मुख्य समाचार

भोलिदेखि तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट

पोखरा—प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भोलि शनिबारदेखि पोखरा रंगशालामा तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना शुरु हुदैं छ । शनिबारदेखि आगामी असार ६ गतेसम्म हुने प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको छ । क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहने आयोजक प्रादेशिक क्रिकेट संघ गण्डकीले जनाएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र… पुरा पढौ

१० औं राष्ट्रिय खेलकुदको पर्खाइमा सुर्खेत रंगशाला

सुर्खेत-पोखराबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिदाईको दुईवर्षपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेट्ने सपना अझै पुरा भएको छैन् । खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने सपना साँचिरहेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी २०७९ कार्तिक ३ गते पोखराबाट झण्डा कर्णाली प्रदेश ल्याईयो । दुई वर्षभित्रमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मेवारी लिएको कर्णाली प्रदेशले राजधानी सुर्खेतको विरेन्द्रननगरमा पूर्वाधार निर्माण शुरु गर्यो । २०८१ मंसिर २ गतेदेखि खेलकुद प्रतियोगिताको मिति तय गरिएको थियो । तर तोकिएको मितिमा राष्ट्रिय खेलकुद परिषदले… पुरा पढौ

सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व

पोखरा-सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो । प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो । प्रतियोगितामा कम्पाउण्ड… पुरा पढौ

शनिबार सडक दौड

पोखरा-भोलि शनिबार पोखरा महानगरपालिका वडा नं १७ मा विद्यालयस्तरीय छात्र तथा छात्रा दौड हुने छ । महानगपालिका वडा नं १७ को आर्थिक सहयोग तथा छहारी टोल विकास संस्थाको आयोजनामा वडाभित्रका विद्यालयका छात्र तथा छात्राको ३ किलोमिटर दौड हुने छ । विद्यालयस्तरीय छात्र तथा छात्रासँगै ५ किलोमिटर टोली सुधार समिति तथा युवा क्लब बीच महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरिएको छहारी टोली विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । विद्यालयस्तरीय छात्र तथा छात्रा दौड भने आखाँ अस्पताल चोकबाट… पुरा पढौ

पोखरा रंगशाला स्तरोन्नति गरिने

पोखरा-गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार नीति तथा कार्यक्रम सावर्जनिक गर्दै पोखरा रंगशालालाई नेपाल सरकारसँग समन्वय गरेर स्तरोन्नति गरिने उल्लेख गरेका छन् । ४ सय १५ रोपनी क्षेत्रफलको पोखरा रंगशालामा विभिन्न खेल पूर्वाधार निर्माण भएपछि संरक्षणको अभावमा रुमलिएको छ । पोखरा रंगशालालाई प्रदेश सरकारले आफनो मातहतमा राख्ने चाहना राख्दै आएको छ । आफनो मातहतमा नरहँदा पुर्वाधारमा लगानी गर्ने विषयमा खासै चासो भने देखाएको छैन् । यद्यपी नीति तथा कार्यक्रममा भने रंगशालाको स्तारोन्नति गर्ने तर्फ भने चासो दिदैं समावेश गरेको छ… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल जेठ अन्तिमसाता

पोखरा-यही जेठ अन्तिम साता पोखरामा फेरी अर्को राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुदैं छ । अखिल नेपाल खेलकुद महासंघ तथा नेशनल स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २७ गतेदेखि पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालामा गत माघमा टाईगर कप भलिबल आयोजना गरियो । त्यसपछि लायन्स क्लबले अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्यो । बैशाखमा आयोजनापछि नेपाल भलिबल संघले जेठको दोस्रो नै नवौं प्रधानमन्त्रीकप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना समापन भएको दुईसातापछि फेरी प्रचण्ड… पुरा पढौ

नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन बुधबारदेखि

पोखरा-चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि पोखरामा शुरु हुदैं छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडास्तरीय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताए । जेठ २४ गतेसम्म फिट नेपाल स्पोट्र्स प्लेक्सको ब्याडमिन्टन… पुरा पढौ

मे महिनाको मन्थ्ली मेडल एएसपी भक्तराजलाई

पोखरा-हिमालयन गल्फ क्लबमा शनिबार आयोजित मे महिनाको मन्थ्ली मेडलको उपाधि गल्फर एएसपी भक्तराज गुरुङले जितेका छन् । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाइएको प्रतिस्पर्धामा उनले ३४ स्कोरसहित उपाधि जित्न सफल भए । एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनी काउण्ट ब्याकमा ३१ स्कोरसहित उपविजेतामा चित्त बुझाएका हुन् । पोखरा मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा क्लब सदस्य गल्फरहरुको सहभागिता रहेको थियो । विजेता तथा उपविजेतालाई गोर्खा वेलफेयर सोसाईटी लमजुङका अफिसर सुवास घलेले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

हेल्प नेपाल र नेपाल पुलिस क्लब च्याम्पियन

पोखरा-लिगचरणमा हारको बदला लिदैं टिपटप हेल्प नेपालले गण्डकी प्रदेश भलिबल संघलाई निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा पराजित गर्दै उपाधि उचालेको छ । पोखरामा बिहीबार भएको फाईनल खेलमा लगातार दुईसेटले पछि परेको टिपटप हेल्प नेपालले निकै धैर्यता देखाउँदै उत्कृष्ट कमब्याक गर्दै च्याम्पियन बन्यो । पहिलो सेट २५–२० ले लिदैं गण्डकीले घरेलु कोर्टमा दबाव बनाउन शुरु गर्यो । दोस्रो सेट केही प्रतिस्पर्धात्मक बन्यो । २७–२५ ले लिदैं गण्डकीले उपाधि उचाल्न केवल एक सेटले मात्रै पछि रह्यो । तर खेलमा फर्किन हेल्प नेपालले धैर्यतालाई… पुरा पढौ

नेपाल पुलिस क्लब च्याम्पियन

पोखरा-टिपटप न्युडायण्डलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय क्लब नेपाल पुलिसले नवौं पिएम कप एनभिए महिला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । गणतन्त्र दिवसको दिन बिहीबार पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल प्रतिस्पर्धामा पुलिसले न्युडायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो । नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले तेस्रो स्थानमा चित्त बुझाउने क्रममा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई उस्तै सेटमा पराजित गर्यो । विदेशी(थाईल्याण्ड)का तीन खेलाडीलाई टोलीमा समावेश गर्दै बनेको… पुरा पढौ