मुख्य समाचार

फुटबल प्रशिक्षक संघको महासचिवमा राजेश र कोषाध्यक्षमा उर्जन मनोनित

पोखरा(खेलाडी न्युज)-निर्वाचनको झण्डै १५ महिनापछि मात्रै अखिल नेपाल फुटबल प्रशिक्षक संघको कार्यसमितिले पूर्णता पाएको छ । महासचिव र कोषाध्यक्षकै मनोनयन नहुदाँ कार्यसमिति केवल अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुले मात्रै काम गर्दै आएका थिए । संघको पोखरामा आयोजित बैठकले रिक्त रहेको महासचिव र कोषाध्यक्ष मनोनित गरेको छ । संघका अध्यक्ष विनोद लामाको अध्यक्षमा बसेको बैठकले संघमा रिक्त रहेको महासचिव तथा कोषाध्यक्ष मनेनित गर्दै कार्यसमितिलाई पूर्णता दिईएको घोषणा गरे । उनले संघको २०७४ माघ २३ गते निर्वाचित कार्यसमितिले १५ महिनापछि महासचिव र कोषाध्यक्ष… पुरा पढौ

तेश्रो अभियान पुरुष भलिबल जेठ १६ देखि

पोखरा(खेलाडी न्युज)-पोखरा महानगरपालिका ५ स्थित मालेपाटन खेल मैदानमा यही जेठ १६, १७ र १८ गते तेश्रो अभियान पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लव तथा संघ संस्थास्तरीय भलिवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी तिव्ररुपमा अगाडि बढाइर्एको छ । मैदान मर्मत कार्य शुरु गरिएको प्रतियोगिताका संयोजक धर्मेन्द्र घर्तीले जानकारी दिए । विगतका वर्षहरुमा पनि उल्लेख्य सहभागिता सहित सम्पन्न भएको बताउदै यो पटक पनि भव्य र सभ्यरुपमा सम्पन्न गराउन क्लबका अध्यक्ष मोहन बहादुर केसीले आग्रह… पुरा पढौ

योगाभ्यास गर्ने पार्कसहित व्यायामशालाको ठेक्का सम्झौता, भण्डारढीकमा खुल्ला व्यायामशाला निर्माण

पोखरा(खेलाडी न्युज)-स्वास्थ्य नागरिकको अभियान अन्तर्गत पोखरा महानगरपालिकाले पोखरा १८ सराङकोटमा योगाभ्याससहित खुल्ला व्यायाम सेन्टर स्थापना गर्न ठेक्का सम्झौता गरेको छ । पोखरा १८ जामुनबोटस्थित सार्वजनिक जग्गामा बन्ने उक्त व्यायामशालाको निर्माण ठेक्का पोखराकै मोनालिसा निर्माण सेवाले पाएको छ । कम्पनीले ४५ लाख २ हजारमा निर्माणको ठेक्का पारेको हो । १ सय ४५ फिट लम्बाइ र ८२ फिट चौडाइमा व्यायामशालाका लागि फाउन्डेसन तयार हुने महानगरका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए । पोखरा ३१ बेगनासताल नजिकै निर्माण गर्ने व्यायामशालाका लागि… पुरा पढौ

बिश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट

पोखरा(खेलाडी न्युज)-मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुको नेपाल पौडी संघले छनोट गरेको छ । नेपाल पौडी संघले बिज्ञप्ती जारी गरि बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औ राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयका… पुरा पढौ

भण्डारढीक रंगशालामा परिसरमा खुल्ला व्यायामशाला बनाइने

पोखरा(खेलाडी न्युज)-चार तीन महिनाको पक्रियापछि अब सर्वसाधारणले पार्क मै व्यायाम गर्न पाउने छन् । केही साताभित्रै पार्कमा सामान जडान गरिने छ । सामान पोखरा आईपुगेको छ । प्राविधिकको सहयोगमा जडान गरिने छ । जडानपछि सर्वसाधारणले साँझ र विहान दुवै समयमा आफनो अनुकुल व्यायाम गर्न सक्ने महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाले स्वास्थ्य नागरिकको परिकल्पनासहित तीन महिना अघि देखि नै शुरु गरिएको थियो । फागुनमा टेण्डर आह्वान गरिएको थियो । सामान मंगलबार मात्रै आईपुगेको छ । पोखराको नयाँबजारस्थित शान्तिवनबाटिका नजिकै दमकल… पुरा पढौ

