मुख्य समाचार

उपराष्ट्रपति चिल्डे«न्स गेम्समा कास्की च्याम्पियन

पोखरा(खेलाडी न्युज)-उपराष्ट्रपति चिल्ड्र्ेन्स गेम्स प्रतियोगितामा कास्की टिम च्याम्पियन बनेको छ । एथलेटिक्स, उसु, तेक्वान्दो, टेबल टेनिस र सितेरियो कराँते तर्फको प्रतिस्पर्धामा कास्कीले १० स्वर्ण, ६ रजत पदकसहित टिम च्याम्पियन बनेको हो । कास्कीले एथलेटिक्स तर्फ २, तेक्वान्दोमा ३, सितेरियो कराँतेमा २ र टेबल टेनिसमा ३ स्वर्ण गरी ११ स्वर्णपदक सहित टिम म्याम्पियन बनेको हो । प्रतियोगितामा बाग्लुङ जिल्ला ५ स्वर्ण, ३ रजतसहित दोस्रो स्थानमा रह्यो । बाग्लुङले उसुमा ५ स्वर्ण जित्यो भने कास्की स्वर्ण पदक विहीन बन्यो । लमजुङ भने… पुरा पढौ

ज्ञानकाजीलाई मन्थ्ली गल्फको उपाधि

पोखरा(खेलाडी न्युज)-हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित मासिक प्रतिस्पर्धा अन्तर्गत मे महिनाको गल्फ उपाधि ज्ञानकाजी गुरुङले जितेका छन् । पोखराको छिनेडाडाँस्थित गल्फ कोर्षमा स्टेबल फोर्डको आधारमा गरिएको प्रतिस्पर्धामा गुरुङले ६५ को कार्ड बनाउँदै उपाधि आफनो नाममा लेखाएका छन् । अघिल्लो महिना उनी दोस्रो स्थानमा चित्त बुझाएका थिए । उनले चार अण्डर खेल्दै उपाधि जितेका हुन् । २३ जना गल्फरको प्रतिस्पर्धा रहेको प्रतियोगितामा ग्रस तर्फ भने ईन्जिनियर गोविन्द गौचनले जितेका छन् । उनको उपाधि स्कोर भने ६६ थियो । उनले ज्ञानकाजी भन्दा… पुरा पढौ

विद्यालयस्तरीय सेभेन ए साईडको उपाधिको लागि नेपाल आदर्श र त्रिभुवन शान्ति मावि भिड्ने

पोखरा(खेलाडी न्युज)-आर्दश युवा क्लबको आयोजना तथा मर्सिकोर जेनेरेशन एमर्जिङको सहयोगमा सञ्चालित अन्तरविद्यालयस्तरीय सेभेन ए साईड जि.ए कप फुटबल प्रतियोगितामा नेपाल आर्दश र त्रिभुवन शान्ति मावि फाईनलमा प्रवेश गरेका छन् । लेखनाथस्थित भण्डारढीक रंगशालामा शुक्रबार भएको पहिलो खेलमा नेपाल आदर्श आवासिय विद्यालयले होली माउण्ट ईग्ंिलस स्कुललाई २–१ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । यसैगरी दोस्रो खेलमा त्रिभुवन शान्ति नमूना माविले ज्ञानज्योति विद्याकुञ्जलाई १–० गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । उपाधिको लागि नेपाल आदर्श र त्रिभुवन शान्तिले शनिबार… पुरा पढौ

आर्मीको फराकिलो जितसँगै शुरुभयो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट

पोखरा(खेलाडी न्युज)-तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शुक्रबार त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको उदघाटन खेलमा आर्मीले प्रदेश नं २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको हो । आर्मीले टस हार्दै ब्याटिङमा उत्रिदैं विनोद भण्डारी र राजु रिजालको शतकीय साझेदारीमा २७८ रनको योगफल तयार पारेको थियो । ९ विकेटको क्षतिमा विशाल योगफल तयार पार्ने क्रममा ओपनर बिनोद भन्डारिले ६१ बलमा ६६ रन, राजु रिजालले १०९… पुरा पढौ

सेभेन ए साईड विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरु

पोखरा(खेलाडी न्युज)-लेखनाथको भण्डारढीकस्थित रंगशालमा सेभेन ए साईड अन्तर विद्यालयस्तरीय जि.ए कप फुटबल प्रतियोगिता शुरु भएको छ । आर्दश क्लबको आयोजना तथा मर्सिकोर जेनेरेशन एमर्जिङको सहयोगमा सञ्चालित प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उदघाटन खेलमा सिर्जना बहिरा स्कुलले स्माईल हेभन एकेडेमीलाई २–० गोलले पराजित गरेको छ । त्यस्तै दोस्रो खेलमा ज्ञानज्योति विद्याकुन्जलले हाईवे गार्डेनलाई ७–० फराकिलो गोल अन्तरले पराजित गरेको थियो । अर्को खेलमा नेपाल आदर्श आवासियले न्युलाईट बोर्डिङ स्कुललाई भने टाइब्रेकरमा २–१ गोलले पराजित गरेको थियो ।… पुरा पढौ

