष्टिकको आधारभूत प्रशिक्षण शुरु गराउने तयारी कास्की जिल्ला जिमन्याष्टिक संघले गरेको छ । म्याटकै अभावमा झण्डै साढे दुई दशकदेखि पोखरा रंगशालाभित्र जिमन्याष्टिकको प्रशिक्षण हुनै सकेको थिएन् । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आर्थिक सहयोगमा भारतबाट ६ इन्च मोटाईको फ्लोर म्याट आईपुगेको छ । स्थानीय तहको निर्वाचनपछि जिमन्याष्टिकको गतिविधि शुरु गराउने संघले जनाएको छ । ‘फ्लोर म्याट आएको छ । अब जिमन्याष्टिकको अधारभूत प्रशिक्षण गराउन सकिन्छ ।’ संघका अध्यक्ष… पुरा पढौ

मनाङ मस्र्याङ्दी भेट्रानको उत्कृष्ट पुनरागमन जित

पोखरा-३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मस्र्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को टोलीले दिप युनाईटेडलाई पराजित गर्ने क्रममा कर्मा छिरिङ गुरुङले ह्याट्रिक गरे । पोखरा रंगशाला फुटबल मैदानमा भएको खेलको शुरुवाती दशमिनेटमा दुई गोल गर्दै दिप युनाईटेडले मन्त्रीको टोलीलाई पहिलो चरणबाटै पन्छाउने छनक देखिएपनि अन्तत मनाङ मस्र्याङ्दीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन… पुरा पढौ

हेमजा कास्कीको नयाँ लिग च्याम्पियन

पोखरा-हेमजा युनाईटेड कास्की जिल्ला लिग च्याम्पियन बनेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाईनलमा शितलज्योती युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नयाँ च्याम्पियन बनेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा शितल ज्योती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो । निर्धारित समय दुवै टोली ४–४ गोलको बराबरीमा सकिएको थियो । खेल निर्णयार्थ पेनाल्टी सुटआउटमा गरिएको थियो । खेलमा शितलज्योतीको तर्फबाट लिले गुरुङ, प्रतिक… पुरा पढौ