साहसिक दौड अन्नपूर्ण म्याराथनको दोस्रो संस्करणको तयारी

पोखरा(खेलाडी न्युज)-साहसिक दौडको अर्को उपनाम अन्नपूर्ण म्याराथन हो । एभरेष्ट म्याराथनपछि महत्वपूर्ण इभेण्टको रुपमा पोखरामा अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण गर्ने तयारी हुदैं छ । अन्नपूर्ण आरोहण दिवसको दिन जून ३ मा (जेठ २०)मा अन्नपूर्ण आधारशिविरबाट पर्यटकीय गाँउ घान्द्रुकसम्म ओर्लिने छन् । ४१३० मिटरको उचाईबाट ओलिर्दैै २ हजार मिटरमा आईपुगेर म्याराथनलाई टुग्याउने छन् । अन्नपूर्ण आधारशिविरबाट शुरुहुने म्याराथन माछापुच्छ«ृे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा समापन हुने गरी म्याराथन रुट कायम गरिएको अन्नपूर्ण सेन्चुरी… पुरा पढौ

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको फेरियो स्वरुप

पोखरा(खेलाडी न्युज)-विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ‘राष्ट्रपति रनिङ शिल्ड’को स्वरुप फेरिएको छ । विगतमा जिल्ला खेलकुद विकास समिति मार्फत जिल्लाका विद्यालयहरु बीच हुने प्रतिस्पर्धा अहिले स्थानीय निकायस्तरीय आयोजना गर्ने प्रावधान छ । स्थानीय निकायबाट छनोट भएका विद्यालयहरु बीचको अन्तिम प्रतिस्पर्धा भने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हुने छ । त्यसपछि मात्रै जिल्ला च्याम्पियन घोषणा गरिने छ । नेपाल सरकार युवा तथा खेलुकद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को तेस्रो संशोधन (२०७६) अनुसार जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजकले… पुरा पढौ

गण्डकी प्रदेशलाई इलाममा भलिबलको उपाधि

पोखरा(खेलाडी न्युज)-तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिताबाट सेमिफाईनलिष्ट टोली गण्डकी प्रदेशले इलाममा भने उपाधि उचाल्दै यात्रालाई सुखद बनाएको छ । ईलाममा जारी प्रथम ईलाम आमन्त्रित खुल्ला पुरुष नकअउट भलिबलको उपाधि गण्डकी प्रदेशले विजेको हो । गण्डकी प्रदेशले ईन्डियान खेलाडी सम्मिलित विमान ट्रेडस बिर्तामोडलाइ २५-१७ २५-१३ र २५-२१ ले सोझो ३ सेटमा पराजित गरि उपाधि उचाल्यो । विजेता गण्डकी प्रदेशले १ लाख ५० हजारको पुरस्कार थाप्यो । गण्डकी प्रदेशको तर्फबाट सन्जु बिक्रम शह टिम कप्तान, राजन दर्लमी मगर,, रबि सेन्चुरी, सुजन चोखल,… पुरा पढौ

अन्नपूर्ण रंगशाला निर्माणकर्ता जर्ज जोनलाई सम्मान, परम्परागत ठेलो खेल आयोजना गरिने

पोखरा(खेलाडी न्युज)-ठेलो (छेलो) हान्ने नेपाली समाजको पुरानो परम्परा हो । गाँउ घरतिर अझै पनि मेला महोत्सवमा ठेलो हान्ने प्रतियोगिता आयोजना हुदैं आएको छ । बजार क्षेत्रमा भने खासै परम्परागत यो खेल खेलिएको देखिदैन् । तर अब प्रदेश सरकारले ठेलो हान्ने खेललाई अन्तराष्ट्रियकरण गर्ने लक्ष्य र योजना बनाएकोछ । त्यसको लागि आवश्यक नीति नियम बनाई व्यवस्थापन गर्ने उल्लेख गरेको छ । भुतपुर्व खेलाडी मञ्च नेपालले पनि परम्परागत खेललाई प्रतियोगिताकै रुपमा आयोजना गर्ने उल्लेख गरेको छ । नेपाली मौलिक परम्परागत ठेलो हान्ने… पुरा पढौ

खेलकुदमा आवश्यकता अनुसार लगानी गर्नसक्ने अवस्था छैन– मन्त्री गुरुङ

पोखरा(खेलाडी न्युज)-सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न नसकेको गुनासो छ । गण्डकी प्रदेश सरकारले पनि खेलकुद क्षेत्रमा आवश्यकता अनुसार लगानी गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेको छ । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले आवश्यकता अनुसार लगानी गर्न नसक्ने भन्दै त्यसको लागि निजी क्षेत्र एवं उद्योगी व्यवसायीले बजेट छुट्टाउनुपर्नेमा जोड दिए । भुतपुर्व खेलाडी मञ्च नेपालको शनिबार आयोजित १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय पदक विजेता खेलाडीलाई दिईने सम्मान गर्ने नीति… पुरा पढौ