मुख्य समाचार

थ्रीस्टार आहा राराको सेमिफाईनलमा, गान्तोकको विदाई 

पोखरा(खेलाडी न्युज) -१३ वर्ष अघि थ्रीस्टारले फागु पूर्णिमाकै दिन पाँचौ आहा गोल्डकपको फाईनल खेलेको थियो । १८ औं सस्करणको आहा रारा गोल्डकपको क्र्वाटरफाईनल खेल्दा पनि थ्रीस्टारले फागु पूर्णिमाकै दिन जित रच्यो । पाहुना टोली गान्तोक फुटबल क्लबलाई ३-० गोलले पराजित गर्दै आहाको सेमिफाईनल प्रवेश गर्यो । १३ वर्ष अघिको पाँचौ आहाको फाईनल फागुपूर्णिमाकै दिन हुदाँ थ्रीस्टारले मनाङ मस्र्याङ्दीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । पाहुना टोलीले थ्रीस्टारलाई पहिलो हाफ गोल रहित बराबरीमा रोक्दै उत्कृष्ट लय प्रस्तुत गर्यो । तर… पुरा पढौ

पोखरामा झापा-११ दोस्रो पटक पराजित, मनाङ मस्र्याङदी सेमिफाईनलमा

पोखरा(खेलाडी न्युज)-गर्विलो छवि बनाएको मनाङ मस्र्याङ्दीले पोखराको मैदानमा आईतबार गोल्डकपको दुईसयौं खेल जित्दै शाख जोगाउने क्रममा झापा ११ लाई साघुँरो गोल अन्तरले पराजित गरेको छ । आहा रारा गोल्डकपको १८ औं सस्करण आहा रारा गोल्डकपको अन्तिम चारको स्थान पक्का बनाउन अन्जन विष्टको गोल निर्णायक रह्यो । पहिलो हाफ गोलरहित टुंगिदाँ दुवै टोली गोलको खोजीमा थिए । यद्यपी ७५ औं मिनेटमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दीले सफलता प्राप्त गर्यो । दयान्द सिंहको पासमा अनमार्क बसेका विष्टले बल कन्ट्रोल गर्दै डिबक्सभित्रबाट हानेको… पुरा पढौ

मनाङ मस्र्याङ्दी र झापा ११ पोखराको मैदानमा दोस्रो पटक भेट

पोखरा(खेलाडी न्युज)-चारवर्षपछि पोखराको मैदानमा मनाङ मस्र्याङ्दी र झापा ११ बीच फेरी एकपटक तिब्र प्रतिस्पर्धा हुदैं छ । पाँच पटकको आहा रारा गोल्डकप च्याम्पियनले सेमिफाईनलिष्ट टोली झापा ११ सित १८ औं सस्करणको गोल्डकपमा आमने सामने हुदैं छन् । झापा र मनाङ मस्र्याङ्दी बीचको खेल १४ औं सस्करणमा पहिलो पटक भेट भएको थियो । सेमिफाईनलमा प्रतिस्पर्धा गरेका थिए । अहिलेको संस्करणमा भने दोस्रो क्र्वाटरफाईनलमा भेट हुन पुग्यो । चारवर्षको अघि हेरेको भान दर्शकले पाउने छन् । नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा… पुरा पढौ

पेनाल्टी सुटआउटमा पुलिसको भाग्य, सहाराको यात्रामा पूर्ण विराम

पोखरा(खेलाडी न्युज)-सहारा क्लबको यात्रालाई नेपाल पुलिस क्लबले पेनाल्टी सुटआउटमा रोक्दै १८ औं आहा रारा गोल्डकपको सेमिफाईनल यात्रा तय गर्यो । अन्तिम केही सेकेण्ड सम्हालिन नसक्दा नेपाल पुलिसले निर्धारित समय र थपिएको समयमा १–१ गोलमा टुंगिएको थियो । घरेलु टोली बाहिरने क्रममा पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित हुदैं यात्रालाई बिट मार्दा बुढासुब्बा गोल्डकपको उपविजेता नेपाल पुलिस आहा राराको अन्तिम चारमा पुग्ने पहिलो टोली बन्यो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अजय श्रेष्ठले निर्धारित समय सकिन १५ सेकेण्ड भन्दा कम समयमा गोल… पुरा पढौ

पेनाल्टी गुमाएको शसस्त्र प्रहरी पेनाल्टी सुटआउटमा पराजित

पोखरा(खेलाडी न्युज)-पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्न नसकेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब पेनाल्टी सुटआउटमा पराजित हुदैं १८ औं सस्करणको आहा रारा गोल्डकपबाट बाहिरिएको छ । झापा ११ सितको प्रतिस्पर्धात्मक खेलमा ५३ औं मिनेटमा शसस्त्रले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीलाई नविन लामाले प्रहार गरे । झापा ११ का गोलकिपरले बचाउ गरे । आफ्नै गल्तीमा पाएको पेनाल्टीलाई बचाउ गर्दै झापालाई पेनाल्टी सुटआउटसम्मको अवस्थामा पुर्याए । पेनाल्टी सुटआउटमा झापाकै गोलकिपर फेरी एकपटक नायक सावित भए । उनले शसस्त्र प्रहरी बलको एक पेनाल्टीलाई… पुरा पढौ