ओलम्पिक दिवसमा पम्परागत ठेलो प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-गाँउघरतिर परम्परागत रुपमा फालिने ठेलो अब प्रतियोगिताको संस्करणको रुपमा अगाडि बढ्ने छ । केही साता अघि मात्रै भुतपूर्व खेलाडी मञ्च नेपालले नेपाली मौलिक परम्परागत खेल ठेलोको संरक्षण र सम्बद्र्धन गर्दै प्रतियोगिताको रुपमा आयोजना गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार मञ्चले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा पोखरामा ठेलो प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रतियोगिता स्थानीयमा मात्रै सीमित नभई गण्डकीप्रदेशस्तरीय आयोजना गरिने मञ्चले जनाएको छ । आगामी असार १० र ११ गते पोखराको पुरानो टुँडिखेलको मैदानमा पहिलो पटक ठेलो हान्ने… पुरा पढौ

जसले बसाल्यो नेपालमा आधुनिक आर्चरीको जग

धन बस्नेत, पोखरा(खेलाडी न्युज)-जवानीमा धेरै खेलकुद खेलियो । सुटिङ छोडेर आर्चरीमा पाईला लम्कियो । रिटायर्ड पछि पहिचान बनाउने खेल आर्चरी बन्यो । त्यसभन्दा अघि सुटिङ नै थियो । सुटिङ र स्वीमिङ दुवैमा अब्बल । जीवनको रसरंग भने आर्चरीमै बस्यो । किन ! पल्टने लाईफ सकियो, रिटायर्ड लाईफमा आर्चरीसँगै जोडियो अन्य खेल भने विदेशमै छोडियो । उमेरले आराम खोज्ने बेला हो । तर मनले मान्दैन् । त्यसैले त छ दशक उमेरमा पनि उस्तै युवा जोश छ । त्यो जोश अब युवापुस्तामा… पुरा पढौ

पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर स्थापनाको तयारी

पोखरा(खेलाडी न्युज)-खेलकुदमा इन्जुरी(घाईते) हुन्छ । घाईते हुदाँ तत्कालै रिकोभरीको लागि फष्टएड बक्स राखिन्छ । तर त्यो भन्दा जटिललाई अस्पताल नै लैजानुपर्ने सम्भावना हुन्छ । अस्पतालै लैजाने अवस्था अन्त्य गर्न पोखरा रंगशालाभित्रै स्पोर्टस मेडिकल सेन्टर स्थापना गरिने तयारी गरिएको छ । यसै वर्षमा हुने साग गेम्सलाई लक्षित गर्दै स्पोर्टस मेडिकल सेन्टर स्थापना गर्नुपर्ने खाँचो पनि औंल्याउँदै गएको छ । त्यसैले पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर बन्ने सम्भावना प्रबल बनेको छ । खेलाडीको उपचारका लागि पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर स्थापनाका लागि… पुरा पढौ

साग लक्षित पुर्वाधार बनाउन हेमजा र लामाचौर खेल मैदानलाई बजेट विनियोजनको तयारी

पोखरा(खेलाडी न्युज)-महिला साग फुटबल प्रतियोगिताको लागि पोखराको दुईवटा फुटबल मैदानलाई युवा तथा खेलकुद मन्त्रालयले प्रशिक्षणस्थल बनाउने तयारी गरेको छ । लामाचौर फुटबल मैदान र हेमजाको गौरीशकंर फुटबल मैदानको स्तरोन्नित गर्ने काम भईरहेको छ । मन्त्रालयले ती दुवै मैदानको लागि एक÷एक करोड रुपैयाँ विनियोजन गर्ने मन्त्री जगत विकले आश्वासन दिएका छन् । उनले शनिबारै दुवै मैदानको स्थलगत अध्ययनपछि सागको लागि प्रशिक्षणस्थल बनाउनुपर्ने सुझाउँदै बजेट विनियोजन गर्ने स्पष्ट पारे । ‘सागको लागि लामाचौर र हेमजाको खेल मैदानलाई यही आर्थिक भित्रमा एक÷एक करोड… पुरा पढौ

फुटबल प्रशिक्षक संघको महासचिवमा राजेश र कोषाध्यक्षमा उर्जन मनोनित

पोखरा(खेलाडी न्युज)-निर्वाचनको झण्डै १५ महिनापछि मात्रै अखिल नेपाल फुटबल प्रशिक्षक संघको कार्यसमितिले पूर्णता पाएको छ । महासचिव र कोषाध्यक्षकै मनोनयन नहुदाँ कार्यसमिति केवल अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुले मात्रै काम गर्दै आएका थिए । संघको पोखरामा आयोजित बैठकले रिक्त रहेको महासचिव र कोषाध्यक्ष मनोनित गरेको छ । संघका अध्यक्ष विनोद लामाको अध्यक्षमा बसेको बैठकले संघमा रिक्त रहेको महासचिव तथा कोषाध्यक्ष मनेनित गर्दै कार्यसमितिलाई पूर्णता दिईएको घोषणा गरे । उनले संघको २०७४ माघ २३ गते निर्वाचित कार्यसमितिले १५ महिनापछि महासचिव र कोषाध्यक्ष… पुरा पढौ