तनहुँमा रग्बी संघ गठन

पोखरा(खेलाडी न्युज)-तनहुँमा जिल्ला रग्बी संघ गठन गरिएको छ । केही दिन अघिमात्रै बसेको भेलालले कमल हमालको अध्यक्षमा नेपाल रग्बी संघ तनहुँ गठन गरिएको हो । तनहुँमा गठन अघि नै कास्कीमा रग्बी संघ गठन गरिएको थियो । रग्बी संघ गठन गरिएपनि कास्कीमा भने रग्बीको गतिविधि भने शून्य छ । तनहुँमा गठित ११ सदस्य कमिटिको उपाध्यक्षमा विष्णु थापा,सचिवमा मिनबहादुर थापा, सहसचिवमा हर्कबहादुर थापा मगर ,कोषाध्यक्षमा पुकार मल्ल चयन भएका छन् ।त्यस्तै सदस्यहरुमा ज्योति रोक्का,सोम गुरुङ,विनोद श्रेष्ठ,विशाल वि.क ,विकास श्रेष्ठ र गणेश गुरुङ… पुरा पढौ

सहाराको उत्कृष्ट कमब्याक, बिग्रेड पराजित

पोखरा(खेलाडी न्युज)-दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै आयोजक सहाराले ए डिभिजन क्लब बिग्रेड ब्वाईजको चुनौतिलाई ३–२ गोलले पन्छाउँदै १८ औं संस्करणको आहा रारा गोल्डकपको क्र्वाटरफाईनल यात्रा तय गरेको छ । अतिरिक्त समयमा त्रिदेव गुरुङको उत्कृष्ठ हेडिङ गोल गरेपछि बिग्रेड ब्वाईजको क्र्वाटरफाईनल सपना पहिलो खेलबाट विट मार्यो । सहाराले अबको भेट नेपाल पुलिस क्लबसँग निधो गरेको हो । पहिलो सहभागितालाई अविष्मरणीय बनाउने ध्याउन्नमा रहेको बिग्रेड ब्वाईज क्लबले १८ औं आहा रारा गोल्डकपको उदघाटनमा सुखद शुरुवात गर्ने योजना अतिरिक्त समयमा आएर रोकिन… पुरा पढौ

‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट सुजल सम्मानित 

पोखरा(खेलाडी न्युज)-यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट नेपाली राष्ट्रिय फुटबलका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको छ । सहारा क्लबले १८ औं संस्करणको आहा रारा गोल्डकपको उदघाटन समारोहमा सुजललाई दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान गरेका हुन् । सम्मान हुने उनी तेस्रो खेलाडी हुन् । यसअघि भरत खवास र किरण चेम्जोङलाई क्लबले सम्मान गरिसकेको छ । खेलाडी सम्मान कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका हुन् । पुरस्कार… पुरा पढौ

प्रदेश नम्बर ५ लाई सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्कीको उपाधि

पोखरा(खेलाडी न्युज)-प्रदेश नं ५ पोखरामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीबार पोखरा रंगशालास्थित आर्चरी मैदानमा भएको फाईनलमा प्रदेश नं ५ ले नेपाल आर्मीलाई १–० गोलले पराजित गदैै दोस्रो संस्करणको उपाधि आफनो बनाएको हो । उपाधिसहित नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपबिजेतामा सिमित भएको नेपाली सेनाको त्रिभूवन आर्मीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । विहीबार भएको उपाधि भिडन्तमा ५ नम्बर प्रदेशले रोमाञ्चक जित हात पा¥यो । ५ नम्बर… पुरा पढौ

रुपरङ्गै फेरिएको पोखरा रंगशालामा आहा रारा गोल्डकप

धन बस्नेत(खेलाडी न्युज)-आहा रारा आयोजनाको १८ वर्ष पुग्दा बिग्रेड ब्वाईजले पहिलो सहभागिता जनाउँदै छ । सहभागिता जनाउन उज्यालोमै टिम पोखरा आईपुगेको छ । बिग्रेड आफैंमा भाग्यमानी टोली पनि हो, यस मानेमा नयाँ निर्माण गरिएको प्यारापिटसहितको फुटबल मैदानमा खेल्ने पहिलो ए डिभिजनको क्लब बन्ने छ । पहिलो सहभागितामै आयोजक सहारा क्लबलाई पराजित गरेर ऐतिहासिक सफलता चुम्ने ध्यानमा बिग्रेड ब्वाईज केन्द्रीत हुने छ । नेतृत्व अनिल गुरुङले गर्ने छन् । अनिलसँगै पोखरेली खेलाडी विजय गुरुङलाई पनि ब्वाईजले आफनो जर्सीमा पोखराको मैदानमा उतार्ने… पुरा पढौ